Tuesday, July 17, 2012

एनपीआईको बसमा आगजनी र तोडफोड


एनपीआईमा तोडफोड भएपछि त्यसको विरोधमा चौबीसकोठीमा चक्काजाम गर्दै विद्यार्थीहरु ।
भरतपुर । नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा मंगलबार बिहान अज्ञात समूहले तोडफोड तथा आगजनी गरेपछि विद्यार्थीहरुले प्रतिकार गरी लखेटेका छन् । तीनवटा मोटरसाइकलमा आएका ६ जनाले पेट्रोल छर्केर कलेजको गाडीमा आगजनी र कम्प्युटर एवम् झ्यालमा तोडफोड गर्न थालेपछि विद्यार्थीहरु प्रतिकारमा उत्रिएका थिए ।
सोक्रममा विद्यार्थीहरुले आगजनी गर्न आएको समूहले प्रयोग गरेको ना २० प १८०५ नम्बरको पल्सर मोटरसाइकल जलाइदिएका छन् । विद्यार्थीहरु प्रतिकारमा उत्रिएपछि उनीहरु मोटरसाइकल छाडेर भागेका थिए ।
अज्ञात समूहको अगजनीबाट कलेजको ना १ क २६१६ नम्बरको गाडीमा क्षति पुगेको छ । गाडीमा लागेको आगो विद्यार्थीहरुले निभाएका थिए । कलेजको क्षतिको विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कर्मचारीहरु कार्यकक्षमा नै रहेको बेला उनीहरुले गमला उचालेर कम्प्युटर, पार्टेशन र झ्यालमा हानेको कलेजका प्रशासकीय अधिकृत शिव सुवेदीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले आगजनी र तोडफोड गर्ने समूहको खोजिकार्य भइरहेको बताउनुभयो । झण्डै एक महिनाअघि सोही कलेजको भरतपुरको भोजाडमा रहेको मुख्य ब्लकमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले तोडफोड गर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।
कलेजमा एचए, ल्याब, सीएमए, अनमिलगायतका प्राविधिक शिक्षाको पढाइ हँुदै आएको छ ।
यसैबीच कलेजमा भएको तोडफोडको विरोधमा विद्यार्थीहरुले मंगलबार बिहान केही समय भरतपुरको चौबीसकोठीमा चक्काजाम गरेका थिए ।
यसैबीच नेविसंघ नेपाल पोलिटेक्निक इकाइ समिति भरतपुरले २४ घण्टाभित्र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । उपसभापति गणेशप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ ।
त्यस्तै क्यान्सर अस्पताल भरतपुर कम्पाउण्डभित्र सञ्चालित इशा मेडिकल हलमा मंगलबार बिहान तोडफोड भएको छ ।
तोडफोडको नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनले विरोध गरेको छ । अध्यक्ष हिरामान महर्जनले निकालेको विज्ञप्तिमा क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरिएको छ ।




2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी