Wednesday, October 10, 2012

चाडपर्व नजिकिँदै ः यातायातमा मनपरी भाडा
विधुर ढकाल
नारायणगढ । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातका साधनहरुले मनपरी भाडा उठाउने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यातायातका साधनमा भाडादरको लिष्टसमेत नभएको अवस्थामा यात्रुहरुलाई सावारीसाधनका कर्मचारीहरुले मनलाग्दी भाडा असुल्ने गरेको उनीहरुले गुनासो गरेका हुन् ।

सवारीका साधनैपिच्छिे फरकफरक भाडा लिने गरेकोसमेत सर्वसाधारणले बताएका छन् । आफू पोखरा जाँदा र फर्कदासमेत उही किसिमको बसमा फरकफरक भाडा तिरेको भरतपुरका रामचन्द्र बास्तोलाले बताउनुभयो ।


‘म पोखरा २५० रुपैयाँमा गएर फर्कदा उस्तै बसमा ३०० रुपैयाँ माग्यो’, उहाँले भन्नुभयो । गाडीका कर्मचारीहरु मानिस हेरेर भाडा लिने गरेको उहाँको आरोप छ । ‘आफूलाई जहाँ सजिलो हुन्छ त्यहीँबाट चढ्ने हो नि, बीचबाट चढ्यो भन्दैमा मनपरी भाडा लिन मिल्छ र ?’,उहाँले प्रश्न गर्नुभयो ।


गाडीमा बोल्न सक्नेलाई सस्तो र नसक्नेलाई बढी लिने गरेको गुनासो अर्की एक यात्रु गँैडाकोटकी सम्झना तिमिल्सिनाले गर्नुभयो । ‘काठमाडांैबाट आउँदा मलाई चार सय रुपैयाँ लियो मेरो आडैमा बसेकोलाई तीन सयमात्र लियो’, उहाँले भन्नुभयो, ‘यस्तो पनि हुन्छ कहीँ ?’

सरकारले तोकेकै लिएका छाँै

यता, यातायात व्यवसायीहरु भने बढी भाडा लिएको कुरा स्वीकार्दैनन् । उनीहरुले सरकारले नै तोकिएको दरअनुसार भाडा लिने गरेको बताउँछन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले त्यस्तो नभएको बताउनुभयो ।
‘त्यस्तो भएको छैन, सरकारले निर्धारण गरेको भाडादरअनुरुप नै हामीले लिएका छौँ’, उहाँले भन्नुभयो । काउन्टरबाट त्यस्तो नभएको उहाँको दावी थियो । ‘अहिलेसम्म त्यस्तो भएको छैन, हामीलाई टिकटसहित उजुरी गरे कारबाही गर्छांै’, सुवेदीले भन्नुभयो ।

प्रशासनले अनुगमन गरेन

यता, जिल्ला प्रशासन कार्यालयले भने यसबारेमा कुनै अनुगमन गरेको देखिँदैन । जिल्ला प्रशासन कार्यालय मातहत बनेको बजार अनुगमन संयन्त्रका संयोजक शिवराम गेलालले अहिलेसम्म त्यस्तो गुनासो नआएको बताउनुभयो ।
‘अहिलेसम्म त्यस्तो गुनासो आएको छैन, हामीले प्रहरी र ट्राफिकलाई यस्तो भए कारबाही गर्न भनेका छौँ’, सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका  गेलालले भन्नुभयो । उजुरी नपरेका कारण काउन्टरमा गएर चेक नगरेको उहाँको भनाइ छ । ‘तपाईहरुसँग त्यस्तो गुनासो आएको होला हामीलाई छैन, आए कारबाही गर्छांै’, चितवन पोष्टलाई उहाँले भन्नुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी