Wednesday, October 10, 2012

कविलासमा अवैध घरेलु मदिरा नष्ट

कविलास । कविलास गाविसस्थित इलाका प्रहरी कार्यालय जुगेडीले बुधबार अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत २२ गते बरामद गरिएको ५७५ लिटर घरेलु मदिरा बुधबार विभिन्न सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको हो ।

गाविसका विभिन्न स्थानबाट अवैध रुपमा बिक्रीका लागि नारायणगढ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय जुगेडीले बरामद गरेको हो । बरामद गरिएको मदिरा यात्रुवाहक सवारीसाधनमा राखेर बिक्रीका लागि लैजानेक्रममा बरामद गरिएको हो ।

खुलेआम रुपमा घरेलु मदिरा बजारतर्फ बिक्रीवितरणका लागि लैजाने गरेको सुराकी पाइएपछि प्रहरीले सो मदिरा बरामद गरेको हो । घरेलु मदिरा बेचविखनमा रोक लगाउन विभिन्न किसिमका सचेतना कार्यक्रम गर्दै आए पनि गरिबीका कारण सर्वसाधारणले मदिरा उत्पादन कार्यलाई निरन्तरता दिँदै आइरहेका छन् ।

सानो लगानी र छोटो समयमा नाफा कमाउने उद्देश्यले कविलासका अधिकांश सर्वसाधारणहरुले मदिरा उत्पादन गरी जीविकोपार्जन गर्दै आइरहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी