उहाँले भन्नुभयो – तपाई खेलाडि साथीहरुले राजनीतिक दलहरुलाई टीम
स्पिरिट कायम गर्न एक सन्देश दिनु भएको छ । उहा“ले नेपाली टोलीले राष्ट्रिय
गौरव कायम गरेकोमा बधाई दिनु भयो । उहा“ले देशको सभ्यता र संस्कृतिको
बिकासको मापदण्ड खेलकूद भएको बताउनु भयो । क्रिकेट खेलाडिहरुले नेपाललाई
विश्वमा नया“ ढंगले परिचित गराएर नेपालीहरुको छाती चौडा बनाईदिएको उहाँको
धारणा थियो । खेलाडिहरुलाई एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयका
मुख्य सचिव हितराज पाण्डे (उत्तम)ले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा लिलामणी पोखरेल, हिसिला यमी, शशी श्रेष्ठ लगायतका एकीकृत
नेकपा (माओवादी)का बरिष्ठ नेताहरुको पनि उपस्थिति रहेको थियो । खेलाडिहरुका
तर्फबाट कप्तान पारस खड्काले आफूहरुलाई यसैगरी प्रोत्साहन गरे आफुहरु
विश्वकप फाइनलमा पुग्ने पनि बताउनु भयो । स्वागत कार्यक्रमको अध्यक्षता
माओवादी खेलकूद बिभागका इन्चार्ज टोपबहादुर रायामाझीले गर्नुभएको थियो भने
संचालन प्रवक्ता अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो ।
source: krishnasenonline
No comments:
Post a Comment
Thanx for your comment