Thursday, October 4, 2012

विपन्न वर्गलाई उपचार गर्न अक्षयकोष स्थापना

भरतपुर । नेपालमा चितवनमा स्थायी घर भई बेल्जियममा बस्दै आएका व्यक्तिहरुले स्थापना गरेको चितवन सहायता कोÈ (क्याट), बेल्जियमले आर्थिक अभावका कारण ज्यान गुमाउनु पर्ने अवस्थामा रहेकाहरुको सहयोगका लागि अक्षयकोषको स्थापना गर्नेभएको छ ।
आर्थिक अभावका कारण जीवन र मृत्युको दोसा“धमा रहेका असहाय तथा दीन दुःखीहरुलाई दीर्घकालीन रुपमा सेवा र सहयोग गर्ने उद्देश्यका साथमा अक्षयकोषको स्थापना गर्न लागिएको क्याटका संस्थापक अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अक्षयकोषमा चितवन सहायता कोÈ, बेल्जियमले गरेको विभिन्न कार्यक्रम संकलन भएको १६ लाख रुपैया“ र सहयोग अभियानलाई सघाउ पु¥याउनका लागि विभिन्न व्यक्तिबाट प्राप्त भएको पाँच लाख रुपैया“ गरी प्रारम्भमा २१ लाख रुपैया“को अक्षयकोषबाट सेवा सुरू गरिने छ ।
आगामी अक्टोबर १७ तारिख अर्थात् आगामी कात्तिक १ गतेका दिन एक बृहत् कार्यक्रमका बीच अÔयकोÈ स्थापनाको घोषणा गरिने सापकोटाले जानकारी दिनुभयो ।
यसअघि पनि क्याटले थालेसेमिया रोगका बिरामीहरुलाई रक्तसञ्चार केन्द्र भरतपुरबाट रगत लिँदा आर्थिक सहयोग गर्दै आएको थियो भने विभिन्न किसिमका असहाय तथा गरिब बिरामीहरुलाई निःशुल्क रुपमा औषधि वितरण र उपचारमा समेत सहयोग गर्दै आएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी