Tuesday, April 30, 2013

कविता ः सहरमा आज रमिता छ

शहरमा आज रमिता छ
सँधै एकथरी मजदुर देखिने सडकमा
आज दुई थरी मजदुर देखिँदैछन
हुने खानेहरु
र हुँदा खानेहरु


हुँदा खानेहरुको दैनिकी उस्तै हो
सँधै रापिलो घाममा रिक्सा
तानिरहेको छन्
हुन खानेहरु
नयाँ जोगीले बढि खरानी घस्छ भनेझै
रहरले रापिएको कालोपत्रेमा
बुट बजार्दै छन् ।
चर्काे स्वरले चिउरिने छन
संसारका मजदुरहरु एक हाँै ।

हुने खाने मजदुरहरु
हुँदा खाने मजदुरलाई दुरदुर गर्दै छन् ।
¥यालीको बीच परेको रिक्सालाई दुत्कार्दै
ओइ साले देख्दैनस ¥याली आ को
भाग मा.........
र फेरी कराउँदैछन
‘संसारका मजदुर हरु एक हौँ’
विचरा हुँदा खाने मजदुर
आफ्नो परिचय खोज्दै छन
आँखिर म को हुँ
उनीहरु मजदुर हुन भने

पल्लो पट्टिी शहरको
दुई दाजुभाईहरु
एक आगनको दुई फरक छेउ
उफ्रँदै छन्
संसारका मजदुरहरु एक हाँै
र दुत्कार्दै छन् एक अर्कालाई
यस्तै रमिता छ आज शहरमा
किन की मनाईदै छ
मै दिवस आज शहरमा

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी