Tuesday, October 9, 2012

बिरामी भँैसीको मासुले गाउँमा रेबिजको सन्त्रास

पिप्ले । पूर्वी चितवनको पिप्ले गाविस–७ गड्यौलीमा बिरामी भैँसीको मासु खाएपछि गाउ“मा सन्त्रास फैलिएको छ । गड्यौलीका स्थानीय बलराम चेपाङले बिरामी भएको भैँसीको मासु काटेर गाउँलेहरुलाई खुवाएपछि त्यसले निम्त्याउन सक्ने परिणामलाई लिएर पूरै गाउँमा सन्त्रास फैलिएको हो ।

स्थानीय खेमराज कँडेलको गएको तीन महिनाअघि कुकुरले टोकेर बिरामी अवस्थामा रहेको भैँसी चेपाङले ल्याएर काटेका थिए । मासु खाएको भैँसीलाई टोक्ने कुकुरमा रेबिज भएको सबै गाउ“ले थाहा पाएपछि गाउ“मा झन् त्रास बढ्दै गएको छ ।

१३ हजारमा खरिद गरि १४ हजारमा विक्रि

गएको आइतबार चेपाङले सो भैँसी १३ हजार रुपैयाँमा खरिद गरी काटेर १४ हजार रुपैयाँमा बिलो लगाएर बिक्री गरेका थिए । ‘मलाई त भैँसी पहिला नै बिरामी भएको भन्ने कुनै जानकारी भएनँ’, चेपाङले भन्नुभयो, ‘पछि गाउलेले भनेपछिमात्रै थाहा पाएँ ।’

भैसीले ¥याल चुहाउने र आफैँले आफैलाई टोक्ने लक्षण देखाएपछि सो भैँसी बिक्री गरिएको गाउँलेहरुले बताएका छन् । स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख चन्द्रबहादुर हमालले स्थानीय बासिन्दाहरुले दिएको सूचना र लक्षणका आधारमा भैँसीलाई रेबिज हुन सक्ने बताउनुभयो ।
‘तीन महिनाअघि कुकुरले टोकेको र जुन लक्षण भैँसीले देखाएको थियो भन्ने जुन सूचना छ, त्यो रेबिजको लक्षण हो’, उहा“ले भन्नुभयो ।

जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. विष्णुकुमार श्रेष्ठ पनि भैँसी रेबिजकै कारण बिरामी भएको आशंका गरिएको बताउनुभयो । ¥यालबाट रेबिज सर्ने भएकाले पनि ¥यालको प्रत्यक्ष सम्र्पकमा मासु काट्ने व्यक्ति रहने हुँदा उनीहरुमा बढी खोजिम रहने बताइएको छ ।

एक सयले खाएको आशंका
सो भँैसीको मासु गाउँका झण्डै एक सय जनाले खाएको हुन सक्ने अनुमान गरिएको छ । बिरामी भैँसीको मासु खाएको सूचना आएपछि जिल्ला पशुसेवा कार्यालयको प्रविधिकको टोलीले निगरानी बढाएको प्रमुख डा. विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

भैँसीको मासु खाएपछि उत्पन्न हुन सक्ने खतराका बारेमा बुझ्न सरकारीस्तरको एक टोलीले सो क्षेत्रको अनुगमन गरेको बताइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी