Thursday, October 4, 2012

महिलाहरु मदिरा निषेधित क्षेत्र घोषणाको तयारीमा

गैँडाकोट । गाउँघरमा अवध रुपमा उत्पादन भइरहेको घरेलु मदिराले सामाजिक विकृति भित्रिएकोे भन्दै गँैडाकोट–८ स्थित विजयनगर वरपरका महिलाहरुले स्थानीय स्तरमा उत्पादन हुने घरेलु मदिरा जफत गर्ने कार्यमा जुटेका छन् भने बेचविखनमा पनि कडाइ गरेका छन् । स्थानीय महिला अगुवा लीला थापा मगरले छोटो समयमै ठूलो सफलता मिलेको भन्दै केही दिनभित्रै आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने बताउनुभयो ।
मदिरा बेच्न इजाजतपत्रको आवश्यकता पर्ने भन्दै थापाले इजाजत नलिएकाहरुलाई कुनै पनि मदिरा बेच्न नदिने दावी गर्नुभयो । स्थानीय विभिन्न समूहमा आवद्ध महिलाहरुले घरेलु मदिरा उत्पादन गर्नेहरुका घरमै पुगेर उनीहरुलाई यस्तो गैरकानुनी कार्यमा नगाल्न सम्झाउने समेत गरेका छन् ।
मदिरा र जुवा तासका कारण महिलाहरु पीडित बनेको भन्दै स्थानीय कौशिला पराजुलीले सबैजना एकजुट भएपछि आफूहरुको अभियान सफल बन्ने दावी गर्नुभयो । महिलाहरुको अभियानलाई स्थानीय पुरूषहरुले पनि सहयोग गरिरहेको पराजुलीले बताउनुभयो ।
समाजसेवी तिलक पराजुलीले मदिरा उत्पादन गर्नेहरुलाई विकल्प खोज्नका लागि पनि छलफल चलाउने जानकारी दिनुभयो । त्यस्तै स्थानीय शशीधर न्यौपनेले पनि महिलाहरुको अभियानमा सहकार्य गर्ने बताउनुभयो ।
गँैडाकोटलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोटले आफ्नो कार्यक्रम अगाडि बढाएको छ । गैँडाकोटका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले सकारात्मक समाज निर्माणका लागि प्रहरी प्रशासनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
गैँडाकोट प्रहरीले विभिन्न स्थानबाट दैनिकजसो घरेलु मदिरा जफत गर्ने गरेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी