Monday, July 30, 2012

अनेकिमहासंघ (क्रान्तिकारी)सँग सम्बन्ध विच्छेद

भरतपुर । नवगठित नेकपा–माओवादीनिकट किसानहरुको १२ देखि १४ गतेसम्म नवलपरासीको प्रगतिनगरमा सम्पन्न केन्द्रीय भेलाले एकीकृत नेकपा माओवादीनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको छ ।
भेलाले ठाकुरप्रसाद चापागार्इंको अध्यक्षतामा केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नवगठित समितिका अध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।
भेलाले सुवास अगस्ती र भुमिश्वर कँडेल उपाध्यक्ष तथा नन्दबहादुर बूढा मगर महासचिव रहेको ८१ सदस्यीय प्रथम केन्द्रीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले किसानहरुले जनयुद्ध गर्दा देखेको सपनामाथि कुठाराघात भएका कारण महासंघसँग सम्बन्ध विच्छेद गर्नु परेको बताउनुभयो । ‘जुन किसान प्रत्यक्ष रुपमा युद्धमा लाग्यो, परिवर्तनका लागि लड्यो त्यसले के पायो ?’, उहाँको प्रश्न थियो ।
संगठनले आगामी दिनमा किसान संघर्ष सञ्चालन गर्ने निर्णय भएको समेत अध्यक्ष चापागार्इंले जानकारी दिनुभयो । ‘भू–माफिया, जलमाफिया, वनमाफियाजस्ता कुख्यात किसानमाराहरु विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै किसान आन्दोलनलाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
शान्तिकालमा एकीकृत नेकपा माओवादीले देखाएको किसानविरोधी चरित्रका कारण सो पार्टीसँग सम्बन्ध विच्छेद गर्दै नवगठित माओवादीको सिद्धान्त र कार्यदिशालाई आत्मसाथ गर्दै अगाडि बढ्ने नवगठिन अखिल नेपाल किसान संघ (क्रान्तिकारी)ले जनाएको छ ।
यता, कार्यक्रममा बोल्दै नवगठित माओवादीका केन्द्रीय सदस्य तथा अवध राज्य समितिका इञ्चार्ज अटलले संक्रमणकालमा क्रान्तिकारी सरकार बने त्यसमा सहभागी हुन सक्ने बताउनुभयो । ‘हाम्रो तीन ‘स’को नीति कायम नै छ, संक्रमणकालमा क्रान्तिकारी सरकार निर्माण भए त्यसमा सामेल हुन सकिन्छ’, उहाँले भन्नुभयो । माओवादीले सरकार सदन र सडक आन्दोलनलाई एकै साथअगाडि बढाउने नीति लिँदै आएको छ ।
संगठनको प्रथम केन्द्रीय सम्मेलन असोज २४–२६ सम्म मधेश राज्यभित्र गर्ने संगठनका महासचिव बूढामगरले जानकारी दिनुभयो । त्यसभन्दा अगाडि राज्य तथा जिल्लाका सम्मेलन सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो ।


2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी