Friday, July 6, 2012

करिश्माको निशानामा सेक्स सिनेमा

नेपाली चलचित्रकी सुन्दर तथा चर्चित नायिका करिश्मा मानन्धर पनि पछिल्लो समयमा बन्दै गएका अश्लिल सिनेमासँग असन्तुष्ट रहेकी छिन् । नायक राजेश हमालले केही समय अघि दिएको एक अन्तर्वार्तामा भनेका थिए -’छाडा सिनेमाले नेपाली चलचित्रलाई बिगारे ।’ नायक हमालको यो अन्तवार्ता आएको केही दिन पछि नायिका मानन्धरले पनि अश्लिल सिनेमासँग आफ्नो असन्तुष्टि पोखेकी छिन् ।

करिश्माले आफ्नो फेसबुकमा नेपाली सिनेमाको वर्तमान स्थितिले आफूलाई दुःख लागेको बताएकी छिन् । उनले यस्ता खाले सिनेमाले नेपाली सिनेमा र कलाकारको हैसियतलाई निक्कै गिराएको विश्लेषण गरेकी छिन् ।
करिश्माले समयले यस्ता खालका सिनेमा र कलाकारको मूल्याँकन गर्ने बताउँदै यस्ता खालका सिनेमा नेपाली सिनेमा हुन नसक्ने लेखेकी छिन् । अश्लिल सिनेमासँग चिढिएकी करिश्माले स्टाटस सँगसँगै चलचित्र एटीएमको एउटा दृश्य पोष्ट गरेकी छिन् ।
अश्लिल सिनेमाको बारेमा बहस तीव्र भैरहेको बेला नेपाली चलचित्रका चर्चित नायक तथा नायिकाले यसवारेमा चासो देखाउनु सकारात्मक कुरा हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी