Wednesday, May 30, 2012

fullstop



कमलकृष्णको निर्देशनमा बन्दै गरेको फिल्म फुलस्टपको सुटिङ अन्तिम चरणमा पुगेको छ । नगरकोट हुँदै गोरखाको मनकामना लगायत विभिन्न लोकेशनमा पुगी केही दिन अघि काठमाण्डू भित्रिएको यो फिल्मको ९० प्रतिशत सुटिङ सकिएको निर्देशक कमलकृष्णले जानकारी गराए ।

फिल्ममा चपली हाईट गर्ल विनिता बराल लिड रोलमा छिन् । उनको अपोजिटमा सविन श्रेष्ठ छन् । माता मनकमना फिल्मसको ब्यानरमा निर्माण भईरहेको सो फिल्मका लगानीकर्ता मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जित हुन् । यि दुई फिल्ममेकरले फुलस्टप सुरु अघि रेखा थापा र सविनलाई लिएर बर्षात भन्ने फिल्म बनाएका थिए जुन प्रोष्ट प्रोडक्सनमा छ । फिल्म मेकिङ सोचे भन्दा राम्ररी अघि बढिरहेको निर्माता श्रेष्ठको भनाई छ ।

हिजो मंगलबार यो फिल्मको आईटम गितको सुटिङ काठमाण्डूको ठमेल स्थित वियर बारमा गरिएको थियो जहाँ हट एण्ड सेक्सी भनेर परिचित विनिता बरालले सम्पूर्ण शरिर ढाकेर गितमा नाचिरहेकी थिईन् । बियर बार १२ बर्ष अघि खोलिएको भए पनि विगत पाँच बर्ष यता सो बारमा अधिकांश फिल्मको आईटम गित खिचिने गरेको छ । यो पाँच बर्षको अवधिमा दुई दर्जन बढी फिल्म र दर्जनौको संख्यामा म्यूजिक भिडियो सुटिङ भएको सञ्चालक भुपेन कुवँरले बताए ।

आखिर के छ बियर बारमा जसकारण फिल्मकर्मीको आँखा यहाँ परिरहन्छ ? कुवँर भन्छन्, 'बार चलाउनु नै मेरा लागि फाईदा हो तर सुटिङ गर्छु भन्दै आए पछी नाई भन्न सक्दिन अनि दिन्छु ।' पाँच बर्ष अघि बदमास भन्ने फिल्मको आईटम गितबाट सुरु भएको बियर बारको फिल्मी यात्रा फुलस्टप सम्म आईपुगेको छ । जस मध्ये भुवन केसीको सुपर हिट फिल्म म तिमिबिना मरिहाल्छु देखि लिएर पछिल्लो समय चर्चामा रहेको बजार र कवचको आईटम गितको सुटिङ सोही फ्लोरमा भएको हो ।

सुटिङ डिमान्ड बढेपछी सञ्चालक कुवँरले बारको हालको २२ सय स्कवायर फिट एरिया बढाउने तयारी गरेका छन् । सुटिङ गर्न सजिलो होस् र प्रोपर्टी पनि रिच देखियोस् भनेर केही महिना भित्रै सवै काम सक्ने योजनामा रहेको कुवँरको भनाई छ । सो बारमा हरिबहादुर र मदनबहादुरको पनि विभिन्न एपिसोड सुटिङ गरिएको छ । काठमाण्डूमा फिल्म स्टूडियो त छ तर भने जस्तो स्टूडियो र त्यहाँ भित्र आवश्यक लोकेशनको कमीले फिल्मकर्मीले विभिन्न बार र रेष्टुराँ धाईरहनु पर्ने अप्ठायरो स्थिती छ । जसकारण निर्धारित बजेटभन्दा थप रकमबढी निर्माताले आईटम गित खिच्ने समयमा खर्च गरिरहनु परेको छ ।

वियर बार बाहेक दरबारमार्गमा रहेको आईक्लव, ठमेलको आईस बारमा पनि आईटम गितको सुटिङ भईरहन्छ । बियर बारको एउटै लोकेशनलाई हात लाग्यो शुन्य, को हुँ म, मस्ट वान्टेड, जिन्दगानी दर्पणछायाँ लगायतका दुई दर्जन फिल्ममा देख्न सकिन्छ ।







No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी