Thursday, October 4, 2012

दुई माओवादीबीच कुटाकुट

गर्दी । एनेकपा माओवादी र नेकपा माओवादीबीच बिहीबार माडीको गर्दी गाविस–६ मा आपसमा कुटपिट भएको छ । दुबै माओवादीका नेता कार्यकर्ताबीच उत्पादित धानको विषयलाई लिएर कुटपिट भएको हो । कुटपिटमा परी नेकपा माओवादी क्षेत्र न ५ का इन्चार्ज विश्वनाथ थारु महेशको हातमा चोट लागेको छ ।
स्थानीय सोमबहादुर महतोले विगत ३० वर्षदेखि कमाउँदै आएको ऐलानी जग्गामा उत्पादित धान जग्गाधनी भन्दै विश्वमित्र कहाँ धान लगिएपछि नेकपा माओवादीले सोमबहादुरले नै सो धान पाउनुपर्ने बताएका थिए । अर्कोतर्फ एनेकपा माओवादीले जग्गामा उत्पादित धान विश्वमित्रको हुनुपर्ने बताएपछि दुबै पक्षबीच तनाव बढ्दै कुटपिटसम्मको घटना हुन पुगको हो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी