Monday, October 1, 2012

‘कसैको दबाबमा अपराधीलाई छाडिन्न’

भरतपुर । वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले देशमा शान्ति सुरक्षा खलबल्याउने अपराधी र डनहरुलाई आफूले कुनै पनि हालतमा नछाड्ने बताउनुुभएको छ ।
प्रहरी प्रशासनको कार्यशैलीप्रति जनताको गुनासाहरु बढ्न थालेपछि स्थलगत रुपमा अवलोकन गर्न काठमाडौंबाट चितवन आउनुभएका खरेलले भरतपुरमा आयोजित अन्तक्र्रियामा यस्तो बताउनुभएको हो । उहाँले जस्तोसुकै अपराधी भएपनि कसैको दबाबमा नपरी कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कुनै पनि राजनीतिक दलले भन्दैमा अपराधीलाई नछाड्ने भन्दै उहाँले शान्ति सुरक्षाको सवालमा कुनै पनि राजनीतिक दलको अन्धभक्त नहुने बताउनुभयो । ‘राजनैतिक हस्तक्षेपका भरमा मात्रै गुण्डाहरु छाड्न हँुदैन’, उहाँले भन्नुभयो ।
सबैको सहयोग मिलेमा चितवनका डनहरुलाई एक महिनाभित्र कानुनको दायरामा ल्याउने उहाँको दावी थियो । कतिपय अवस्थामा प्रहरीको मिलेमतोमा अपराधीले उन्मुक्ति पाउने गरेको भन्ने गुनासो आइरहेका बेला वरिष्ठ प्रहरी उपरीक्षक खरेलले अपराधमा संलग्न हुनेको सूचना पाउनेवित्तिकै तुरुन्त आफूहरुलाई सोझै सम्पर्क गर्न आग्रहसमेत गर्नुभयो । 
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शान्ति सुरक्षाको सवालमा प्रहरी प्रशासन जिम्मेवार नभएको, अपराधीहरुसँग प्रहरीको मिलेमतो भएको, प्रहरीमा उजुरी दिँदा सुनुवाइ नभएको जस्ता गुनासो गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी