Tuesday, October 9, 2012

केरासँगै पत्रकार

अरुवेला नेताहरु कता छन् तेतै तिर झुम्मीने पत्रकारहरु मंगलबार भरतपुरमा केरा व्यवसायीहरुको गुनासो सुन्न करिव तिन घण्टा एक हलमा बसे

स्वतन्त्र पत्रकार संघ चितवनले आफ्नो मासिक कार्यक्रम अन्तर्गत गरेको केरा खेतीको संभावना र चुनौति विषयक  अन्तक्रिया कार्यक्रममा उनीहरु यसरी बसेका हुन् । मंगलबार भएको कार्यक्रममा चितवन जिल्लाका सञ्चारकर्मीसँगै केरा व्यवसायी सरकारी निकायका कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि किसानहरुले राज्यले केरा किसानहरुको समस्यालाई नजरअन्दाज गरेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै केरा व्यवसायी समिति चितवनका पूर्व सचिव खेमराज दवाडीले केरा कृर्षकहरुलाई सरकारले राहत समेत नदिएको आरोप लगाउनुभयो ।

गत विहीबार राति गएको हावा हुरीका कारण पूर्वी चितवनमा डेढ करोड वरावरको केरा खेति नष्ट भएको थियो । त्यस्तै गत वर्ष पनि भरतपुरको ठिमुरामा असिनाका कारण केरा खेती नष्ट भए पनि सरकारले राहत नदिएको उहाँको आरोप थियो ।

संघलाई सहयोग गर्ने प्रतिवद्धता
राजनीतिक दलको भातृ संस्थाका रुपमा स्थापना भएका संघ संस्थाहरुले सामाजिक आर्थिक र जनजीविकाका कुरा भन्दा राजनीतिक मुद्दा उठाएको आरोप लाग्ने गरेको छ । यही अवस्थामा फरक ढंगले आफ्नो कार्यक्रम घोषणा गरेका संघको सबैले स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाली राजनीतिक मात्र आवाज उठिरहेको अवस्थामा नयाँ काम भएको छ यसलाई हामीले सक्दो सहयोग गर्ने छौँ ।

मासिक अन्तर संवाद गरिने

विस दिन अगाडि संघको स्वतन्त्र पत्रकार संघका शाखा का रुपमा स्थापना भएको संघले हरेक महिना फरक फरक विषयमा अन्तरसंवाद गर्ने भएको छ । संघका जिल्ला अध्यक्ष शुर्यप्रकाश कँडेलका अनुसार आर्थिक सामाजिक सांस्कृतीक लगायतका विषमा कार्यक्रम गरिने छ ।
राजनीतिक नेताका पत्रकार सम्मेलनमात्र गर्ने आरोप आइरहेका वेला पत्रकारहरुले नै सामाजिक विषयमा मुद्दा उठान गर्ने गरि सञ्चालन गर्न लागेको चितवनमा यो नै पहिलो कार्यक्रम हो ।

दशै भत्ता दे

स्वतन्त्र पत्रकार संघ चितवनले चितवनका संचार संस्थामा कार्यरत कर्मचारी तथा श्रमजीवी पत्रकारहरुलाई दशैँ विदाका साथ देशैँ भत्ता दिन माग गरेको छ । संघको पहिलो बैठकले यस्तो माग गरेकोे हो ।

ऐन मा उल्लेख भए वमोजिम पत्रकारहरुलाई दशैँ भत्ता दिन माग गरिएको हो । त्यस्तै न्यूनतम पारिश्रमीक निर्धारण समितिले दिएको प्रतिवेदनको आधारमा समेत पारिश्रमीक दिन संघले माग गरेको छ । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी