Tuesday, April 30, 2013

कविता ः सहरमा आज रमिता छ

शहरमा आज रमिता छ
सँधै एकथरी मजदुर देखिने सडकमा
आज दुई थरी मजदुर देखिँदैछन
हुने खानेहरु
र हुँदा खानेहरु


हुँदा खानेहरुको दैनिकी उस्तै हो
सँधै रापिलो घाममा रिक्सा
तानिरहेको छन्
हुन खानेहरु
नयाँ जोगीले बढि खरानी घस्छ भनेझै
रहरले रापिएको कालोपत्रेमा
बुट बजार्दै छन् ।
चर्काे स्वरले चिउरिने छन
संसारका मजदुरहरु एक हाँै ।

हुने खाने मजदुरहरु
हुँदा खाने मजदुरलाई दुरदुर गर्दै छन् ।
¥यालीको बीच परेको रिक्सालाई दुत्कार्दै
ओइ साले देख्दैनस ¥याली आ को
भाग मा.........
र फेरी कराउँदैछन
‘संसारका मजदुर हरु एक हौँ’
विचरा हुँदा खाने मजदुर
आफ्नो परिचय खोज्दै छन
आँखिर म को हुँ
उनीहरु मजदुर हुन भने

पल्लो पट्टिी शहरको
दुई दाजुभाईहरु
एक आगनको दुई फरक छेउ
उफ्रँदै छन्
संसारका मजदुरहरु एक हाँै
र दुत्कार्दै छन् एक अर्कालाई
यस्तै रमिता छ आज शहरमा
किन की मनाईदै छ
मै दिवस आज शहरमा

Friday, April 26, 2013

पोल्ट्रीमा बैंकको अर्ब बढिको लगानी

बर्डफ्लुको मारमा किसान ः क्षतिपूति न्यून  
नारायणगढ । पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा पछिल्लो केही सातायता कुखुरापालक किसान तथा व्यवसायीलाई बर्डफ्लुले ठूलो क्षति पु¥याएको छ । पाँच जना किसानलाई प्रत्यक्ष रुपमा क्षति पु¥याएको बर्डफ्लुले यहाँका बाँकी किसानलाई समेत चिन्तित बनाएको छ ।

अर्बाैंको लगानी रहेको चितवनको यस व्यवसायमा बैंकहरुको मात्र एक अर्ब रुपैयाँभन्दा माथिको ऋण लगानी रहेको छ । त्योभन्दा बढी किसानहरुले आफ्नै पुँजी लगाएका छन् ।


चितवनको पोल्टी क्षेत्रमा कृषि विकास बैंकको मात्र करिब पचास करोड रुपैयाँ बराबरको ऋण लगानी रहेको छ । त्यतिकै हाराहारीमा अन्य निजी बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गरेका छन् ।


कृषि विकास बैंकको भरतपुर शाखाबाट मात्र किसानहरुले चैत मसान्तसम्ममा १८ करोड ७३ लाख २२ हजार रुपैयाँ ऋण लिएका छन् । जुन विशुद्ध पोल्ट्री व्यवसायका लागि भनेर प्रवाह गरिएको ऋण हो । यो ऋण लगानी कार्यालयको कुल लगानीको ३३ प्रतिशतभन्दा बढी हो । कार्र्यालयबाट ५६ करोड ५२ लाख १४ हजार रुपैयाँ ऋण प्रवाह भएको बैंकको तथ्याङ्क शाखाका लीलाबहादुर अधिकारीले जानकारी दिनुभयो ।


त्यस्तै कृषि विकास बैंकको पर्सा शाखाबाट ४८ करोड ८३ लाख ७९ हजार रुपैयाँमध्ये १४ करोड एक लाख आठ हजार रुपैयाँ पोल्ट्रीमा ऋण लगानी भएको छ । हाकिमचोक शाखाबाट कुल ४५ करोड ४१ लाख ८१ हजार रुपैयाँमध्ये आठ करोड १७ लाख ३३ हजार रुपैयाँ र गुञ्जनगर शाखाबाट कुल लगानी २१ करोड ८० लाख ६० हजार रुपैयाँमध्ये पाँच करोड ३१ लाख २६ हजार रुपैयाँ पोल्ट्रीमा ऋण लगानी गरिएको छ ।


बैंकको माडी र नारायणगढ शाखाबाट करिब ३५/३५ लाख रुपैयाँ पोल्ट्रीमा लगानी भएको छ । तर टाँडी शाखाबाट पोल्ट्रीमा कुनै पनि लगानी भएको छैन ।


यता, कुल ग्राहस्थ्य उत्पादनमा ३७ दशमलव ४३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बंैकहरुको लगानी कम भएको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०६९ मा वित्तीय संस्थाहरुको कृषि क्षेत्रको लगानी तीन प्रतिशतमात्र रहेको भन्दै यसलाई बढाउन निर्देशन दिएको छ ।


सोहीअनुरुप सञ्चालनमा रहेका बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउँदै गएका छन् । केन्द्रीय बैंकको निर्देशनबमोजिम राष्ट्रिय वाणिज्य बैंकले समेत यो क्षेत्रमा हात हालेको छ । चितवनमा फष्टाएको पोल्ट्रीमा लगानी गर्ने नीति लिएको वाणिज्य बैंक पछिल्लो समयमा बर्डफ्लु देखा परेपछि झस्किएको छ ।


‘अहिलेसम्म हाम्रो लगानी पोल्ट्रीमा खासै छैन, अब बढाउँदै लैजाने सोचमा थियौं’, बैंकका भरतपुर शाखा प्रबन्धक सीताराम अधिकारीले भन्नुभयो, ‘पछिल्लो समयमा देखिएको बर्डफ्लुले गर्दा अन्यौलमा छौँ ।’ बंैकले करिब दुई करोड २५ लाख रुपैयाँको हाराहारीमा पोल्ट्री क्षेत्रमा लगानी ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो ।


त्यस्तै पछिल्लो क्रममा ग्लोबल बैंक, आईएमई फाइनान्सियल लि. र लर्डबुद्ध फाइनान्स लि. गाभिएर बनेको ग्लोबल आईएमई बैंकको नारायणगढ शाखाबाट करिब पाँच करोड रुपैयाँको हाराहारीमा पोल्ट्रीमा लगानी गरेको बैंकको भरतपुर शाखाका भुपेन्द्र ढकालले जानकारी दिनुभयो ।


त्यस्तै चितवनको पोल्ट्रीमा कामना विकास बैंकले करिब दुई करोड रुपैयाँ, एक्सिस बैंकले दुई करोड र सिद्धार्थ बैंकले एक करोड पचास हजार रुपैयाँ ऋण लगानी गरेका छन् । चितवनमा केन्द्रीय कार्यालय रहेका विभिन्न बैंक तथा वित्तीय संस्थासँगै यहाँ शाखा कार्यालय भएका बैंकहरुले समेत कृषि क्षेत्रको ऋण लगानी प्रमुख रुपमा पोल्ट्रीलाई नै लिएका छन् ।


यहाँ सञ्चालनमा रहेका अधिकांश बैंकहरुको लगानी करोडभन्दा माथि रहेको छ । त्यस्तै गाँउगाँउमा खुलेका सहकारी संस्थाहरुले समेत पोल्ट्रीका क्षेत्रमा ऋण लगानी गरेका छन् । यसरी बैंक तथा वित्तीय संस्थाहरुको ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका किसानहरुले व्यवसायमा घाटा आउँदा वा क्षति हुँदासमेत बैंकहरुबाट खासै सहुलियत पाउँदैनन् । न त सरकारबाट नै पर्याप्त मात्रामा क्षतिपूर्तिको व्यवस्था हुन सकेको छ ।


सरकारले बर्डफ्लु नियन्त्रण टोलीले मारेर नष्ट गरेको परिमाणका आधारमा प्रतिकुखुरा १३० रुपैयाँ, दाना प्रतिकिलो १० रुपैयाँ र अण्डा प्रतिगोटा ३ रुपैयाँमात्र दिने गरेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले जानकारी दिनुभयो । टोलीले मारेर नष्ट गरेको बाहेक बर्डफ्लुकै कारण मरेका कुखुराको क्षतिपूर्ति दिने प्रावधान छैन ।


पछिल्लो एक महिनाको अवधिमा चितवनमा लगातार पाँचवटा पोल्ट्री फर्ममा बर्डफ्लु देखा प¥यो । त्यसबाट यहाँका किसानले करोडौँको क्षति ब्यहोर्नु प¥यो ।


३७ हजार ८०१ वटा संक्रमित कुखुरा  नष्ट
जिल्ला पशुसेवा कार्यालय तथा पंक्षी रोग अन्वेषण प्रयोगशालाको प्रविधिक टोलीले ३७ हजार ८०१ वटा संक्रमित कुखुरा मारेर नष्ट गरेको पशुसेवा कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । त्यति नै संख्यामा कुखुराहरु बर्डफ्लुका कारण पहिल्यै मरेको पीडित किसानहरुले बताएका छन् ।

टोलीले सबैभन्दा भरतपुर–९ की लक्ष्मी राणाको पोल्टी फर्मका २६ हजार ३२५ कुखुरा मारेको हो । उनको फर्ममा ५२ हजार कुखुरा रहेकोमा बाँकी यसअघि नै बर्डफ्लुका कारण मरेका थिए । योसँगै टोलीले भरतपुर–९ कै चित्रबहादुर श्रेष्ठको फर्मका दुई हजार ८७६, मंगलपुर–७ का राजेन्द्र हमालको फर्मका ३२५, मंगलपुरकै रामबाबु थपलियाको फर्मका तीन हजार १७५ र भरतपुर–८ गौरीगञ्जका प्रताप थापाको दुई हजार २०० कुखुरा मारेको छ ।


टोलीले तीन लाख १८ हजार ७४१ वटा अण्डा र १०७ टन दाना नष्ट गरेको पशुसेवा कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । सबैभन्दा बढी राणाको फर्मबाट तीन लाख १५ हजार अण्डा र १०० टन दाना नष्ट गरेको हो ।


पटकपटक चितवनका व्यवसायीहरुले बर्डफ्लुको संक्रमण लुकाउने गरेको चर्चा चल्ने गर्छ । करोडौँको लगानी एकैपटक नष्ट हुँदा किसानले उचित क्षतिपूर्ति नपाउँदासम्म बर्डफ्लु यसरी नै लुकिरहने एक व्यवसायीले बताए ।  

Thursday, April 25, 2013

उसले अन्तिमसम्म आई लभ यु भनी २

लामो समय भएको थियो उसँग सम्पर्क नभएको पनि सायद उसलाई भुल्ने कोसिमा थिएँ होला म पनि तर यादभने घरी घरी सताई रहन्थ्यो मलाई तर पनि ती यादहरुलाई मैले समालेर नै राखेको थिए । कुन्नी किन याद आँउछ छाडि जाने निष्टुरीको ? सायद यसैलाई त निश्चल माया भन्छन होला । मैले थाहा पाएको थिइन किन मसँग उ टाढिन खोजे की हो । जे होस म उसको शुभ भएको नै हेर्न चाहन्थे । चाहन्छु र चाहने छु  पनि । लामो यादलाई म भुल्दै थिएँ । अचानक मेरी एक जना केटी साथीले फोन गरि । उसँग बोल्न नपाएको पनि धेरै भएको थियो । एक्लिएको मनलाई उसको फोनको घण्टीले अलिक आनन्द भने दियो मलाई ।

सुजन तिमी कहाँ छाँै ? के हो आजभोली त सम्पर्क नै छैन त ? होइन त्यस्तो होइन अलि व्यस्त नै भएर हो । सायद तँलाई मैले फोन गर्न नपाएको पनि त्यही भएर होला ? अनि के हो न्यु इयरमा वीस पनि गरेनाँै त ? हुन पानि हो कसरी वीस गथ्र्यौै अब म त को हुँ र तिम्रो लागि ? अरे यार तँ कस्तो कुरा गर्दै छेस हँ ? फेरी एक पटक भन त त्यही कुरा । अनि तिमीले किन मलाई वीस नगरेको ? त्यस्तो होइन म अलि तनाबमा थिएँ त्यही भएर नी । के भो र तिमीलाई ? उसले सोधी । त्यस्तो खासै केही होइन मेरो परिवारीक कुरा हो । अनि भन तैले आज कताबाट सम्झिस त ? अरे यार म तिमीलाई सँधै नै त सम्झिन्छु नी । तिमी पो ...........? उसले लाडिँदै भने की थिइ । उसले मेरा हरेक कुरालाई सम्बोधन गर्न सक्थि । म बाहिर हाँसे पनि भित्र रोएको उसले देख्न सक्थि । सायद यही नै त हो नी सच्चा साथि भनेको आज उ टाढा आफ्नो दुनियाँमा भए पनि मलाई त सम्झिन्छे । तर जसलाई मैले आफ्नो ठानेको थिएँ उ नै मलाई बुझ्न सकिन् मेरो मायालाई पनि उसले बुझ्न सकिन् । साकिर मेरो लागि साकि हो उ । अझ मैले भन्दा उ मेरो एक असल मित्र जसलाई हरेक कुरामा म असल साथिको नाताले सम्झिए पवित्र नातामा हेरेँ दुनियाँलाई यो सम्बन्धलाई जस्तो सुकै अपवित्र नाताको सम्बोधन दिए पनि । कति मिठो बोलीमा भन्थी ओइ पार्टनर भन त तिमी आज किन रोएको । हासिँरहेको मेरो ओठको गहिराईमा पुगेर उसले सोध्थी भित्र मनको कुनाबाट झरीरहेको आँशुलाई देखेर । अनि उ पनि मसँगै पिलपिल गर्थि र मलाई पनि ओठको मुस्कानलाई किनारा लगाउँदै आशुको भेल उछिट्याउन बाध्य पार्थि ।

अरे भनन् के छ खबर ? अँ ठिकै छ । अनि उसको नी ? उसको ? मैले उसैलाई प्रश्नको वाँण तेर्साएँ । अरे यार उसको के ? को उसको है छ र ? तिम्री मौसमकोे  के ? ए उसैलाई सोध्नु पर्छ ? फोन गरेर सोध न ? मैले मनलाई दबाएर भने । तर पनि हरेक पटक उसको यो प्रश्न स्वभाविक लाग्ने मलाई अलि नै पिडादायी लागेको छ आज । अझ भनौँ फेरी आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा अस्तिपञ्जरहरु भन्ताकाँउदै । आज उ मौसम जस्तै बद्लिएकी थिई ।

ल ल नभन । किन भन्नु प¥यो मलाई । अब त यो पार्टनर टाढा की भइ होला होइन ? त्यस्तो केही होइन्  के । मैले उसलाई सम्झाउन खोजेँ । तर उ मानिन् । मलाई भेट्ने होइन् अहिले मेरो फुर्सद छैन यार । पछि भेटौला दाईसँग आएकी छु । ल ल हुन्छ । मैले उसलाई विदा गरेँ । आज धेरै पछि फोनमा बोलेको थिए उसँग मन कतै हलुंगो चाहिँ भएको हो मेरो । फेरी दिनहरु यादको झोक्का बनेर आए उसका र मेरासँगै बसेका पलहरु नारायणीको तिरमा झरीमा रुझ्दै । झरीले आङ् रुझाउँथ्यो हाम्रो यता कहिले उसको कुराले हाम्रा आखाँहरुबाट झरेका बुँदले हाम्रो मन रुझाउँथ्यो । कहिले मेरा कुराले ।

आज फेरी उसको बोलीले क्षणीक त आनन्द दियो नै तर पनि अर्काे बेदना भुल्नै लागेको यादलाई ताजा गराई दियो । आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका अस्तिपञ्जरहरु भत्काँउदै । फेरी उसको सम्झनाले तड्पाउन थाल्यो मेरो मन । उ किन यसरी टाढा भई ? मेरो मनले नपाएको एउटै जवाफ हो यो । किन उसलाई मैले के विगार गरेँ ? मैले पत्तो पाउन नसकेको अर्काे प्रश्न हो । कहिलै पनि भनिन उसले यो कुरा । अन्तिम पलसम्म पनि उसले मलाई आई लभ यु भने कै हो । रुञ्चे स्वरमा भए पनि मिस यु भन्दै आफ्नै मोवाइललाई चुमेकी पनि हो । तर त्यस पछि किन बोल्न चाहिन मसँग । किन सुन्न चाहिन मेरो नाम ।

उसको र मेरो हरेक दिन भेट हुने माध्ययम भनेको कहिले मोवाइल कहिले फेसवुक हो । दुरीले नजिकै भए पनि भेट हुन दिन नै हेराउनुपथ्र्यौ । किन की उ आफ्नो अपिस म आफ्नो अपिस तर उसले मलाई फेसवुकबाट अनफ्रेण्ड गरिसकेकी थिई । मैले उसलाई फेसवुकमा म्यासेज गर्न पनि नपाउने बनाएर राखेकि थिई । त्यसै औडाहा भइरहेको थियो । अपिसमा थिएँ । आफ्नो कोठामा पसेँ । ल्यापटप खुलै रै छ फेसवुक खोले । एउटा स्टाटस लेख्न मन लाग्यो र हाने । ‘आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा अस्तिपञ्जरहरु भन्ताकाँउदै ।’ आजभोली फेसवुक पनि त्यति चलाउन मन लाग्दैन मलाई किन की फेसवुकमा मैले मौसमलाई भेट्न पाँउदिन् । यसो खोल्छु कतै उ ‘बसन्त.... मेरो कान्छु.....!’ भन्दै झुल्किन्छे की भन्ने आशामा तर मेरो सारा चहाना व्यर्थै हुन्छन् । मलाई खोल्नु भन्दा अगाडि पनि थाहा नभएको भने होइन् ऊ भेटिदैन भनेर तर पनि मन न हो । यादहरुको झोक्का आइ नै रहन्छ र सम्झनाको दुनियाँमा मेरो मनलाई उडाएर लैजान्छ ।

फेसवुक पनि उराठ लाग्दैछ मलाई । सायद पालुवा नपलाएर होला अझ भनौ मेरो मनको बगैँचाका फूलहरु नै ओइलिएर होला । त्यो भन्दा पनि मेरी मनकी गुलावलाई कसैले नै चुडेर लगेकोले होला । यत्तिकैमा फेसवुकको नोटिसिफिकेसनमा रातो बत्ति बल्यो । हतार हतार खोले । उही कृतिका रहिछ । मैले उसका हरेक गतिविधिलाई नियाल्नको लागि हो या नजिकैको साथी ठानेर हो क्लोज फ्रेण्डको लिष्टमा राखेको थिए ।

कृतिका लाईक दी फोटो अफ मौसम .....! फेरी पनि त्यही एक झोक्का याद आयो र लग्यो उडाएर मेरो मनलाई एकान्तको सारा अस्तिपञ्जर भत्काएर । खोले कालो चस्मा लगाएकी मौसम झनै राम्री भएकी रहिछ । उसको तस्विर हेरेँ टोलाई रहेँ । एक लाईक हान्छु भनेर खोजेँ । हुन त मैले उसको तश्विरमा कहिलै पनि कमेन्ट गरेको थिईन खाली लाईक मात्र गर्थेँ । आज पनि लाईक गर्न खोजेको थिएँ । तर त्यहाँ लाइक भनेरै लेखिएको थिएन् । मलाई उसले पहिले नै अनफ्रेण्ड गरिसकेकी थिई । हेरेर टोलाई रहेँ । एकैछिन । फेरी तश्विर देख्दै लाइक गर्न मन लाग्यो । नजिकै सेयर भन्ने लेखिएको देखेँ । पहिलो पटक उसको तश्विरलाई मैले शेयर गरेको हुँ । आँफैमा टोलाई रहेको थिए । तश्विर हेरेर ।

Mero photo kina share gareko ? Kasle share garna bhanyo talae ! chito remove gar ! मैले यो चाहिँ चिताएको थिइन । मलाई आजसम्म मौसमले तँको सम्बोधन गरेको थाहा पाएको थिइन् आज गरि । मन कतै भारी भो कतै हलुंगो पनि भो । थाहा भएन । तर पनि अझै त्यही तश्विर हेरेर टोलाई नै रहेको छु । उसकै यादमा फेरी म्यासेज आयो । Ekpatak vanepa6i kina namaneko . 6ito delete gar vanera vanep6i kina ngareko ? badi bhako ho ? ki hepeko ho ? Malae vanisake fast delete mero photo. 

हेरे के गरौँ कसो गरौँ भएँ । मैले पनि एसएमएसको रिप्लाई दिएँ । Sory for that tapaeko ph ramro lagyo tehi bhara share gareko ! tapaenae dlt garnus na thyo photo ani feri maele hajurlae kassri hepna sakchu ra ?  यसरी सायद उसलाई मैले पहिलो पटक तपाईँको सम्बोधन गरेँ की झै लाग्छ । सायद यसभन्दा अगाडि जिस्काएर कुनै बेला सम्बोधन गरेँ होला । यसपटक मैले तपार्इँको सम्बोधन गरेको जिस्काएर त हुँदै होइन रिसाएर पनि होइन किन र कसरी यस्तो एसएमएसको सिर्जना भयो म आँफैलाई पनि त्यसबारेमा थाहा छैन ।

badi kina bhako  malae k socheko ? 6ito delet hunuparyo ahele 5 min. vitra ma delet gare huncha otherwise naramro huncxa. खोई कस्तो नराम्रो मलाई थाहा भएन । उ किन यति धेरै आक्रोशित भएकी हो मलाई पनि अचम्म लाग्यो ।

kali kina risa ho testo? maele timro k bigare bhana ta ? j garnu ta timile nae garyo ni ?  masanga dherai niu khojnu aabasek 6ena. bekarma aruko foto kina share garya ta ? kam 6ena vane chup lagera base hunxa .

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी

Sociable