Wednesday, October 10, 2012

भरतपुर कारागार बन्दीलाई सीप सिकाउँदै

भरतपुर । चितवन जिल्ला कारागारले बन्दीहरुलाई सीपमूलक कार्यक्रममा जोड दिएको छ । कारागारमा सजाय भोगिसकेर घर फर्किदा समाजले नराम्रो दृष्टिकोणले नहेरोस् तथा स्वरोजगार बन्न सकुन् भन्ने उद्देश्यका साथ उनीहरुलाई सीपमूलक कार्यमा व्यस्त बनाइएको कार्यालयले जनाएको छ ।

कारागारमा रहेका बन्दीहरुले दैनिक दुई सय पचासभन्दा बढी बाँसका मुढा बुन्ने गरेका छन् । बलिया तथा आकर्षक हुने हँुदा ती मुढाहरुले स्थानीय बजारदेखि काठमाडांैसम्मको बजार राम्रै पाएका छन् । कारागारमा ढाका टोपी, साडीमा कडाइ गर्ने, सिलाइजस्ता कार्यमा कैदीहरु दैनिक व्यस्त रहने गर्छन् ।

चार सय १५ कैदि तथा थुनुवा


कारागारमा हाल ४१५ जना कैदी तथा थुनुवा रहेका छन् । तीमध्ये गैँडाको खाग चोरीतस्करी, कर्तव्य ज्यान मुद्दाका कैदीहरु बढी छन् । बेरोजगारीकै कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको शाखा अधिकृत कमलप्रसाद काफ्लेले बताउनुभयो ।

बेलुकाको समयमा दैनिक भलिबल, ब्याडमिन्टनजस्ता खेलहरुमा उनीहरु रमाउने गर्छन् । जेलजीवनपश्चात् गाउँघर फर्किदा उनीहरु सामाजिक कार्यमा खटिने सोचमा पुगेको बताउँछन् । कारागारभित्रकै चौकीदार राजेन्द्र चौधरी कारगारको विस्तारित संरचनाका कारण जेलजीवन पनि सीपमूलक तालिम सिक्ने अवसरमा रुपान्तरित भएको बताउँछन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी