लामो समय भएको थियो उसँग सम्पर्क नभएको पनि सायद उसलाई भुल्ने कोसिमा थिएँ होला म पनि तर यादभने घरी घरी सताई रहन्थ्यो मलाई तर पनि ती यादहरुलाई मैले समालेर नै राखेको थिए । कुन्नी किन याद आँउछ छाडि जाने निष्टुरीको ? सायद यसैलाई त निश्चल माया भन्छन होला । मैले थाहा पाएको थिइन किन मसँग उ टाढिन खोजे की हो । जे होस म उसको शुभ भएको नै हेर्न चाहन्थे । चाहन्छु र चाहने छु पनि । लामो यादलाई म भुल्दै थिएँ । अचानक मेरी एक जना केटी साथीले फोन गरि । उसँग बोल्न नपाएको पनि धेरै भएको थियो । एक्लिएको मनलाई उसको फोनको घण्टीले अलिक आनन्द भने दियो मलाई ।
सुजन तिमी कहाँ छाँै ? के हो आजभोली त सम्पर्क नै छैन त ? होइन त्यस्तो होइन अलि व्यस्त नै भएर हो । सायद तँलाई मैले फोन गर्न नपाएको पनि त्यही भएर होला ? अनि के हो न्यु इयरमा वीस पनि गरेनाँै त ? हुन पानि हो कसरी वीस गथ्र्यौै अब म त को हुँ र तिम्रो लागि ? अरे यार तँ कस्तो कुरा गर्दै छेस हँ ? फेरी एक पटक भन त त्यही कुरा । अनि तिमीले किन मलाई वीस नगरेको ? त्यस्तो होइन म अलि तनाबमा थिएँ त्यही भएर नी । के भो र तिमीलाई ? उसले सोधी । त्यस्तो खासै केही होइन मेरो परिवारीक कुरा हो । अनि भन तैले आज कताबाट सम्झिस त ? अरे यार म तिमीलाई सँधै नै त सम्झिन्छु नी । तिमी पो ...........? उसले लाडिँदै भने की थिइ । उसले मेरा हरेक कुरालाई सम्बोधन गर्न सक्थि । म बाहिर हाँसे पनि भित्र रोएको उसले देख्न सक्थि । सायद यही नै त हो नी सच्चा साथि भनेको आज उ टाढा आफ्नो दुनियाँमा भए पनि मलाई त सम्झिन्छे । तर जसलाई मैले आफ्नो ठानेको थिएँ उ नै मलाई बुझ्न सकिन् मेरो मायालाई पनि उसले बुझ्न सकिन् । साकिर मेरो लागि साकि हो उ । अझ मैले भन्दा उ मेरो एक असल मित्र जसलाई हरेक कुरामा म असल साथिको नाताले सम्झिए पवित्र नातामा हेरेँ दुनियाँलाई यो सम्बन्धलाई जस्तो सुकै अपवित्र नाताको सम्बोधन दिए पनि । कति मिठो बोलीमा भन्थी ओइ पार्टनर भन त तिमी आज किन रोएको । हासिँरहेको मेरो ओठको गहिराईमा पुगेर उसले सोध्थी भित्र मनको कुनाबाट झरीरहेको आँशुलाई देखेर । अनि उ पनि मसँगै पिलपिल गर्थि र मलाई पनि ओठको मुस्कानलाई किनारा लगाउँदै आशुको भेल उछिट्याउन बाध्य पार्थि ।
अरे भनन् के छ खबर ? अँ ठिकै छ । अनि उसको नी ? उसको ? मैले उसैलाई प्रश्नको वाँण तेर्साएँ । अरे यार उसको के ? को उसको है छ र ? तिम्री मौसमकोे के ? ए उसैलाई सोध्नु पर्छ ? फोन गरेर सोध न ? मैले मनलाई दबाएर भने । तर पनि हरेक पटक उसको यो प्रश्न स्वभाविक लाग्ने मलाई अलि नै पिडादायी लागेको छ आज । अझ भनौँ फेरी आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा अस्तिपञ्जरहरु भन्ताकाँउदै । आज उ मौसम जस्तै बद्लिएकी थिई ।
ल ल नभन । किन भन्नु प¥यो मलाई । अब त यो पार्टनर टाढा की भइ होला होइन ? त्यस्तो केही होइन् के । मैले उसलाई सम्झाउन खोजेँ । तर उ मानिन् । मलाई भेट्ने होइन् अहिले मेरो फुर्सद छैन यार । पछि भेटौला दाईसँग आएकी छु । ल ल हुन्छ । मैले उसलाई विदा गरेँ । आज धेरै पछि फोनमा बोलेको थिए उसँग मन कतै हलुंगो चाहिँ भएको हो मेरो । फेरी दिनहरु यादको झोक्का बनेर आए उसका र मेरासँगै बसेका पलहरु नारायणीको तिरमा झरीमा रुझ्दै । झरीले आङ् रुझाउँथ्यो हाम्रो यता कहिले उसको कुराले हाम्रा आखाँहरुबाट झरेका बुँदले हाम्रो मन रुझाउँथ्यो । कहिले मेरा कुराले ।
आज फेरी उसको बोलीले क्षणीक त आनन्द दियो नै तर पनि अर्काे बेदना भुल्नै लागेको यादलाई ताजा गराई दियो । आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका अस्तिपञ्जरहरु भत्काँउदै । फेरी उसको सम्झनाले तड्पाउन थाल्यो मेरो मन । उ किन यसरी टाढा भई ? मेरो मनले नपाएको एउटै जवाफ हो यो । किन उसलाई मैले के विगार गरेँ ? मैले पत्तो पाउन नसकेको अर्काे प्रश्न हो । कहिलै पनि भनिन उसले यो कुरा । अन्तिम पलसम्म पनि उसले मलाई आई लभ यु भने कै हो । रुञ्चे स्वरमा भए पनि मिस यु भन्दै आफ्नै मोवाइललाई चुमेकी पनि हो । तर त्यस पछि किन बोल्न चाहिन मसँग । किन सुन्न चाहिन मेरो नाम ।
उसको र मेरो हरेक दिन भेट हुने माध्ययम भनेको कहिले मोवाइल कहिले फेसवुक हो । दुरीले नजिकै भए पनि भेट हुन दिन नै हेराउनुपथ्र्यौ । किन की उ आफ्नो अपिस म आफ्नो अपिस तर उसले मलाई फेसवुकबाट अनफ्रेण्ड गरिसकेकी थिई । मैले उसलाई फेसवुकमा म्यासेज गर्न पनि नपाउने बनाएर राखेकि थिई । त्यसै औडाहा भइरहेको थियो । अपिसमा थिएँ । आफ्नो कोठामा पसेँ । ल्यापटप खुलै रै छ फेसवुक खोले । एउटा स्टाटस लेख्न मन लाग्यो र हाने । ‘आयो यादहरुको एक झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा अस्तिपञ्जरहरु भन्ताकाँउदै ।’ आजभोली फेसवुक पनि त्यति चलाउन मन लाग्दैन मलाई किन की फेसवुकमा मैले मौसमलाई भेट्न पाँउदिन् । यसो खोल्छु कतै उ ‘बसन्त.... मेरो कान्छु.....!’ भन्दै झुल्किन्छे की भन्ने आशामा तर मेरो सारा चहाना व्यर्थै हुन्छन् । मलाई खोल्नु भन्दा अगाडि पनि थाहा नभएको भने होइन् ऊ भेटिदैन भनेर तर पनि मन न हो । यादहरुको झोक्का आइ नै रहन्छ र सम्झनाको दुनियाँमा मेरो मनलाई उडाएर लैजान्छ ।
फेसवुक पनि उराठ लाग्दैछ मलाई । सायद पालुवा नपलाएर होला अझ भनौ मेरो मनको बगैँचाका फूलहरु नै ओइलिएर होला । त्यो भन्दा पनि मेरी मनकी गुलावलाई कसैले नै चुडेर लगेकोले होला । यत्तिकैमा फेसवुकको नोटिसिफिकेसनमा रातो बत्ति बल्यो । हतार हतार खोले । उही कृतिका रहिछ । मैले उसका हरेक गतिविधिलाई नियाल्नको लागि हो या नजिकैको साथी ठानेर हो क्लोज फ्रेण्डको लिष्टमा राखेको थिए ।
कृतिका लाईक दी फोटो अफ मौसम .....! फेरी पनि त्यही एक झोक्का याद आयो र लग्यो उडाएर मेरो मनलाई एकान्तको सारा अस्तिपञ्जर भत्काएर । खोले कालो चस्मा लगाएकी मौसम झनै राम्री भएकी रहिछ । उसको तस्विर हेरेँ टोलाई रहेँ । एक लाईक हान्छु भनेर खोजेँ । हुन त मैले उसको तश्विरमा कहिलै पनि कमेन्ट गरेको थिईन खाली लाईक मात्र गर्थेँ । आज पनि लाईक गर्न खोजेको थिएँ । तर त्यहाँ लाइक भनेरै लेखिएको थिएन् । मलाई उसले पहिले नै अनफ्रेण्ड गरिसकेकी थिई । हेरेर टोलाई रहेँ । एकैछिन । फेरी तश्विर देख्दै लाइक गर्न मन लाग्यो । नजिकै सेयर भन्ने लेखिएको देखेँ । पहिलो पटक उसको तश्विरलाई मैले शेयर गरेको हुँ । आँफैमा टोलाई रहेको थिए । तश्विर हेरेर ।
Mero photo kina share gareko ? Kasle share garna bhanyo talae ! chito remove gar ! मैले यो चाहिँ चिताएको थिइन । मलाई आजसम्म मौसमले तँको सम्बोधन गरेको थाहा पाएको थिइन् आज गरि । मन कतै भारी भो कतै हलुंगो पनि भो । थाहा भएन । तर पनि अझै त्यही तश्विर हेरेर टोलाई नै रहेको छु । उसकै यादमा फेरी म्यासेज आयो । Ekpatak vanepa6i kina namaneko . 6ito delete gar vanera vanep6i kina ngareko ? badi bhako ho ? ki hepeko ho ? Malae vanisake fast delete mero photo.
हेरे के गरौँ कसो गरौँ भएँ । मैले पनि एसएमएसको रिप्लाई दिएँ । Sory
for that tapaeko ph ramro lagyo tehi bhara share gareko ! tapaenae dlt garnus
na thyo photo ani feri maele hajurlae kassri hepna sakchu ra ? यसरी सायद उसलाई मैले पहिलो पटक तपाईँको सम्बोधन गरेँ की झै लाग्छ । सायद यसभन्दा अगाडि जिस्काएर कुनै बेला सम्बोधन गरेँ होला । यसपटक मैले तपार्इँको सम्बोधन गरेको जिस्काएर त हुँदै होइन रिसाएर पनि होइन किन र कसरी यस्तो एसएमएसको सिर्जना भयो म आँफैलाई पनि त्यसबारेमा थाहा छैन ।
badi kina bhako malae k socheko ? 6ito delet hunuparyo ahele 5 min. vitra ma delet gare huncha otherwise naramro huncxa. खोई कस्तो नराम्रो मलाई थाहा भएन । उ किन यति धेरै आक्रोशित भएकी हो मलाई पनि अचम्म लाग्यो ।
kali kina risa ho testo? maele timro k bigare bhana ta ? j garnu ta timile nae garyo ni ? masanga dherai niu khojnu aabasek 6ena. bekarma aruko foto kina share garya ta ? kam 6ena vane chup lagera base hunxa .
No comments:
Post a Comment
Thanx for your comment