Tuesday, May 29, 2012

बृहत मधेसी मोर्चाले उपेन्द्र र शरदसिंहलाई कारवाही गर्ने

काठमाडौं । संविधासभा भंगसँगै उपेन्द्र यादव र शरदसिंह भण्डारी नेपाली कांग्रेस-नेकपा एमाले गठनवन्धनमा मिलेपछि बृहत मधेसी मोर्चामा विवादमा परेको छ ।
उपेन्द्र र शरदसिंह प्रतिवद्धतापत्र विपरित कांग्रेस र एमालेसँग मिलेको भन्दै मोर्चामा आवद्ध माओवादी, तमपोला र फोरम लोतान्त्रिकका नेताहरुले विरोध गरेका छन् । माओवादीका प्रभु साह, रामकुमार शर्मा, रामरिझन यादव, तमलोपाका रामआशिष गुप्ता र लोकतान्त्रिकका आत्मारामप्रसाद साहले मंगलबार पत्रकार सम्मेलन गरी उपेन्द्र र शरदसिंह , प्रतिवद्धतापत्र विपरित संघीयता र मधेसविरोधीसँग मिलेको आरोप लगाएका छन् । ‘उहाँहरु जसरी संघीयता विरोधीको पछि लाग्नु भो यसलाई हामीले गम्भीर रुपमा लिएका छौं’ शर्माले भन्नुभयो-’यसबारे छिट्टै बैठक बसेर छलफल गछौं ।’ उनीहरुले उपेन्द्र यादव र शरदसिंह भण्डारीमाथि कारबाहीसम्म हुने बताएका छन् । स्पष्टिकरण सोध्ने, आफ्नो प्रतिवद्धता फिर्ता लिन लगाउने र नभए कारवाही गर्ने उनीहरुको तयारी छ ।
संविधानसभा भंग भएपछि सरकारले संविधानसभाको चुनाव घोषणा गरेलगतै उपेन्द्र र शरदसिंह कांग्रेस, एमाले लगायतका दललसँग मिलेर राष्ट्रपतिको मा पुग्नु भएको थियो ।
onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी