Saturday, May 26, 2012

३६ भाग र ३११ धाराको संविधान तयार

काठमाण्डौं । दलहरुबीच सहमति नभए पनि संधिवानसभा सचिवालयले ३६ भाग र ३ सय ११ धारा बनाई नयाँ संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिएको छ । दलहरुबीच सहमति भएको सबै विषयलाई समेटेर सचिवालयको टोलीले शनिबार राती प्रारम्भिक मस्यौदा तयार पारेको खबर आजको राजधानी दैनिकले छापेको छ ।
संविधान जारी गर्ने दिन आज आईसक्दा पनि विवादित विषयममा दलहरुबीच सहमति हुन नसक्दा पनि सचिवालयको टोलीले आफ्नो काम पुरा गरी दलहरुले चाहेमा संविधान जारी हुन सक्ने अवस्था तयार पारेको स्रोतले बताएका छ ।
राजनीतिक दलहरुबीच भएको सहमतिलाई आधार मानी तयार गरिएको संविधानको मस्यौदामा संघीष्ताका विषयमध्येमा प्रदेशको संख्या, सीमांकन र नामांकन उल्लेख गरिएको छैन् ।
पहिलो स्थानमा प्रस्तावना राखी नेपालको संविधानको मस्यौदा नाम दिईएको छ । मस्यौदा १ सय ३८ पृष्ठको रहेको छ । दलहरुबीच सहमति भई मस्यौदालाई संवैधानिक समितिले विधेयकको रुपमा संविधानसभा सचिवालयमा दर्ता गरी संविधानसभा बैठकमा टेवल गरेपछि निर्णयार्थ प्रस्तुत गरी दुई तिहाईले पारित भएमा संविधान जारी हुनेछ ।
भाग १ मा प्रारम्भिक परिच्छेद, भाग २ मा नागरिकता, भाग ३ मा मौलिक हक, कर्तव्य, भाग ४ मा नीति निर्देशक सिद्धान्त, भाग ५ मा राज्यको स्वरुप र राज्य शक्तिको बाँडफाँड, भाग ६ मा संघीय कार्यपालीका, भाग ७ मा प्रादेशिक कार्यपालीका, भाग ८ मा स्थानिय कार्यपालीका र भाग ९ मा संघीय व्यवस्थापिकाको काम, कतव्य र अधिकार लगायत ३६ भाग तोकिएको छ भने अन्यमा अनुसुचि राखिएको छ ।
:onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी