Tuesday, May 29, 2012

नेपालको अवस्थाप्रति महासचिव बान चिन्तित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राजनीतिक दलहरुबीचको असहमतिका कारण संविधानसभाको विघटन हुनुप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
जनचाहनाअनुसार संविधान निर्माण गर्नुपर्ने दायित्वबाट नेपाल पछाडि फर्किएकोमा दुःख व्यक्त गर्दै महासचिव बानले राजनीतिक दलहरुलाई पुनः राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
उहाँले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल अनिश्चित संवैधानिक र राजनीतिक बाटोमा प्रवेश गरेको भन्दै अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्दै त्यसैमा टेकेर संविधान निर्माण प्रक्रिया जुट्न अनुरोध गर्नुभयो ।
 महासचिव बानले सबै खालका निर्णयमा जाँदा लचकता र राष्ट्रिय हितलाई ख्यालमा राखेर कम  विवाद हुने तौरतरिका अवलम्बन गर्न आग्रह गर्नुभयो  । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘रचनात्मक, सहनशील भएर अगाडि बढे मात्रै नेपाल र नेपाली जनताको हित संस्थागत हुन सक्छ ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी