काठमाडौ । काठमाडौंबाट
सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट
भित्रै दुर्घट्ना भएको छ । विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीहरुले
बताएका छन् । विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा
रहेका १९ जना सबैको निधन भएको छ ।
बिहान
६ बजेर १५ मिनेटमा उडेको विमानमा आकाशमै आगो लागेको थियो । विमानमा १५ जना विदेशी नागरिक,
३ जना चालक दल तथा १ जना नेपाली यात्रु
थिए । विमानको
पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय
तन्डुलकर थिए ।
दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर वा चरा ठोक्किएर दुर्घट्ना भएको हो बारे
अनुसन्धान भइरहेको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग
विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ । चालक
तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान
गरिएको छ । तर, त्यसमा
पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने
विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
विमानका
को पाइलट टाकेसी थापा र एयर होस्टेस रुझा शाक्य थिए । विमानमा रहेका विदेशीहरु
बि्रटिश, जापनिज र इटालयिन
नागरिक थिए ।
No comments:
Post a Comment
Thanx for your comment