काठमाण्डौं । गणतन्त्रवादी नेता
रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । सिकिस्त विरामी भएपछि गत भदौ
१७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनभएका सिंहको आज विहान ६ बजे
निधन भएको उहाँ निकटका सहयोगी कुमार पौडेलले जानकारी दिनुभयो ।
सिंहको निधन लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष
प्रचण्ड शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँको राजकीय सम्मानका साथ अन्तिम
संस्कार हुने भएको । जसका लागी अहिले केहीबेरमा मन्त्रिपरिषद्को बैठक
बस्दैछ ।
रामराजा नेपालको पहिलो राष्ट्रपति पदका
लागि भएको निर्वाचनमा माओवादीका तर्फबाट उमेद्दार बन्नुभएको थियो । नेपालमा
गणतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्नुभएको नेता रामराजाले नेपालमा
गणतन्त्र स्थापनाको माग गर्दै विं सं. २०४२ सालमा नारायणहिटी दरबार अगाडी,
सिंहदरबार परिसर तथा देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुभएको थियो ।
त्यसपछि तत्कालीन पञ्चायती शासकहरुले उहाँलाई मृत्यु दण्डको सजाय सुनाएको
थियो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको समस्याबाट पीडित उहाँ विगत एक बर्षदेखि घरमै औषधि सेवा गरेर बसिरहनुभएको थियो ।
source : onlinekhabar.com
No comments:
Post a Comment
Thanx for your comment