Monday, October 8, 2012

‘एनआरएन जलविद्युत्मा लगानी गर्न तयार’

 पिठुवा । गैरआवासीय नेपाली संघ ‘एनआरएन’का अध्यक्ष जीवा लामिछानेले नेपाललाई आत्मनिर्भर बनाउन जलविद्युत्को क्षेत्रमा सामूहिक लगानी गर्ने बताउनुभएको छ ।

सोमबार पूर्वी चितवनको विन्देश्वरी निमावि पिठुवामा रहेको विन्देश्वरी गामबेसीको चेपाङ घर छात्रवासको भवन शिलान्यास समारोहमा अध्यक्ष लामिछानेले सो कुरा बताउनु भएको हो ।

देश विकासको मेरुदण्ड जलविद्युत् भएको भन्दै अध्यक्ष लामिछानेले यसको विकास गर्न देशमा प्रचूर सम्भावना रहेको बताउनुभयो । अध्यक्ष लामिछानेले संयुक्त लगानीमा एक सय मेघावाटसम्मको हाइड्रोपावर निर्माण गर्न सरकारसँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

उहा“ले हाइड्रोपावर निर्माणको काम अब केही दिनमा सुरू हुने जानकारीसमेत दिनुभयो । विदेशमा रहे पनि राष्ट्रप्रतिको कर्तव्य नबिर्सिएको उल्लेख गर्दै उहा“ले देशलाई समृद्ध र आत्मनिर्भर बनाउन आफूहरु तयार रहेको बताउनुभयो ।

‘नेपालको अहिलेको प्रमुख समस्या भनेको लोडसेडिङ हो’, उहा“ले भन्नुभयो, ‘विद्युत्विना कुनैपनि कलकारखाना, उद्योगलगायत हरेक विकास असम्भव रहेकोले त्यसको विकासको लागि जलविद्युत्मा लगानी गर्न लागेको स्पष्ट पार्नु भयो । देश विकासको हरेक क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरु उत्सुक रहेको बताउँदै अध्यक्ष लामिछानेले सरकारले लगानीमैत्री वातावरण तयार गरिदिनु पर्ने बताउनुभयो ।
 
चेपाङ बालबालिकालाई सहयोग गर्न इच्छुक

नेपालको ७६ औं सुगम जिल्ला भनेर चिनिने चितवनका पहाडी गाविसका कयौं चेपाङ बालबालिकाहरु शिक्षाको ज्योतिबाट वञ्चित रहेकाले उनीहरुलाई शिक्षामा पह“ुच पु¥याउने काममा एनआरएन लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

सो कार्यक्रममा अध्यक्ष लामिछानेले छात्रवास निर्माणको लागि १० लाख रुपैयाँ सहयोगको घोषणा गरी चेक हस्तारन्तरण गर्नुभएको थियो । उहा“ले तीन कोठे चेपाङ छात्रवासको समेत शिलान्यास गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पौडेलले चेपाङ बालबालिकाहरुलाई विद्यालयको पहु“चमा पु¥याउने कार्यक्रममा राज्यले लगानी गर्न नसकेको भन्दै गैरसरकारी संस्थाले त्यसमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा गामबेसीको चेपाङ घरका संरक्षक केपीकिरण शर्मा, सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेल, विन्देश्वरी निमाविका प्रधानाध्यापक भीमप्रसाद खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रम गामबेसीको चेपाङ घर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सिप्रदियन संस्थाले छात्रवासमा रहेका २५ जना विद्यार्थीलाई दसँैको लागि एक÷एक जोर कपडा प्रदानसमेत गरेको सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबीच गैरआवासीय नेपाली संघ ‘एआरएन’ले पूर्वी चितवनको चैनपुरमा रहेको चेपाङहरु अध्ययनरत अन्तोदय जनजाति आवासीय विद्यालयलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयमा सोमबार आयोजित रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष लामिछानेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलवहादुर वोगटीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

अक्षयकोषका लागि सहयोग

त्यस्तै सोही विद्यालयमा स्थापना गरिएको अन्तोदय जनजाति आवासीय विद्यालय सहयोगार्थ अक्षयकोषका लागि एनआरएनकै तर्फबाट ५० हजार सहयोग गर्नुका साथै विद्यालयमा अध्ययनरत ज्ञानु चेपाङलाई स्टाफ नर्स पढ्नका लागि वार्षिक २५ हजार सहयोग गर्ने पनि घोषणा गरिएको छ ।

सोही अवसरमा स्थानीय राजकुमार श्रेष्ठले पनि स्वर्गीय आमा तिलकुमारी प्रधानको स्मृतिमा विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । कार्यक्रममा पूर्वसांसद सावित्री वोगटी, शिक्षक लालबहादुर क्षेत्री, एनआरएन जापानका अध्यक्ष ओम गुरुङलगायतले बोल्नुभएको थियो ।

स्वर्गीय किशोरचन्द्र ढुङ्गानाले स्थापना गर्नुभएको सो विद्यालयमा अहिले एक देखि आठ कक्षासम्म पढाइ हुने गरेको छ । सोही विद्यालयमा अध्ययन गरेका मध्ये ५९ जना चेपाङ विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी