भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुरले क्षेत्रीय होटल संघका अध्यक्ष
शंकर संैजूको सौराहास्थित होटल वाइल्डलाइफ क्याम्पको ना२च ९८०९ नम्बरको
मिनीबसमा आगजनी गर्ने दुई जनालाई मंगलबार सार्वजनिक गरेको छ । सार्वजनिक
गरिएकामा शारदानगर–२ का २७ वर्षीय सुभास बस्ताकोटी र सुनसरी जिल्ला
इनरुवाका ४६ वर्षीय रामहरि भट्टराई रहेका छन् ।
प्रहरीले उनीहरुसँगबाट सातथान पेट्रोल बमसहित उनीहरुले प्रयोग गरेको ना.४प ४६०० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ । उनीहरुले सैंजूलाई फोनमा पटकपटक धम्की दिइरहेको र पूर्वयोजनाबमोजिम होटलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक रवि पौडेलले बताउनुभयो ।
यता, पक्राउ आरोपीहरुले भने मजदुर र मालिकबीचको झगडालाई अपराधीकरण गर्न खोजेको भन्दै मजदुर आन्दोलनलाई निस्तेज पार्न खोजेको आरोप लगाएका छन् । आफूलाई अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य बताउने बस्ताकोटीले प्रहरीले सुनियोजित तबरले अन्यत्रबाट पेट्रोल बम ल्याई फसाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘हामीसँगबाट प्रहरीले यो सामग्री बरामद गरेको होइन, खोइ कसरीले प्रहरीले ल्यायो थाहा छैन, यो सैंजुले नै ल्याएर दिए कि ।’ मजदुरहरुको आन्दोलनलाई दबाउनका निम्ति प्रहरी र सौराहाका होटल व्यवसायीहरु लागि परेको उनको आरोप थियो ।
होटलको बसमा आगजनी गरेको स्वीकार गर्दै उनले भने, ‘यो आन्दोलनको चेतावनीको रुप हो, हामीले दिएका मागपत्र तथा केन्द्रले समेत दिएको पत्रको कुनै सुनुवाइ नभएपछि आगजनी गरेका हौँ ।’ उनले भरतपुर केन्द्रीय बस ट्रमिनलबाट भ्यान रिर्जभ गरेर महासंघ जिल्ला अध्यक्ष सूर्य बराल ‘क्षितिज’, प्रकाश सुनाल, गोविन्द जम्मरकट्टेलसहित आठ जना गएर आगजनी गरेको बताए ।
आगजनी गरेको प्रति कुनै पनि पश्चताप नभएको भन्दै बस्ताकोटीले भने, ‘मलाई कुनै पश्चताप छैन, आन्दोलनको यो एक कडी हो, निलम्बन गरिएका अरविन्द चौधरीलगायतका मजदुरलाई पुनःवहाली नगर्दासम्म आन्दोलन गरिन्छ ।’ प्रहरी हिरासतमा हत्कडी लगाउँदासमेत कुनै ग्लानी महसुस नभएको उनले बताए ।
प्रहरीले फरार आरोपीको खोजी कार्य भइरहेको जनाएको छ । आगजनीसम्बन्धी मुद्दा प्रहरीमा परेको र मंगलबार नै जिल्ला अदालतमा म्याद थप गरी हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
यसअगाडि सौराहामा हात्ती माउते मजदुरहरुको आन्दोलनका क्रममा समेत संैजूकै एक पर्यटक बोकेको बसमा एक समूहले आक्रमण गरेको थियो । साथै आन्दोलनका क्रममा महासंघका अध्यक्ष सूर्य बराललगायतमाथि आक्रमण भएको थियो ।
यता, बरालले भने प्रहरीले प्रक्राउ परेका मजदुर नेतालाई चरम याताना दिएर आरोप स्वीकार गर्न बाध्य पारेको आरोप लगाउनुएको छ । चितवन पोष्टसँग कुरा गर्दै उहाँले त्यहाँ नाम लिएका कसैको पनि घटनामा संलग्नता नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रहरी र मालिकहरु मिलेर मजदुरमाथि दमन गर्न खोजेकोले मजदुर तथा राजनीतिक आन्दोलनमार्फत साथीहरुलाई निर्दाेष रहेको सावित गर्नेछौं ।’ पक्राउ परेका मजदुर नेतालाई रिहाइ नगरिए चितवन बन्दसम्मको आन्दोलनको कार्यक्रम गरिने उहाँले चेतावनी दिनुभयो ।
आगलागीबाट बस पूर्णरुपमा क्षति भएको र आगोले विद्युत् प्राधिकरणको ट्रान्समिटर, किष्ट बंैकका दुईथान एसी, वाइरिङ तार र एउटा चाइनिज साइकलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समन्वय समिति चितवनले जेठ १४ गते सौराहाको घटनाको विषयलाई लिएर हात्ती फनित माउते संघका अध्यक्ष सुकबहादुर कुमाल, मजदुरहरु रामजनम चौधरी, ट्रेड युनियन महासंघका सदस्यहरु सुभाष बस्ताकोटी, रामहरि भट्टराईलाई पक्राउ गरी यातना दिएको र अन्य ६ जनालाई झुटा मुद्दामा फसाउ खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
समितिका संयोजक सूर्य बरालद्वारा जारी गरिएको विज्ञप्तिमा मजदुरलाई झुटा मुद्दामा फसाउने कार्य जारी रहेमा सौराहा पर्यटक आगमनमा रोक लगाउने चेतावनी पनि दिइएको छ । निष्काशित मजदुरलाई पुनर्वहाली गर्न समेत माग गरिएको छ ।
उता, सौराहाको होटल वाइल्ड लाइफ क्याम्पमा भएको तोडफोड र आगजनीप्रति चितवन पर्यटन विकास समितिले तीव्र विरोध जनाएको छ ।
समितिका महासचिव विश्वराज सुवेदी, उपाध्यक्ष गिरिधारी चौधरीले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा राष्ट्रिय अर्थतन्त्रको आधार क्षेत्रमा हुने यस्ता गैरसंवैधानिक कार्य हुन नदिन सम्बन्धित पक्षसँग जोेडदार माग गरिएको छ । तोडफोड घटनाका दोषीउपर कडा कारबाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment