Monday, October 1, 2012

विभिन्न आरोपमा छ जना पक्राउ

भरतपुर । सुन भनेर पहेँलो धातु देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम चितवनको पार्वतीपुर–४ की अनिता गुरुङलाई सुन भनेर ठगी गरेको अभियोगमा वीरगञ्जका ३२ वर्षीय जीतबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेका हो ।
कार्कीलाई वीरगञ्जबाट पक्राउ गरी चितवन ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा सोमबार पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरिएको हो । सुनको डल्लो भनी ठगी गरिएको पहेँलो धातु पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि पनि उनी विभिन्न अभियोगमा तीन पटकसम्म पक्राउ परी धरौटीमा रिहा भएका थिए ।
यस्तै प्रहरीले गुण्डागर्दीको अभियोगमा पूर्वी चितवनको रत्ननगरका पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । रत्ननगरका राजकुमार चौधरी, रवि थपलिया, ईश्वर चौधरी, रविन चौधरी र विवेक उदास श्रेष्ठलाई प्रहरीले काठमार्डाैमा पक्राउ गरी चितवन ल्याएको हो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी