Tuesday, October 9, 2012

कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर

मंगलबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा यस्तो देखियो जहाँ कार्यक्रम एउटा थियो तर सहभागिहरु भने अर्काे विषयमा बोलिरहेका थिए ।


मेघौली पर्यटन विकास समितिले आयोजना गरेको ‘चितवनको विकास का लागि मेघौली विमानस्थलको उपयोग र संरक्षण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले विमानस्थलको विकास र संरक्षण भन्दा पनि सर्वाच्च अदालतले बाहिर निकाल्न आदेश दिएको टाइगर टप्स लाई भित्र संचालन गर्न दिनुपर्ने भनिरएका थिए । अधिकाशं लजका कर्मचारीलाई लिएर गरिएको कार्यक्रममा सहभागिले मेघौलीमा रहेको टाइगर टप्सले मेघौलीको विकासमा योगदान पु¥याएको चर्चा गर्दै होटललाई वाहिर निकाल्ने निर्णयको पुनरावलोकन गर्न माग गरेका थिए ।

६१ सालको कार्यपत्र

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र हेर्दा समेत कार्यक्रम कुन हो भन्नेमा सहभागिहरु नै अन्यौलमा परे जस्तो देखिन्थ्यो । २०६१ सालमा तयार पारिएको ‘टाइगर टप्स जंगल लज प्रालीको एक परिचय नामको कार्यपत्र सहभागीलाई वितरण गरिएको थियो जहाँ लजको बारेमा राम्रा कुरालाई उजागर गरिएको थियो ।

राजसंस्था कायम रहँदा तयार पारिएको कार्यपत्रमा महाराजा भन्दै संवोधन गरिएको थियो । केही परिवर्तन मात्र गरेर दिइएको कार्यपत्रले सहभागिलाई अन्यौलमा मात्र पारेको थिएन् उनीहरुलाई कार्यक्रम नै के हो भन्ने नै जानकारी नदिएको बुझ्न गाह्रो थिएन् । कार्यक्रमको विषय मेघौली विमानस्थल गौण रुपमा मात्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एक सहभागि स्थानीय हरि भण्डारीले उठेरै आयोजकलाई प्रतिप्रश्न गर्न भ्याउनुभयो । ‘कार्यक्रम के हो ?, खाली टाइगर टप्सको बारेमा मात्र वोलीएको छ’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘मेघौलीमा पर्यटकको संख्या टाइगर टप्स हटाएर मात्र घटेको होइन् ।’ मेघौलीको विकासका लागि विमानस्थल संरक्षण गर्न जोड दिनु पर्ने उहाँको भनाई थियो ।

विमान भाडा तिन हजार बढि

‘के कसैल सोचेको छ यहाँ पर्यटक किन घटे?’, उहाँले प्रश्न गर्नुभयो । विमानमा काठमाडौंबाट भरतपुरमा भन्दा मेघौलीमा जान तीन हजार रुपैयाँको फरक रहेको उहाँले बताउनुभयो । ‘काठमाडौंबाट भरतपुरमा विदेशी ६० डलरमा आउँछन जहाँकी मेघौली विमानस्थलमा आर्लन १०५ डलर तिर्नुपर्छ’, ट्राभल कम्पनीमा काम गर्ने भण्डारीले भन्नुभयो, ‘नेपाली यात्री भरतपुरमा १९००मा आँउछन् भने मेघौलीका लागि ३१ तिर्नुपर्छ ।’

विमान भाडा, र सुविधा दिने हो भने पर्यटकमा कमी नआउने उहाँको दावि थियो । बनाएका संरचना भत्काउने पक्षमा आँफू नभए पनि जुन लजको संरक्षण गर्न खोजिएको त्यसको विपक्षमा रहेको उहाँले बताउनुभयो । बाहिर बस्ने पर्यटक एक हजार तिर्दा १२ घण्टा निकुन्जमा घुम्न पाउँछन् तीनै पर्यटकले भित्र गएर एक हजार तिर २४ घण्टा घुम्न पाउने गरेको उहाँको भनाई थियो ।

इतिहास नै थाहा रहेन छ आयोजकलाई

विमानस्थलको इतिहासका बारेमा पत्रकारहरुले बुझ्न खोज्दा कार्यक्रमका सञ्चालक विश्व सुवेदीले यसबारेमा कुनै इतिहासको जानकारी नै नभएको जानकारी दिए । करिव साढे २१ विगाहा क्षेत्रफलमा फैलिएको विमानस्थल २०१६ साल तिर स्थापना भएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी वन्धुप्रसाद वास्तोला सहित विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले बोलेका थिए । कार्यक्रमका समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको थियो

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी