काठमाण्डौ । प्रधानमन्त्री डा. वावुराम भट्टराईले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या राज्यमाथीकै आक्रमण भएको बताउनु भएको छ ।
घटनालगतै नर्भिक अस्पताल पुग्नु भएका प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीहरुसँग भन्नुभयो-’यो अन्यन्त्य दुःखद र निन्दनिय घटना हो । यसलाई माननीय न्यायाधीशमाथिको आक्रमण मात्र नभएर सम्पूर्ण राज्यसत्ता माथिको आक्रमणका रुपमा लिएका छौं ।’
प्रधानमन्त्री भट्टराईले घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाही गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । सरकारले सम्पूर्ण सुरक्षा शक्ति प्रयोग गरे न्यायीक, राजनीतिक नेतृत्व लगायतको सुरक्षा व्यवस्था गर्ने भन्दै उहाँले आतंकित नहुन आग्रह गर्नुभयो ।
यसअघि घटना घटे लगत्तै गृहमन्त्री विजयकुमार गच्छदार र गृह सचिवलाई टेलिफोन गरी प्रधानमन्त्री भट्टराईले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीले आगामी दिनमा यस्ताघटना दोहोरिन नदिन पनि सुरक्षा व्यवस्थालाई कडा र सचेत वनाउन निर्देशन दिनुभयो ।
यस्तै गृहमन्त्री गच्छदारले घटना राज्यमाथिको आक्रमण भएको दोषीमाथि कारबाही गर्ने बताउनु भयो ।
No comments:
Post a Comment
Thanx for your comment