अभिनेता अक्षय कुमार तथा अभिनेत्री सोनाक्षी सिंहाद्वारा अभिनित बलिउड फिल्म राउडी राठोरले बलिउड बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । शनिवार रिलिज भएको फिल्म राउडी राठोरले भारतमा मात्र पहिलो दिन १४ करोड ७० लाख भारु कलेक्सन गरेकोमा आइतबार साढे १८ करोड कमाइ गर्यो ।
सुरुवाती दुइ दिनमै ४८ करोड ३० लाख कमाइ गर्न सफल भएको यो फिल्मले सोमबार पनि राम्रै कलेक्सन गरेको बताइएको छ । यो सँगै राउडी राठोर सुरुवातका दुइ दिनमा सबैभन्दा बढि कमाउने फिल्मको रुपमा दरिएको छ । यसअघि सलमान खानको फिल्म दबंगले सुरुका दुइ दिनमा ४८ करोड कमाएको थियो ।
प्रभुदेवाले निर्देशन गरेको फिल्म राउडी राठोरलाई दर्शकले मन पराउनुको कारण यसको टाइमिङ तथा सेटअप र कथावस्तु रहेको विश्लेषकहरु बताउँछन् । राउडी राठोरले यो हप्ताभरीनै धमाकेदार कलेक्सन गर्ने र अग्नीपथ पछि यो वर्षकै उत्कृष्ट फिल्म बन्ने निर्माताको आशा छ ।
कतिपय विश्लेषकहरुले यो फिल्म समग्रमा बलिउडका हिट फिल्म थ्री इडियट्स तथा दबंग जत्तिकै हिट हुने दाबी गरेका छन् । राउडी राठोरले समग्रमा एक अर्ब भारु भन्दा बढि कमाउने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment
Thanx for your comment