Monday, July 16, 2012

संविधानका लागि संविधानसभा ब्यूँताउनु पर्ने

भरतपुर । संविधान निर्माणमा भएका सहमतिलाई संविधानको मस्यौदाको रुप दिएर संविधान जारी गर्नका निम्ति केही समयका लागि विघटित संविधानसभा ब्यूँताउनुपर्ने नेकपा एमालेका नेता गोकर्ण विष्टले बताउनुभएको छ । सोमबार भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
‘संविधान निर्माणमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गर्ने कुरा जनतालाई स्वीकार्य हुँदैन, भएका सहमतिलाई मस्यौदाको रुप दिई विवादित विषयमा सहमति खोज्नु पर्दछ’, नेता विष्टले भन्नुभयो, ‘त्यसका लागि सबैको सहमतिमा छोटो समयको लागि संविधानसभा ब्यूँताउनुपर्दछ ।’
संविधानसभा विघटन भएसँगै देशमा संवैधानिक संकट छाएको भन्दै उहाँले यही अवस्थामा संविधानसभाकोे निर्वाचन सम्भव नहुने बताउनुभयो । अहिलेको अवस्थामा संसदीय निर्वाचन गर्नपनि संवैधानिक बाटो नरहेको विष्टको भनाइ थियो ।
संविधान जारी भएसँगै संसदको वा राष्ट्रपतिको चुनाव गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालको राजनीति निषेध, विरोध, बन्द र ढुङ्गामुढाको भएको भन्दै उहाँले भन्नुभयो, ‘नेपालको राजनीति विरोध, बन्द र कुसंस्कारले भरिएको छ, अब राजनीतिलाई विकास र समृद्धिका लागि प्रयोग गरिनु पर्दछ, एकको स्वार्थको निम्ति धेरैको उन्माद बन्न दिनु हुँदैन ।’
सरकारले एक तृतीयांश बजेट ल्याएर सहमतिका लागि सहज वातावरण निर्माण गरेको उहाँको पूर्वमन्त्री विष्टको भनाइ थियो । पार्टीहरु कमजोर हुँदा राजावादी शक्तिहरुले टाउको उठाउन थालेको बताउँदै उहाँले भन्नुभयो, ‘उनीहरुले टाउको उठाउन थालेका छन् तर कुनैपनि हालतमा राजतन्त्र फेरि फर्कदैैन, यस्तो कल्पना गर्नु भनेको पाटे गोरू ब्याउला र ब्याउती खाउँला भन्नु जस्तै हो’, उहाँले भन्नुभयो ।
एकअर्काे प्रसंगमा पूर्वऊर्जामन्त्रीसमेत रहेका विष्टले सरकारले ऊर्जा विकासलाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । ‘चिप्ले कीराको गतीमा हिँडेको सरकारले ऊर्जा विकासलाई अगाडि बढाउन सकेन’, उहाँले भन्नुभयो । सहमतिका लागि वर्तमान सरकारको वहिर्गमन हुनुपर्ने उहाँले बताउनुभयो ।
‘वर्तमान सरकार पनि एक वर्षभन्दा बढी सत्तामा बस्यो, बाबुरामको पनि रहर पुग्योहोला, अब सरकार छाड्नुपर्छ’, एमाले युवा नेता विष्टले भन्नुभयो । कार्यक्रम शाखाका उपाध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको थियो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी