Tuesday, July 31, 2012

अपराधजन्य समाचारप्रति पाठकको रुचि बढी


विधुर ढकाल

नारायणगढ । देशको संक्रमणकालका कारण अपराधजन्य घटनाहरुको वृद्धि भएसँगै आमसञ्चारका प्रयोगकर्ताहरु पनि अपराधजन्य विषयवस्तु समावेश गरिएका समाचारहरुप्रति रुचि राख्ने गरेको चितवन पोष्टले गरेको पाठक सर्वक्षणले देखाएको छ ।
चितवनको नारायणगढ बजारआसपास भेटिएका पाठकहरुसँग लिइएको मतमा पत्रपत्रिकामा ५० प्रतिशत पाठकहरुले अपराधजन्य समाचारप्रति रुचि देखाएका हुन् । यससँगै पाठकहरु राजनीतिक समाचारहरु पढ्न रुचि राख्ने गरेको सर्वेक्षणले देखाएको छ ।
पाठकको मतअनुसार कुल सय प्रतिशतको ५० प्रतिशतले आपराधिक घटनासँग सम्बन्धित समाचारहरु पढ्ने गरेको बताएका छन् । समाजमा आपराधिक घटनाहरुले विकृति फैलाएको भन्दै यस्ता समाचारले आपराधिक घटनाहरुलाई नै न्यूनीकरण गर्न सहयोग गर्ने पाठकहरु बताउँछन् ।
‘आपराधिक समाचारहरु संकलन र लेखनमा जोखिम भएपनि यस्ता समाचारहरुले समाजमा विकृति विसंगति न्यून गर्न सहयोग पु¥याउने हुँदा आपराधिक घटनासँग सम्बन्धित समाचारप्रति बढी रुचि जान्छ’, सर्वेक्षणमा सहभागी भरतपुर–१० का विद्यार्थी राजेन्द्र भुषालले भने । समाजलाई अपराधबाट मुक्त पार्न सञ्चार जगतले आपराधिक चिन्तनको भण्डाफोर गर्नुपर्ने आमसञ्चारका विद्यार्थी भुषालको भनाइ छ ।
अपराधजन्य समाचारसँगै पाठकहरुले राजनीतिक समाचारप्रति रुचि देखाएका छन् । देशको राजनीतिक बाटो कता जाँदैछ भन्नेतर्फ पाठकहरुको धारणा सञ्चार जगतले निर्माण गर्ने काम गरेका छन् । यो विषयमा कुल ३० प्रतिशत पाठकहरुले रुचि देखाएका छन् । उनीहरु देशको राजनीतिक परिवर्तनमा सञ्चार जगतले मह¤वपूर्ण भूमिका खेल्ने गरेका बताउँछन् ।
त्यस्तै सामान्य समाचारप्रति १० र मनोरञ्जन खेलकुदलगायत अन्य समाचारप्रति १० प्रतिशत पाठकले रुचि व्यक्त गरेका छन् ।
यता पत्रिकामा प्रकाशित लेखहरु भने पाठकहरुले आफ्नो अभिरुचिअनुरुपका भएमा पढ्ने गरेको बताएका छन् । सर्वेक्षणमा सहभागी ४० प्रतिशत पाठकहरुले रुचिअनुरुपका लेखहरु प्रकाशित भए पढ्ने जनाएका छन् । त्यस्तै ३० प्रतिशत पाठकहरुले नियमित र ३० प्रतिशतले कहिलेकाँही लेखहरु पढ्ने गरेको सर्वेक्षणले देखाएको छ ।
त्यसैगरी पत्रिकाको सम्पादकीयमा पाठकहरुको रुचि विषय अनुरुपको रहने गरेको पाइयो । पाठकहरु विषयअनुरुप सम्पादकीयमा आँखा लगाउने बताउँछन् । सर्वेक्षणमा सहभागी पाठकहरुमध्ये ७० प्रतिशतले विषय हेरेर सम्पादकीय पढ्ने बताएका छन् । १० प्रतिशतले नियमित तथा १० प्रतिशतले कहिलेकाँही पढ्ने तथा १० प्रतिशतले सम्पादकीय नै नपढ्ने जनाएका छन् ।
सर्वेक्षणमा सोधिएको अर्काे प्रश्न सम्पादकलाई लेखिने पत्रका बारेमा ४० प्रतिशतले जानकारी भएको बताएका छन् । त्यस्तै ३० प्रतिशतले यसको बारेमा केही मात्रामा जानकारी भएको र २० प्रतिशतले जानकारी नै नभएको जनाएका छन् । त्यस्तै सहभागीमध्ये १० प्रतिशतले यसको बारेमा भन्न नसक्ने बताएका छन् ।



2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी