काठमाडौं । अदालतको अपहेलना मुद्धामा प्रधानमन्त्री डा. बाबुराम भट्टराई सर्वोच्च अदालतमा उपस्थित हुनु भएको छ ।
प्रधानमन्त्री भट्टराईले अदालतको मानहानी गर्ने आफ्नो कुनै नियत नरहेको लिखित जवाफ पेश गर्नु भएको छ । लिखित जवाफ पेश गरेर प्रधानमन्त्री केहीबेरमा नै बाहिरिनु भएको थियो ।
सर्वोच्चले संविधानसभाको म्याद नथप्न आदेश दिइसकेको अवस्थामा सरकारले संविधानसभाको म्याद थप्न अन्तरिम संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा पेश गरेर अदालतको अपहेलना गरेको भन्दै सर्वोच्चमा मुद्धा परेको थियो ।
रिटमा सुनुवाई गर्दै सर्वोच्चले स्वयंम ७ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको थियो । संविधानसभा र संसद विघटनसँगै म्याद थप हुन सकेन भने संविधान संशोधन विधेयक पनि फिर्ता लिइसकेको छ ।
No comments:
Post a Comment
Thanx for your comment