Tuesday, July 3, 2012

लडाकू समायोजन आजदेखि


काठमाण्डौं । सरकारले माओवादी लडाकू समायोजनको काम आजदेखि सुरु गर्दै छ । सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु गर्न लागेको हो । छनौटका लागि लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा एक समितिसमेत बनाएको छ । संविधानसभा विघटनपछि अन्योलमा परेको छनौट प्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा नेपाली सेनाले टोली पठाएको छ । सातवटै शिविर र भरतपुरस्थित नेपाली सेनाको तालिम केन्द्रमा छनोट कार्य सञ्चालन हुनेछ ।
सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले यस अघिनै विशेष समितिले तोकेको स्थानबाट भर्ना, छनोट प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिएका छन् । सेनाको स्थापित मापदण्ड अनुसार नै छनौटको काम हुने जानकारी दिँदै प्रवक्ता छेत्रीले पहिले ‘वियरिङ’को काम हुने र सेनाको वेभसाईड भएको नियमअनुसारनै वियरिङ परीक्षा अन्तर्गत शारीरिक बनावटको परिक्षण गरिने बताउनुभयो । शिविरमा हाल समायोजन रोजेर बसेका तीन हजार एक सय २३ पूर्व लडाकूहरु रहेका छन् ।
vie onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी