Saturday, November 17, 2012

हाजिर जवाफ खेल्दै केश फूलेका वृद्धवृद्धा

भरतपुर । हाजिरिजवाफ भन्ने वित्तिकै सबैले स्कुले वा क्याम्पसका विद्यार्थीहरुको प्रतियोगिता सम्झिने गर्छन् तर अब यो विद्यार्थीहरुको मात्र प्रतियोगिता रहेन् । शनिबार भरतपुरमा कमाल सेताम्मै भएका वृद्धहरुसमेत हाजिरीजवाफमा सोधिएका सवालहरुको जवाफ दिँदै थिए ।

विश्व मधुमेह दिवसको अवसरमा मधुमेह समाज चितवन, मधुमेह सस्वयमसेवक समाज चितवन र भरतपुर सामुदायीक अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हाजिरजवाफमा सोधिएका प्रश्नहरुको जवाफ दिएर अंक बटुल्ने होडमा देखिन्थे । मधुमेह भएका व्यक्तिहरु वीच आठ समूह विभाजन गरेर प्रतियोगिता गरिएको थियो ।

सन २००९ देखि २०१३ सम्मलाई मधुमेह शिक्षा तथा रोकथाम वर्षको रुपमा अन्तराष्ट्रिय रुपमा मनाइदै आएकोमा सन २००९ देखि २०१३ सम्मलाई मधुमेह शिक्षा तथा रोकथाम वर्षको रुपमा अन्तराष्ट्रिय रुपमा मनाइदै आएकोमा यस वर्ष दिवसलाई मधुमेह शिक्षाको रुपमा मनाईएको हो । हरेक वर्ष १४ नोभेम्वरका दिन मनाइने विश्व मधुमेह दिवसको यस वर्षको नारा ‘मधुमेही ः आफ्नो भविष्य जोगाउ’ राखिएको छ ।

मधुमेहीहरुबाट मधुमेहको बारेमा शन्देस फैलाउनका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको आयोकले बताएका छन् । ‘हामीले मधुमेहीहरुलाई सेवा दिँदा जे कुरा बताएका थियौँ, त्यलाई उहाँहरुले कसरी लिनुभएको छ भन्ने उहाँहरुबाटै दिनका लागि प्रतियोगिता गरेका हाँै’, कार्यक्रमका संयोजक तथा फिजियसियन डा. भोजराज अधिकारीले भन्नुभयो ।

मधुमेहका कारण असर पुग्ने अंगहरुको नाममा विभाजित आठ समूहलाई विभिन्न तिन चरणमा प्रश्न सोधिएको थियो । तिन चरणमा सबै भन्दा बढि अंक जोडेर मुटु समूहले प्रथम स्थान हासिल गरेको छ ।

दिलमाया घले, रामचन्द्र आचार्य, विष्णु प्रसाद अधिकारी, नेत्रकुमारी अधिकारी सम्मिलित टोलीले आठ अंक बटुलेको थियो । टोलीको नेतृत्व दिलमाया घलेले गर्नुभएको थियो ।

त्यस्तै नरहरी सापकोटा, शोमनाथ अर्याल, बासुदेव सापकोटा, चन्द्रबहादुर रानाभाट सम्मिलित नशा समूहले सात अंक बटुलेर दोस्रो तथा पार्वती अधिकारी, इन्दु राई, दिलकुमार सिंखडा, टेकराज पन्त सम्मिलित प्याक्रियाज समूह छ अंक बटुल्दै तेस्रो भयो भने शिरप्रसाद ढकाल, दुर्गा श्रीस, रमेशराज विष्ट, बिरबहादुर दाहालको मृगौला समूह पाँच अंकका साथ सान्तवना हुन सफल रह्यो । सहभागिहरुलाई मधुमेहसँग सम्वन्धित प्रश्न सोधिएको थियो ।

प्रतियोगितामा प्रथम हुने समूका टोलीले चिकित्सकको सल्लाह बमोजिम छ महिनालाई हुने गरि मधुमेहको औषधी निशूल्क पाउने छन् । त्यस्तै दोस्राले तिन महिना तेस्रोले एक महिना र सान्तवना हुने समूहका सदस्यले १५ दिनको लागि औषधी निशूल्क पाउने कार्यक्रमका संयोजक डा. अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले यो कार्यक्रमले स्वास्थ्यका क्षेत्रमा काठमाडौंलाई समेत चितवनले मार्गनिर्देश गरेको बताउनुभयो । कार्यक्रममा मधुमेह समाजका सचिव केशव देवकोटा, स्वयमसेवक समाजका अध्यक्ष महेन्द्र सिग्देल, भरतपुर सामुदायीक अस्पतालका अध्यक्ष रिडयोलोष्टि डा. केशव पौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा चितवनमा करिव सात प्रतिसतको जनसंख्यामा मधुमेही रहेको जानकारी गराइएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी