Monday, December 17, 2012

हात्ति मार्न १० बजे सम्मको अल्टिमेटम, संयमित रहनु निकुञ्जको अनुरोध

गएराति फेरी दुई घरमा क्षति 
चितवन
    चितवन राष्ट्रीय निकुञ्जले हिंश्रक जंगली हात्ती मार्नका लागि निकुञ्जको प्रँबिधिक टोलि खटिई सकेकाले संयमित रहन माडीबासीलाई अनुरोध गरेको छ ।    निकुञ्जको बनकटटा देखि सुकिभार क्षेत्रको बिचमा सो हात्ती रहेको अनुमान गरिएको र सोही क्षेत्रमा प्राबिधिक टोलि परिचालन भएको चितवन राष्ट्रीय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले जानकारी दिनु भयो । जहा“ देख्यो त्यही मार्ने आदेश सहितको टोलि फिल्डमा खटिएकाले आज दिनभरीमा हात्ती मारिने संभावना रहेको उहा“ले जानकारी दिनु भयो । निकुञ्जले सबै काम छाडेर अहिले हिंश्रक जंगली हात्ती धु्रबेलाई मार्ने काम पहिलो प्राथमिकतामा राखेर काम गरि रहेकाले संयमित हुन उहा“ले आग्रह गर्नु भयो । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दुवाडीले हात्ति मार्ने कुरामा माडीबासी संसकित देखिएकाले विश्वासमा लिएर काम अगाडी बढाउन निकुञ्ज कार्यालयलाई निर्देशन दिनु भएको छ ।

    शनिबार राति जंगली हात्तिको आक्रमणबाट गर्दि गाबिसका दुई जनाको ज्यान गएपछि शबको अन्तिम संस्कार नगरि आन्दोलनमा उत्रिएका माडीबासीले निकुञ्ज मुख्यालय पुगेर प्रमुख संरक्षण अधिकृतको कार्यकक्षमा तालाबन्दि गर्नुका साथै कार्यालयका केही सिसा समेत फुटाएपछि निकुञ्जले यस्तो अनुरोध गरेको हो ।

    सर्बपक्षिय समिति बनाएर संघर्ष अगाडी बढाएका माडीबासीले आज बिहान १० बजे सम्म हात्तिलाई नमारिए भरतपुर केन्द्रित आन्दोलन अगाडी बढाउने चेतावनी दिएका छन् । नारायाणगढबाट माडी जाने सडकको निकुञ्ज भित्र पर्ने सडक फराकिलो बनाउन रुख फडानी गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् । माडीबासीले जंगतिल हात्ति तत्काल मार्नु पर्ने , मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने , नारायणगढबाट माडी जाने सडक पश्चिम मिटर चौडा बनाउनु पर्ने लगायतका माग राखेर अँन्दोलन अगाडी बढाएका छन् । आन्दोलनमा स्थानिय राजनितिक दलका नेताले ऐक्यबद्धता जनाएका छन् ।

    शनिबार राति ११ बजे मारिएका बुद्धिराम बोट र उहाकी श्रीमति जरियाबोटको शब बरफमा राखेर गर्दि गाबिसको चौतारोमा राखिएको छ ।माडीबासीको आन्दोलनका कारण आज चौथो दिनपनि नारायणगढ ठोरी सडक खण्डमा यातायात बन्द भएको छ भने माडीका बजार पसल पनि बन्द भएका छन् ।

    यसैबीच , जंगली हात्तिले गएराति पनि माडीको गर्दि गाबिसका दुई घरमा क्षति पुर्याएको छ । गर्दी ७ का  राम प्रसाद न्यौपानेको घर भत्काउनुका साथै घरमा रहेको ७ बोरा धान हात्तिले खेतमा पोखाई दिएको छ । यस्तै गर्दि १ कै मुन्सी महतोको घर भत्काएर ३ बोरा धान पोखाई दिएको छ ।हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलिले दुबै स्थानमा पुगि ५ राउण्ड हवाई फायर गरेकाले हात्ति जंगलतिर भागेका र थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी