Friday, January 18, 2013

THIRD SOUTH ASIAN MEETING ON THE INTERNET & FREEDOM OF EXPRESSION


DHAKA, BANGLADESH
JANUARY 14-15, 2013
Statement of Solidarity on Freedom of Expression and Safety of Internet Users
Bangladeshi blogger Asif Mohiuddin was brutally attacked in a stabbing last evening. His
condition is currently said to be critical. Violent attacks on mediapersons have led to at least four
deaths in the past year alone, and this trend is now extending to those writing online.
It is the duty of societies at large to ensure that principles we universally consider sacrosanct,
such as the right to life and liberty and of freedom of expression are not treated as mere ideas. It is
the duty of a government to actively protect the rights guaranteed under the constitution and to
ensure they are not just words on paper, and ensure rule of law.
Article 39 of the Constitution of Bangladesh—and Article 19 of the Universal Declaration of
Human Rights—guarantee both the freedom of thought and conscience, as well as the right of
every citizen of freedom of speech and expression, and freedom of the press.
Article 32 of the Constitution of Bangladesh—and Article 3 of the Universal Declaration of
Human Rights—guarantee that no person shall be deprived of life or personal liberty except by law.
The attack on Asif Mohiuddin is an offence which undermines these fundamental principles.
We request the government of Bangladesh to act swiftly and decisively to demonstrate intolerance
towards such offences and impose rigorous penalties to act as a strong deterrent against such
instances in the future.
Reporters Without Borders note that “the ability of those in the media to work freely has
deteriorated alarmingly in Bangladesh, which is now ranked 129th of 179 countries in the 2011-2012
World Press Freedom Index”.
In general, the situation of those working as non-professional 'citizen journalists' is even
worse. In a 2010 report, the UN Special Rapporteur notes:
“Citizen journalists are by nature more isolated, they are more vulnerable to attack than
professional journalists. However, citizen journalists enjoy less protection than their counterparts in
traditional media, as they do not have the support of media organizations and networks, in particular
the organizational resources, including lawyers and financial resources, which can help shield them
from harassment.”
This reality of greater vulnerability is equally applicable to those who do not self-identify as
'citizen journalists', but use social media to express unpopular opinions.
Keeping this

महोत्सवमा करिब नौँ लाखको पुस्तक बिक्री, धेरैको रोजाइ सेतो धरती

विधुर ढकाल
नारायणगढ । नारायणी नदी किनारमा सम्पन्न भएको चितवन महोत्सव तथा मध्यमाञ्चल औद्योगिक एवम् व्यापार मेलामा करिब नौँ लाख रुपैयाँभन्दा बढीको पुस्तक बिक्री भएको छ ।

महोत्सवमा २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको अमर न्यौपानेको सेतो धरती सबैभन्दा बढी ३०० प्रति बिक्री भएको छ । सो पुस्तक महोत्सवमा रहेको मास्के पुस्तक भण्डारबाटमात्र २०० प्रति बिक्री भएको मास्के पुस्तक भण्डारका लेखराम सापकोटाले जानकारी दिनुभयो ।


मास्के पुस्तक भण्डारबाट करिब डेढ लाख बराबरको अन्य पुस्तकहरु बिक्री भएको उहाँले बताउनुभयो । महोत्सवमा जगदिश घिमिरेको अन्तर्मनको यात्रा र सकस, झमककुमारी घिमिरेको जीवन काँडाकी फूल, शारदा शर्माको ताप, शरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्र सूर्य, बुद्धिसागरको कर्णाली ब्लुज, पूण्य प्रसाईंको आइमाई मान्छेलगायतका पुस्तक बढी बिक्री भएको महोत्सवमा राखिएका स्टलहरुले जनाएका छन् ।

महोत्सवको अन्तिम दिन युवा पुस्ताका उपन्यासकार सुवीन भट्टराईलाई महोत्सवमा मास्के पुस्तक भण्डारले ल्याई पाठकसँग प्रत्यक्ष उहाँको नयाँ उपन्यास समर लवका बारेमा जानकारी गराएको थियो ।

यसका अलावा महोत्सवमा विदेशी लेखकहरुमा चेतन भगत र पावलो कोहेलोका पुस्तक तथा बाराक ओवामाको ‘चेञ्ज वी क्यान विलिभ इन्’ तथा शिव खेडाको ‘यू क्यान वीन’लगायतका पुस्तक बिक्री भएका छन् । बालबालिका पुस्तकसमेत महोत्सवमा बिक्री भएका छन् ।

महोत्सवमा हरेक प्रकारका पाठकहरुले किताब किनेको डिकुरा प्रकाशन काठमाडौंका व्यवस्थापक यम प्रसाईंले जानकारी दिनुभयो । विद्वत वर्गले बढी पुस्तक किनेको प्रसाईंको भनाइ छ । विद्यार्थीहरुको समेत पुस्तकमा रुचि बढेको उहाँले बताउनुभयो ।

विद्यार्थीहरुले बढी अंग्रेजी साहित्यका पुस्तक तथा सफल व्यक्तिका जीवनस्का पुस्तक किनेको उहाँले जानकारी दिुनभयो । महोत्सव अवधिमा सबैभन्दा बढी कारोवार डिकुरा प्रकाशनले गरेको छ । स्टलबाट करिब साढे चार लाख बराबरको कारोवार गरेको व्यवस्थापक प्रसाईँले चितवन पोष्टलाई जानकारी दिनुभयो ।

त्यस्तै साझा प्रकाशनले पनि महोत्सव अवधिभर दुई लाख रुपैयाँभन्दा बढीको कारोवार गरेको छ । साझा प्रकाशनले प्रकाशन गरेको बीपीका उपन्यासहरुको साझा संग्रह बढी बिक्री भएको वरिष्ठ सहायक कृष्ण पाण्डेले जानकारी दिनुभयो । त्यसपछि गौरव प्रसाईंको मेरा जीवनका कथाहरु बिक्री भएको उहाँले बताउनुभयो ।

महोत्सवमा झरी प्रकाशनको थोते जर्नेल पनि बिक्री भएको पुस्तक हो । यो प्रकाशनले करिब पचास हजार रुपैयाँभन्दा बढीको कारोवार गरेको जनाएको छ । यता, महोत्सवमा पचास हजार रुपैयाँभन्दा बढीका धार्मिक पुस्तकहरुसमेत बिक्री भएका छन् ।

महोत्सवमा रहेको धार्मिक पुस्तक भण्डारका नारायण काफ्लेका अनुसार युवायुवतीहरुले समेत धार्मिक पुस्तक किनेका छन् । सानो गीता, हनुमान चालिसा तथा मन्त्रसम्बन्धी पुस्तक महोत्सवमा बिक्री भएको उहाँले बताउनुभयो ।

महोत्सवमा श्रीस्वस्थानी ब्रतकथाको पुस्तक पनि बढी नै बिक्री भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै युवतीहरुले ब्रतसम्बन्धी पुस्तक किनेको काफ्लेले बताउनुभयो । 

Sunday, January 13, 2013

अपहरणमा संलग्न छसहित २२ आरोपी सार्वजनिक

विधुर ढकाल
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले अपहरणमा संलग्न छसहित २२ आरोपीहरुलाई आइतबार सार्वजनिक गरेको छ । कार्यालयले गत २७ गते शनिबार गैँडाकोटका दामोदर तिवारीको अपहरणमा संलग्न भएको आरोपमा छ जनासँगै अन्य चोरीको आरोप लागेका १६ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत शनिबार गैँडाकोट निवासी नारायणगढको शहिदचोकमा मेडिक्यान नेपाल सप्लायर्सका सञ्चालक तिवारीलाई अपहरण गरेको आरोपमा चितवन जिल्ला बाहिरका ६ आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले आइतबार इलाम पशुपतिनगरका २८ वर्षीय छोगेल दोलम, इलाम १ सिद्धिका २६ वर्षीय दोर्जे तामाङ, मकवानपुर हेटौँडाका ३० वर्षीय वीरबहादुर बोम्जन, २५ वर्षीय विक्रमसिंह गुरुङ, र काठमाडौँ नैकापका २४ वर्षीय सुवित अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले तिवारीलाई शनिबार बिहान पौने ११ बजे सहिदचोकबाट कार पार्किङ गर्दैगर्दा कारसहित अपहरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् नायव प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । सबै आरोपीलाई प्रहरीले भरतपुर गोन्द्राङबाट उनीहरुले प्रयोग गरेको तीनवटा मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

तिवारीलाई सहिदचोकबाट अपहरण गरी मोटरसाइकलमा राखी लैजाँदै गर्दा उनी भरतपुर चोबीसकोठीमा मोटरसाइकलबाट फाल हानेर बच्न सफल भएका थिए । उनलाई प्रहरीले चोबीसकोठीबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो ।

प्रहरीले उनीहरुबाट तिवारीको लुटिएको बा। ७ च ८४११ नं। को कार आरोपीले प्रयोग गरेको बा। ५४ प ३२०९ नं। एफजेडएस, बा। ४२ प २९०१ र बा। ३७ प २६४३ नं।को पल्सर मोटरसाइकललाई प्रहरीले बरामद गरेको छ । तिवारीलाई सहिदचोकबाट सुवित अधिकारीले मोटरसाइकलमा हालेर अपहरणको प्रयास गरेका थिए भने उनको कारलाई आरोपीहरुले नै चलाएर लगेको तिवारीले बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा दुई वर्ष अगाडि चोरी गरेको लु। ७ प ७२५० नं।को डिस्कोभर मोटरसाइकलसहित पटिहानी चितवनका २५ वर्षीय शंकर भण्डारीलाई पनि सार्वजनिक गरेको छ । गत २०६७ साल मंसिर २० गते रत्ननगरबाट झापा दमकका नरेन्द्रकुमार दाहालको चोरी भएको मोटरसाइकललाई प्रहरीले यही पुस २५ गते भण्डारीसँगै नियन्त्रणमा लिएको थियो । प्रहरीले बेवारिसे अवस्थामा नम्बर नखुलेको कालो पल्सर बरामद गरेको छ ।

प्रहरीले आइतबार सार्वजनिक गरेका अन्य आरोपीहरुमा शारदानगर चितवनका का १७ वर्षीय सुजित ठकुरी र १७ वर्षीय सागर महतो समेत रहेका छन् । उनीहरुबाट प्रहरीले तीनथान कम्प्युटरसमेत बरामद गरेको छ ।

त्यस्तै काँस्की पोखराका २१ वर्षीय सुमन गुरुङ, २८ वर्षीय लक्ष्मण नेपाली र २४ वर्षीय राजु विकलाई समेत प्रहरीले विभिन्न मूल्य पर्ने चोरीका मोबाइल र लागूऔषध २७ एम्पुल ब्रफिनर्फीन, २८÷२८ एम्पुल डाइजेपाम र फेनारगनसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

त्यस्तै प्रहरीले आइतबार सार्वजनिक गरेका अन्य आरोपीहरुमा भरतपुर तीन नम्बर चोकको गल्स होस्टलमा चोरी गर्ने गैँडाकोटका सिरे भन्ने गोपाल थापा, भरतपुर २ का ड्रम भन्ने निरज राई, विभिन्न चोरीका हार्डवयर तथा घरायसी समान खरिद गर्ने भारत घर भई भरतपुर ३ बस्ने संजयकुमार साह, चोरी गर्ने भरतपुरका राकेश चौधरी, भरतपुर ८ का शोलोमान चौधरी रहेका छन् । प्रहरीले चोरीको समानसहित रत्ननगरका बुधे लामा, अजय लामा, कृष्ण चौधरी लामा र प्रकाश परियारलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी चौकी गैँडाकोटलाई बुझाएको छ ।

त्यस्तै प्रहरीले सौराहामा होटल सञ्चालन गरी बस्ने अरुण रिजाल र निजका बाबु नुरदेव रिजाललाई कुटपिट गरेको आरोपमा गारखा लाकुरीकोटका बुद्धबहादुर लामा र लम्जुङ ढोढेनीका सुजन लामालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

प्रधानमन्त्रीलाई मुलुकी ऐन उपहार

भरतपुर ।  मुलुकी ऐनकै धज्जी उडाउँदै दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई बचाउन खोज्ने प्रधानमन्त्री बाबुराम भट्टराईलाई सो ऐनको ज्ञान दिलाउन भन्दै चितवनबाट मुलुकी ऐन उपहार पठाइएको छ ।

भाँचिएको कलम, च्यातिएको नोट बुकसगँै नेपाल प्रेस युनियन चितवनले मुलुकी ऐनको किताब पनि प्रधानमन्त्रीलाई उपहार पठाइएको हो  । युनियनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत प्रधानमन्त्रीलाई सो उपहार आइतबार पठाइएको हो ।

प्रधानमन्त्रीलाई सम्वोधन गरिएको सो उपहार सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइएको थियो ।

प्रधानमन्त्रीले मुलुकी ऐन विपरीत गएर हत्याराको संरक्षण गर्न खोजेको भन्दै युनियनले उपहार पठाएको हो । सो अवसरमा बोल्दै युनियनका जिल्ला अध्यक्ष बसन्त पराजुलीले प्रधानमन्त्रीले मुलुकी ऐन नपढेको हँुदा सो ऐनका बारेमा जानकारी दिन ऐन नै उपहार दिएको बताउनुभयो ।

‘प्रधानमन्त्रीले ऐन नजानेर नै हत्यारालाई समेत उन्मुक्ति दिन खोजिरहेका छन’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई ऐन पढ्न नै उपहार दिएको हो ।’

युनियनका मध्यमाञ्चल संयोजक दीपक आचार्यले दण्डहीनता, अराजकता र प्रेस स्वतन्त्रताका विरूद्धमा लाग्ने प्रधानमन्त्रीको पद च्यूत गर्नुपर्ने बताउनुभयो । उपहार बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपहारलाई सुरक्षित रुपमा प्रधानमन्त्रीको कार्यालय पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी प्रेस युनियन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना र विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिवी प्रवेश परीक्षा उत्तीर्णलाई रामपुर छिर्र्न नदिने चेतावनी

नारायणगढ । त्रिभुवन विश्वविद्यालयले रामुपुर कृर्षी क्याम्पसको लागि लिने भनेको प्रेवेश परिक्षामा उत्रिणलाई अध्ययनका लागि क्याम्पसमा प्रवेश नदिने कृषी तथा वन विज्ञान विश्वविद्यालय बनाउनका लागि गठित दबाब समूहले चेतावनी दिएको छ । समूहले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिइएको हो ।

गत मंसिरमा त्रिवीले रामपुरसहित यसका अन्य आंगीक क्याम्पसका लागि विद्यार्थी भर्नाको आवेदन खोली प्रवेश परिक्षाको मिति तोकेको थियो । विभिन्न विद्यार्थी संगठन, राजनीतिक दल दबाब समूहको व्यापक दबाबका कारण परिक्षा स्तगित गरेको थियो ।

त्रिवीले पुन उक्त परिक्षालाई काठमाडौंको पद्यमकन्या क्याम्पसमा माघ ५ गते लिने सूचना प्रकाशित गरेपछि दबाब समूहले यस्तो चेतावनी दिएको हो ।  “माघ ५ गते लिन लागेको परीक्षा तत्काल रद्द गरियोस्”, दबाब समितिका संंयोजक रमेश पियाले भन्नुभयो, “त्रिविले आफूखुशी प्रवेश परीक्षा लिए त्यसबाट उत्तीर्ण विद्यार्थीलाई रामपुरमा अध्ययन गर्न दिदैनौं ।”

दबाब समूहमा चितवनका राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा रामपुर एलुम्नाई एशोसिएशनको साथ छ ।

अन्य विश्वविद्यालयहरुले विभिन्न संकायका अध्यापन गराउ“छन् तर कृषि तथा वन विज्ञान विश्वविद्यालय एउटा मात्रै विषयगत विश्वविद्यालयको रुपमा रहेको छ । “त्रिविले पढाउने काम मात्र गर्छ”, कृषि तथा वन विश्वविद्यालयका डीन डा। ईश्वरीप्रसाद ढकालले भने, “हाम्रोमा पढाइ, अनुसन्धान र प्रसार तीनवटा जिम्मेवारी छ, त्यसैले यो छुट्टै विश्वविद्यालय हुनुपर्छ ।” त्रिविले आफ्नो हठ प्रदर्शन गर्दै हस्तान्तरणमा ढिलाइ गरेको आरोप उनले लगाए ।

दबाब समूहको आन्दोलन प्रति स्थानीय सात राजनीतिक दलहरुले समेत एक्यबद्धता जाहेर गरेका छन् । आइतबार उनीहरुले एक प्रेस विज्ञप्ति जारी गरि प्रवेश परिक्षा रद्द गर्न समेत माग गरेका छन् ।

उनीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यदि उक्त पाढ्यक्रम लम्जुङ्ग र पक्लिहवा क्याम्पसमा कृषि तथा पशु विज्ञान संकायमा अध्ययन÷अध्यापन गराउने कुरामा हाम्रो कुनै आपत्ती नभएको तर कृषि तथा वन विश्व विद्यालय रामपुरको स्वायत्ततालाई कुष्ठित गरी नयाँ भर्ना प्रक्रियालाई बाधा पु¥याउने त्रिभुवन विश्व विद्यलयको कुनै पनि कदम चितवनका राजनैतिक दलहरु र चितवनवासी जन समुदायलाई मान्य हुने छैन ।”

त्रिभुवन विश्वविद्यालयले हस्तान्तरणमा ढिलाइ गरेका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले आफ्नो काम अघि बढाउन सकेको छैन । सहजरुपमा हस्तान्तरण नभएपछि पछिल्लो दुईवर्षको बजेटसमेत फ्रीज भएको छ । विश्वविद्यालयका अनुसार सरकारको प्रत्यक्ष लगानीमा सञ्चालन हुने विश्वविद्यालयमा वार्षिक ६ करोड बजेट आउने गर्छ । सञ्चालन तथा विकास खर्चसहित यस विश्वविद्यालयको बजेट ५० करोडभन्दा बढीको हुन्छ ।

२०६७ साल असार ३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन—२०६७ प्रमाणीकरण र प्रकाशन भएर छुट्टै स्वायत्त संस्था भइसक्दापनि त्रिभुवन विश्वविद्यालयले सहयोग नगरिदिएका कारण काम गर्न असजिलो भएको कृषि विश्वविद्यालयका अधिकारीहरुले गुनासो गरेका छन् ।

Saturday, January 12, 2013

बस दुर्घटनामा ३१ जनाको मृत्यु

घटनास्थलबाट घाइतेको उद्धार गर्दै नेपाली सेना र प्रहरी । फोटो ः एजेन्सी
धनगढी । धनगढी—डडेलधुरा राजमार्गको डोटी रुबसकाँडा सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

अछामको जयगढबाट धनगढीतर्फ आउँदै गरेको ना४ख ३६०३ नम्बरको कर्णाली रिभर यातायातको सो बस बिहान ३ः३० बजेको समयमा सडकबाट झन्डै ६ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । शनिबार अबेलासम्म २४ जनाको सनाखत भएको प्रहरीको भनाइ छ ।


घटनास्थलमा रहेका ट्राफिक प्रहरी योगेन्द्रबहादुर बोहराका अनुसार दुर्घटनामा परी बसमा सवार अछाम दर्ना गाविस–५ का तपेन्द्र ठकुल्ला, भरत ठकुल्ला, कमला ठकुल्ला, चक्र ठकुल्ला, देवानन्द खनाल, रुपबहादुर रावत, कमासिंह ठकुल्ला, दर्ना गाविस–६ का रङ्गीदेवी रावल, अछाम रामरोशन गाविस–९ का शेरबहादुर साउद र ठेगाना खुल्न नसकेका तुलाराम गिरीको सनाखत भएको छ ।

त्यसैगरी अछाम सिद्धेश्वर गाविस–९ का १८ वर्षीय विमल बुढा, मलाटीकोट गाविस–५ का रमिला साह, मङ्गलुेन गाविस–६ का चन्द्रदेव रेग्मी, बर्दादेवी गाविस–९ की २३ वर्षीया देवसरा ठकुल्ला र ५ की डम्मरीकुमारी ठकुल्ला, बस चालक कैलाली साडेपानी–३ का ३७ वर्षीय मम्कुराम चौधरी, सहचालक गणेश चौधरी, कैलाली भजनीका ५६ वर्षीय उज्जली बुढाको सनाखत भएको छ ।

घटनामा १३ जना घाइते भएकामा धेरैको अवस्था सिकिस्त रहेको छ । घाइतेहरुलाई धनगढीको अत्तरियास्थित पद्मा अस्पताल, सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यो राजमार्गमा भएको बस दुर्घटनाबाट यति ठूलो मानवीय क्षति पुगेको सम्भवतः यो पहिलो घटना हो ।

नेपाली सेना, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा दुर्घटनास्थलबाट मृतकको शव निकाल्ने तथा घाइतेको उद्धार कार्य भइरहेको छ । भिरालो, विकट एवं ठूलो खोच रहेका कारण उद्धार कार्य जटिल बनेको प्रहरीले बताएको छ । रासस

 

मकर मेलामा सुरक्षाकर्मीको बाक्लै उपस्थिति रहने

देवघाट । कालिगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटधाममा माघे संक्रान्तिको दिन हुने मकर स्नान मेलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने भएको छ । भीडभाडमा हुन सक्ने दुर्घटना र लुटपाट रोक्नमात्रै होइन, नदीमा नुहाउनेको सुरक्षाका लागि प्रहरी तैनाथ हुने छन् ।

देवघाट क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेला क्षेत्रमा ४५० जना प्रहरी तैनाथ हुने छन् । भक्तजनको भीड लाग्ने क्षेत्र तनहँु र चितवन दुबैतर्फ सुरक्षाकर्मीको बाक्लै उपस्थिति रहने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष खिमलाल भट्टराईले जानकारी दिनुभयो ।


‘यसका साथै गण्डकी र त्रिशूलीको संगमस्थलमा नुहाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर हामीले सशस्त्र प्रहरीबल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट दुईवटा उद्धार ¥याफ्टिङ नदीमैै चल्ने छन्’ अध्यक्ष भण्डारीले भन्नभयो ।

एउटा ¥याफ्टिङमा १० जना सशस्त्र प्रहरी बस्ने छन् । नुहाउन आएका व्यक्तिहरु नदीमै डुबेर मर्ने घटना विगतमा बढी हुने गरे पनि केही वर्षयता फाट्टफुट्ट हुने गरेका छन् । यस्ता घटना नहोस् भन्नका लागि सधैँ चनाखो रहनु पर्ने र त्यसका लागि विषेश व्यवस्था गरेको भण्डारीले बताउनुभया ।

समितिले नदीको संगमस्थलमा डोरीको घेरा बनाएर नुहाउने क्षेत्र निर्धारण गरेको छ । डोरीको घेरोभन्दा बाहिर गएर नुहाउनु खतरायुक्त हुनेभन्दै सो घेरा नतोड्न समितिले सर्वसाधारणमा अपिल गरेको छ । नदी वारिपारि नुहाउन मिल्ने क्षेत्रमा डोरी टाँगिएको छ ।

मगर संक्रान्ति मेलामा पुलबाट ओहोरदोहोर गर्नेहरु सधैँ त्रासमा रहन्छन् । पुलको मर्मत गरेको तर पुलमाथि हिँड्दा नरोकिकन लाइनमा हिँड्न समितिले सर्वसाधारणलाई आग्रह गरेको छ । नदी तार्नका लागि डुंगा र ¥याफ्टिङ बोर्डको पनि पर्याप्त व्यवस्था भएको छ ।

क्षेत्र विकास समितिले डुंगाको एकतर्फी भाडा २० रुपैयाँ कायम गरेको छ । तर डुंगा चलाउनेले मनपरी भाडा लिने सम्भावना सधैँ रहन्छ । त्यसो भएमा समितिमा उजुरी गर्न समितिका अध्यक्ष भण्डारीले आग्रह गनुभयो ।

मेला अवधिमा जाने गाडीहरु रामनगर हुँदै देवघाट पुग्छन् र फर्कने बेलामा मात्रै पुरानो रुट प्रयोग गर्छन् । समितिले साइकलको पार्किङ शुल्क १०, मोटरसाइकलको २०, कार, जीप, भ्यानको ५० र ठूला बसको एक सय रुपैयाँ तोकेको छ ।

देवघाटमा माघे संक्रान्तिमा नुहाउन देशका विभिन्न ठाउँका साथै भारतबाट समेत भक्तहरु आउने गर्छन् । विभिन्न ऋषिहरुले तपस्या गरेको, सीता विलय भएकोजस्ता धार्मिक कथन देवघाटसँग जोडिएको छ । सेन राजा मुकुन्द सेनको सम्बन्ध पनि देवघाटसँग जोडिएको छ ।

मेलामा एक लाखभन्दा बढी श्रद्धालुहरु आउने क्षेत्र विकास समितिको अनुमान छ । देवघाटमा स्नान गर्न आउनेहरु अघिल्लो दिन रातभर जाग्राम बसेर भोलिपल्ट संक्रान्तिको बिहानै संगमस्थलमा डुबुल्की लगाउँछन् । आज आइतबार बिहान ९ बजे महेश सन्यास आश्रमका पिठाधीश स्वामी रामानन्द गिरीले संगममा लिंगो गाडेपछि मकर मेला आरम्भ हुन्छ ।

माडीबाहिर पनि हात्तीले मान्छे मा¥यो

भरतपुर । जंगली हात्तीले आक्रमण गर्दा चितवनमा शनिबार एक जनाको ज्यान गएको छ । यसअघि ‘ध्रुबे’ नामको जंगली हात्तीको आतंक मच्चाएको माडी क्षेत्रभन्दा बाहिर बरण्डाभार जंगलमा जंगली हात्तीले हान्दा पटिहानी गाविस वडा नं. ८ गंगानगरका ७० वर्षीय सुकदेव विकको निधन भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताउनुभयो ।

माडीमा आतंक मच्चाउने हात्तीभन्दा फरक हात्तीले सुकदेवको ज्यान लिएको पौडेलको अनुमान छ । ‘त्यस्तो पक्का त होइन । तर जहाँसम्म हाम्रो अनुमान छ, त्यो क्षेत्रमा ध्रुबेले नभई अर्को जंगली हात्ती निस्केको हुनु पर्छ’ पौडेलले भन्नुभयो । सौराहा र खोरसोर क्षेत्रमा ‘रोनाल्डो’ नाम गरेको अर्को जंगली हात्ती बस्ने गर्छ । सुकदेवलाई त्यसैले मारेको उनको अनुमान छ ।

ध्रुबे हात्तीले माडीको गर्दी गाविसमा कात्तिक १७ गतेदेखि मंसिर ३० गतेसम्म चार जनाको ज्यान लिएको थियो । सो हात्तीको आतंक कायमै रहेपछि प्रशासनले मार्ने निर्णय गरेको थियो । हात्ती नियन्त्रणमा लिन टोली परिचालन भए पनि सफलता मिलेको छैन । यस्तो अवस्थामा माडीभन्दा बाहिर पनि हात्ती आतंक सुरू भएको छ ।

यसैबीच चितवनको माडीमा शुक्रबार राति हात्तीले फेरि आतङ्क मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती प्रवेश गरेको हात्तीले अयोध्यापुरी गाउँ विकास समिति–६ मा स्थानीयवासीका दुईवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हात्तीले स्थानीय वीरचन्द्र थापा र सहदेव थापाको घर भत्काउँदा २५ हजार बराबरको क्षति भएको छ । हात्ती आएपछि स्थानीयवासीले भने राति नै भागेर ज्यान जोगाएका थिए । पटकपटक हात्तीको आतङ्क कायमै रहँदासमेत सम्बन्धित पक्षले जङ्गली जनावरको उचित व्यवस्थापन नगरेको भन्दै माडीवासीले आक्रोश पोखेका छन् ।

आक्रमण गर्ने हात्ती ध्रुबे भएनभएको भने यकिन भएको छैन ।

Thursday, January 10, 2013

अराजक घटनाक्रमहरुको पुनरावृत्ति

मुलुक अहिले जंगली शासनबाट चलिरहेको अनुभव आमनागरिकहरुले गरिरहेका छन् । स्वयं प्रधानमन्त्री पत्रकारका हत्यारालाई छुटाउन सक्रिय भएपछि अपराधी मनोवृत्तिका व्यक्तिहरुको मनोबल अचानक बढ्न गएको छ । चितवन जिल्लामा पनि गत मंगलबार साँझ एक जना युवा पत्रकार विधुर ढकालले आफ्नो कुनै गल्ती नहुँदा पनि कुटाइ खानु परेको छ । चितवन पोष्ट दैनिकका संवाददाता आफूलाई के कारणले आक्रमण गरिएको हो भन्ने विषयमा अझै पनि अनभिज्ञ छन् । आफूलाई पत्रिकामा प्रकाशित कुनै समाचार सामग्रीप्रति आपत्ति छ भने त्यसको समाधान गर्न कानुनका अनेक बाटाहरु छन् । तर वैधानिक र विधिसम्मत बाटो अपनाएर भौतिक आक्रमणमा उत्रने प्रवृत्ति र संस्कृतिले हाम्रो समाज कुन दिशातर्फ उन्मुख हुँदैछ भन्ने प्रश्न खडा गरेको छ ।

समाजको यौटा हिस्सा हिंसा र अराजक गतिविधिमा विश्वास गर्दै त्यहीअनुरुप विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । समयमै देशको कानुनले दण्डित नगर्ने हो भने उनीहरुको अराजक र छाडा क्रियाकलापहरुको पुनरावृत्ति भइरहने गर्दछ । तसर्थ जानीजानी गल्ती गर्नेहरु र भौतिक आक्रमणमा उत्रिने असामाजिक त¤वलाई समयमै नियन्त्रणमा लिएर अपराधअनुसारको सजाय दिन अधिकार प्राप्त निकायले विशेष सक्रियता देखाउनु आवश्यक देखिएको छ । गुन्डागर्दी नियन्त्रण गरेर चितवनमा शान्ति सुरक्षाको स्थिति सुदृढ बनाउन प्रहरी प्रमुखले तत्काल ठोस कदम चाल्नु आवश्यक देखिएको छ ।

एक जना पत्रकार कुटिएको घटना समाजका अन्य वर्गका लागि त्यति ठूलो कुरा नलाग्न पनि सक्छ । गल्ती गरेको थियो होला र कुटाइ खायो होला भन्ने आमधारणा रहने गर्दछ । गल्ती नै नगरी गुन्डाको हातबाट स्वाभिमानी पत्रकार कुटिनुपर्छ भने त्यसलाई अवश्य पनि शुभ संकेत मान्न सकिँदैन । सुरक्षा निकायले घटनाको वास्तविकता छानबिन गरेर अपराधीलाई तत्काल कानुनअनुसार सजाय दिन पछि पर्नुहुँदैन । यदि अहिले पत्रकार कुटिएको घटनाका दोषीलाई कारबाही नगर्ने हो भने भोलि जतिखेर जोसुकै व्यक्ति पनि व्यर्थमा कुटिन सक्छ भन्ने कुरा हामीले बिर्सनुहुँदैन ।

चितवनका प्रहरी उपरीक्षक दीपककुमार थापाले यहाँ पदभार ग्रहण गरेलगत्तै आफ्नो प्रमुख कार्यका रुपमा गुन्डागर्दी नियन्त्रण रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले केही हदसम्म आफ्नो लक्ष्य पूरा गरेको अनुमान गरिएको छ । अझै गर्नुपर्ने काम धेरै बाँकी रहेको अवस्था छ र यतिखेर चितवन पोष्टका संवाददाता विधुर ढकाल मात्र नभएर सिंगो नेपाल पत्रकार महासंघ चितवन शाखा पत्रकार पिट्दै हिँड्ने गुन्डाहरुमाथि तत्काल कारबाही भएको हेर्न आतुर भएर बसेको छ । यो घटनामा प्रहरीले अहिलेसम्म सकारात्मक भूमिका निर्वाह गरिरहेको भए तापनि तीन जना आक्रमणकारीलाई कारबाही नभएसम्म राज्यको चौँथो अंगका रुपमा मर्यादित पत्रकारिता जगत्ले सुरक्षा निकायप्रति पूर्ण भरोसा गरिहाल्न मिल्दैन । निष्पक्ष न्यायको खोजीमा रहेका चितवनका पत्रकारहरु अहिले प्रहरी प्रमुखको कामभन्दा पनि परिणाम हेर्न चाहिरहेका छन् ।

चितवन पोष्ट दैनिकको सम्पादकियबाट साभार

पत्रकारमाथि आक्रमणको विरोधमा प्रदर्शन

नारायणगढ । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य एवम् चितवन पोष्ट राष्ट्रिय दैनिकका पत्रकार विधुर ढकालको आक्रमण, तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्याको अभियुक्तलाई कारबाही नगर्ने प्रधानमन्त्रीको भनाइको विरुद्धमा नारायणगढमा प्रदर्शन गरेको छ ।

चितवनका अधिकांश पत्रकारहरुको सहभागिता रहेको विरोध ¥यालीमा बोल्दै शाखा अध्यक्ष जनक अर्यालले ढकालमाथि कुटपिट गर्ने अपराधिलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।


निष्पक्ष ढंगले कलम चलाउने एक जना पत्रकारमाथि आक्रमण गरिनु भनेको समग्र प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएको उहाँको भनाइ थियो । उहाँले पत्रकार थापाका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै कारबाहीको माग गर्नुभयो ।

‘तत्काल घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गरिनु पर्दछ’, अध्यक्ष अर्यालले भन्नुभयो, ‘सरकार हत्यारालाई बचाउनतर्फ लागिरहेको छ ।’ सरकारले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा नल्याए पत्रकारहरुको आन्दोलनले नै सरकार ढाल्ने चेतावनीसमेत दिनुभयो ।

नरायणगढको लायन्सचोकबाट सुरू भएको विरोध¥याली पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा पत्रकारहरुले आक्रमणकारीलाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, हत्यारो सरकार मुर्दावादलगायतका नारा लगाएका थिए ।

भरतपुरबाट सहिदचोकस्थित कार्यालयतर्फ पैदल आउँदै गर्दा पत्रकार ढकालमाथि लायन्सचोक कामना बैंकअगाडि तीन जना युवाले आक्रमण गरेका थिए ।

ढकालमाथि कुटपिट गर्नेहरुको खोजी भइरहेको भन्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले उनीहरुलाई छिट्टै नै नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभएको छ ।

Wednesday, January 9, 2013

मलाई कुट्ने मेरा मित्र, मेरो दोष के ?

डायरी
विधुर ढकाल
बाँबु तैँले यस्तो जोखिम किन मोल्दै छस ? यो प्रश्न मेरो परिवारले मलाई आजभन्दा करिब पाँच वर्ष अगाडि सोधेको थियो । मलाई यस्तै जोखिममा त अगाडि बढ्नु छ । मेरो जवाफ थियो त्यो वेला । मलाई लाग्छ जोखिम विना जीवन नै सफल हुन सक्दैन त्यसैले पनि मैले यो जोखिम उठाएको थिएँ त्यस बेला ।

मेरो सपनाहरु फेरिँदा बनेको मेरो लक्ष्य ‘म पत्रकार बन्छु’ । यसमा मेरो परिवारको सँधै विमति रह्यो । मैले यस विमतिका विच पनि आफ्नो सपनामा बनेको लक्ष्यलाई अगाडि बढाएको हुँ । र छु पनि । यसबीच मलाई याद छ म कसरी यो सागरमा पौडी खेल्दै आइपुँगे मैले भन्दै गराँैला त्यसलाई आज नकोट्याँउ तर पनि मैले रोजेको यो बाटो सहि थियो, छ र रहने पनि छ भन्नेमा म ढुक्क छु ।

मलाई जतिवेलामा मेरो परिवारले म प्रवेशिका पास गरेको थिएँ त्यतीवेला नै विज्ञान विषय लिएर पढोस भन्ने चाहन्थ्यो म त्यतीवेला परिवारको इच्छा पुरा गर्नु भन्दा पनि आँफ्नो चाहानालाई हेरँे । अझै पनि कतिपय मेरा आफन्तले सोच्छन् विधुर विज्ञान विषय लिएर पढ्दै छ । परिवारलाई मैले कुनै दिन पैसा भन्थ्यो र अझै पनि भन्छ, ‘विज्ञान लिएर पढेको भए टिउसन पढाएरै भए पनि आफ्नो लागि त पैसा कमाउँथिस ।’ परिवारको यो भनाईलाई मैले कहिले नै सिरियस रुपमा लिइन् । एक कानले सुने अर्काे कानले उडाएँ । किनकी जति कराए पनि मेरी आमाले मलाई जताबाट भए पनि पैसा दिनुहुन्थ्यो ।

परिवारको इच्छा विपरित पत्रकारीता पेशा अंगालेको मप्रति परिवारको एउटै चिन्ता थियो कि कतै यसलाई केही त भइहाल्दैन् । हुन पनि समय त्यस्तै थियो र छ । पत्रकार कृष्णसेनका हत्यारालाई कारवाही हुन सकेको छैन् । उता तत्कालिन विद्रोही पक्षबाट मारिएका डेकेन्द्र थापाका हत्यारालाई कारवाही भएको थिएन र छैन पनि अन्य पत्रकारको अवस्था पनि त्यस्तै थियो । यस कारणले पनि मलाई यो क्षेत्रमा प्रवेश गरेको देख्ने चाहना मेरो परिवारको कुनै सदस्यको पनि थिएन् । मैले यो जोखिम मोल्दा मेरो परिवारलाई चिन्तीत पारेको अर्काे कारण हो मरो सुरक्षा । जब मलाई २०६१ सालमा तत्कालिन साहि नेपाली सेनाले अनाहकमा आतंककारीको विल्ला लगाई गिरफ्तार र यातना दिएको थियो त्यलगत्तै मेरो परिवारलाई सेना बाट आएको धम्की पनि हो । सेनाले केही वर्ष भित्र मेरो हत्या गरिदिन्छु भनेर भनेको थियो । अहिलेसम्म यो त हुन सकेको छैन । यो हुन्छ जस्तो पनि मलाई लाग्दैन किनकी हिजोको जस्तो अवस्था अहिले छैन् ।

देश शान्ति प्रक्रियामा प्रवेश गरे पछि पनि यहाँ केही पत्रकारहरुले ज्यान गुमाएका छन् । कैयौँले कुटाई खाएका छन्, कैयौँले धम्की पाएका छन् । यो कारणले पनि मेरो परिवार प्रति अझै पनि मेरो सुरक्षाको विषयमा चिन्तीत रहेको छ र सबै पत्रकारका परिवार यो कुरामा चिन्तित छन् ।

केही दिन भयो दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई प्रहरीले गिरफ्तार गरि मुद्दा चलाउन थाल्यो त्यस पछि हामीमा निरासाको वादल विच केही चाँदीको रेखा कोरिएको भान भएको थियो तर त्यो पनि धेरै दिन टिकेन् । सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले हत्यारालाई कारवाही गर्न नहुने अभिव्यक्ति दिए । उनी राज्यको एक अंगको मात्र प्रधानमन्त्री बने । राज्यको बन्न सकेनन् ।

राज्य कार्यपालिका न्याय पालिका, व्यवस्थापिकाको समिश्रण हो । उनी सिमित कार्यपालिकाकोमात्र प्रधानमन्त्री बन्न चाहे । उनले व्यवस्थापिकालाई भंग गराए । न्याय पालिकाको आदेशलाई मान्न डराए र राज्यको चोथो अंग पत्रकारिता जगतको त कुरै छाडाँै उनी यो कहिल्यै पनि हुन सकेनन् । उनको पछिल्लो अभिव्यक्तिले पनि यो प्रमाणित ग¥यो ।

यहाँ कुनै पनि जनताको सुरक्षा छैन भने पत्रकारको सुरक्षा कहाँबाट होस ? राज्यको चौथो अंगको रुपमा गनिने पत्रकारको सुरक्षा छैन भने आम जनताको सुरक्षा कहाँबाट होस ? यो प्रश्न टड्कारो रुपमा खडा भएको छ । मैले यो सोचेको पनि थिइन की चितवनको नारायाणढ जस्तो व्यस्त वजार अझ त्यो माथि पनि लायन्स चोकमा नै संसाझै ममाथि आक्रमण होला । म कुटिउँला । तर भयो । यहाँ राष्ट्रपति निवास र बालुवाटारको किनारमा कतिखेर को कुटिन्छ को मारिन्छ कसलाई के हुन्छ ? कसैलाई थाहा नहुने अवस्थामा म यति विग्न ढुक्क हुनु मेरो कमजोरि नै हो ।

साँझ कार्यालय सहिद चोकतर्फ जाँदै गर्दा लायन्स चोकको कामना वैंक अगाडि तिनजना आवारा केटाहरुले यही हो धन्दै कुटे । उनीहरुको त्यो यही हो भन्ने के हो मलाई थाहा भएन् मलाई । म पत्रकार हुँ या के । त्यो पनि थाहा भएन । मलाई मेरो परिचय के हो ? भन्ने प्रश्नले सताउन थालेको छ । मलाई कुटपिट गर्नेलाई सोध्न मन छ म को हुँ ? मलाई किन कुटियो ।

म आँफूलाई एक विद्यार्थी, त्यसभन्दा अगाडि चितवन पोष्ट राष्ट्रिय दैनिकमा समाचार लेख्ने केटो, त्यस पछि स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्यका रुपमा चिन्थे चितवनमा । मेरो चितवनमा यो भन्दा अर्काे परिचय भए जस्तो लाग्दैन् । हुन सक्थ्यो रुपन्देही भने मेरो परिचय अलि फरक पनि । त्यहाँ मेरो परिचय कसैको सत्रुका रुपमा पनि किनकी म अहिलेको मेरो जीवनको १८ वर्ष त त्यही विताएको हुँ । म प्रगतिशील सामाजिक अभियान रुपन्देहीको अध्यक्ष , वा मेरो त्यो १८ वर्षमा मैले त्यहाँ कति सत्रु पनि जन्माए हुँला । मलाई त्यहाँ आक्रमण भएको भए मैले जन्माएका सत्रुहरुले मलाई कुटे भनेर चित्त बुझाँउँथे तर यहाँ कसरी बुझाँउ ? मेरो यो चितवन बसाई चार वर्षमा डौडिरहेको छ । चितवन पोष्टसँगको नाता २ वर्षमा चलिरहेको छ । मलाई याद छैन चितवनमा मेरो रिसिइवि को सँग किन र कहिले भयो यही प्रश्नको जवाफको खोजिमा छु ।

मलाई चित्त बुझ्दो जवाफ आउला की भन्ने प्रतिक्षा छ । यस बीचमा म मेरो संस्था चितवन पोष्ट, नेपाल पत्रकार महासंघ चितवन शाखा, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय कमिटि, जिल्ला कमिटि, सम्पूर्ण सिद्धान्त निकट पत्रकारका संगठन हरु चितवनका सम्पूर्ण संचार माध्ययम वुटवलबाट प्रशारण तथा प्रकाशन हुने संचार माध्ययम, स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखालाई आभार प्रकट गर्न चाहन्छु म माथि भएको कुटपिटको घटनालाई सार्वजनिक गर्दै विरोधमा उत्रिनुभएको मा । धन्यवाद दिनेछु प्रहरी प्रशासन लाई मलाई कुट्ने मेरा मित्रहरुलाई मसामु उभ्याइ दिन सके र मैले मेरो परिचय पाउन सके ?

Monday, January 7, 2013

चिसोको कारण जनजीवन प्रभावित, चिसोका कारण मृत्यु हुनेको संख्या २३

भरतपुर । लगातारको चिसोको कारण चितवनलगायत यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । लगातार केही दिनदेखि बढेको चिसोको कारण यस क्षेत्रको तापक्रममा एक्कासि घटेको छ ।

चितवनमा सोमबार न्यूनतम १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यता लगातार चिसो बढेका कारण चितवनको नारायणगढ तथा भरतपुरका बजार क्षेत्र सुनसान हुँदै गएका छन् । बजारमा आवतजावतमा समेत कमी देखिएको छ । ठाउँठाउँमा मानिसहरु जाडो छल्न आगो बालेर तापेको पाइन्थ्यो ।


चिसोकै कारण व्यापार व्यवसायमा समेत गिरावट आएको छ । जाडो बढेसँगै बजारमा आउने उपभोक्ताको कमीसँगै व्यापारमा गिरावट आएको व्यवसायीहरु बताउँछन् ।

‘बिहानैदेखि हुस्सु लागेको छ, मानिस नै बाहिर निस्कन कठिन देखियो’, भरतपुर केन्द्रीय बस ट्रमिनलमा चिया पसल राख्नुभएकी सुनिता महर्जनले भन्नुभयो । केही दिनदेखि व्यापारमा कमी आएको उहाँले बताउनुभयो । ‘यात्रुसमेत कम छन्, भएका पनि गाडीबाट बाहिर निस्कँदैनन्’, महर्जनले भन्नुभयो ।

चितवनमा सोमबार बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै घामसमेत देखिएन । जसका कारण यहाँको तापक्रम भारीमात्रामा गिरावट आएको हो ।

बाक्लो हुस्सुका कारण भरतपुर विमानस्थलमा नियमित उडानहरु रद्द भएका छन् । बाक्लो हुस्सु र ‘भिजिविलिटी’ कम भएका कारण उडान रद्द गर्नुपरेको भरतपुर विमानस्थलले जनाएको छ ।

मध्य तराईमा २३ को मृत्यु

यता छिमेकी जिल्ला नवलपरासी, मकवानपुरमा पनि अत्यधिक जाडोका कारण जनजीवन प्रभावित भएको छ । हिउँद लागेसँगै मध्य तराईका जिल्लामा देखिएको बाक्लो हुस्सु तथा शीतलहरका कारण एक महिनामा २३ जनाको मृत्यु भइसकेको छ ।

अत्यधिक चिसोकै कारण आइतबारमात्र बारामा दुई जनाको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको हो ।

अत्यधिक जाडोका कारण मध्य तराईका बारा, पर्सा, रौटहटमा मानिसको मृत्यु भएको हो । जसमध्ये रौटहट जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै बारा जिल्लामा छ, पर्सा जिल्लामा चार÷पाँच जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । तीन दिनदेखि बाक्लो हुस्सुको कारण बाराको सिमरास्थित विमानस्थलका सम्पूर्ण उडानहरु रद्द भएको सिमरा विमानस्थलले जनाएको छ ।

यसैगरी काठमाडौंमा १५ वर्षयताकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम माइनस शूल्य दशमलब दुई डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखा काठमाडौंले जनाएको छ ।

यसअघि १५ वर्ष पहिले काठमाडौंको न्यूनतम तापक्रम माइनस तीन डिग्री सेल्सियस मापन गरिएको थियो । यो तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको मध्य तराईमा जाडो छल्न आगो ताप्दै स्थानीयवासी ।

जीविकोपार्जनमा पनि सघाउँदै पुस्तकालय

भरतपुर । पूर्वी चितवनको बछौली गाविस वडा नं. ६ की दसिया महतो अहिले कुखुरापालन गर्छिन् । योभन्दाअघि उनले च्याउखेती गरेकी थिइन् ।

च्याउबाट भएको आम्दानीमा केही रकम थपेर उनले मासुका लागि बिक्री हुने ब्रोइलर कुखुरा पाल्न थालेकी हुन् । गाउँको झुवानी सामुदायिक पुस्तकालयले उनको जीवनमा यस्तो परिवर्तन ल्याएको हो ।

‘दुई वर्षअघि पुस्तकालयले च्याउखेतीका बारेमा तालिम दिएको थियो । च्याउखेती हुँदै अहिले कुखुरा पाल्न थालेकी हुँ’ दसियाले भनिन् ।

तालिमपछि पुस्तकालयकै सहकारीबाट उनले ऋण झिकेर च्याउखेती सुरू गरेकी हुन् । त्यसबाट भएको आम्दानीले ऋणमात्रै तिरिएन, कुखुरा पाल्नका लागि ६० हजार रुपैयाँसमेत जुटायो ।

झुवानीकै सोमलाल चौधरीको घरमा अहिले माहुरीका ५० वटा घार छन् । उनले पनि पुस्तकालयबाटै तरकारीखेती र माहुरीपालनसम्बन्धी तालिम लिएका थिए ।

‘तालिमअघि जम्मा एक घार माहुरी थिए, अहिले ५० घार पु¥याएँ । अझै थप्दै लैजाने छु’, सोमलालले आफ्नो योजना सुनाए । अहिले तरकारी र मह बेचेर वर्षको दुई लाख रुपैयाँ कमाउने उनले बताए ।

पुस्तकालयको सहयोगमा आर्जन हुने काम सुरू गरेका व्यक्तिहरु यीमात्रै होइनन् । बछौलीकै ज्योति आलेले इम्ब्रोइडरी तालिम लिएपछि टिसर्टहरुमा विभिन्न जंगली जनावरका राम्राराम्रा बुट्टा भर्न थालेकी छन् । सौराहा आउने पर्यटकले यस्ता टिसर्ट किन्ने गर्छन् । कुमरोजका श्रीकृण पौडेलले गाईभँैसीलाई थुनेलो भएमा उपचार गर्ने विधि पुस्तकालयमा रहेका किताबबाटै सिकेका हुन् ।

‘सामान्य रुपमा बुझ्दा पुस्तकालय भनेको पढ्ने ठाउँमात्रै हो । तर पुस्तकालयबाट ज्ञान लिन सकिन्छ र त्यो ज्ञानले जीवनमा परिवर्तन पनि ल्याउँछ भन्ने बुझाउन आय आर्जनका काममा पनि सहयोग गरेका हौ’, झुवानी पुस्तकालयका पूर्वअध्यक्ष तथा नेपाली साुमदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष वासु ढुंगानाले भने ।

नेपालमा पुस्तकालयको प्रबद्र्धनका लागि काम गर्दै आएको रिड नामक गैरसरकारी संस्थाले ‘शिक्षा र विकासका लागि सूचना र प्रविधिको परिचालन’ परियोजना संचालन गरेको छ । सोही परियोजनाअन्तर्गत झुवानी पूस्तकालयको सेवा क्षेत्रअन्तर्गत रहेका स्थानीयले आर्य आर्जनका कार्यक्रममा पनि सहभागी हुने अवसर पाएका हुन् ।

चितवनको झुवानी र नवलपरासीको अग्यौली पुस्तकालयमार्फत सामुदायिक विकासका विभिन्न गतिविधि गरेको रिड नेपालका तपस भट्टराईले जानकारी दिए । ‘महिलालाई साक्षर बनाउने, आयमूलक कामको सीप सिकाउने र आर्थिक समस्या आउन नदिनका लागि सहकारी गठन गर्ने हाम्रो उद्देश्य हो’ भट्टराईको भनाइ छ ।

परियोजना सञ्चालन भएपछि झुवानी र अग्यौलीमा छवटा सहकारी गठन भएको छ । ८६७ महिलाहरु साक्षर भएका छन् । छवटा सहकारीका कुल सदस्य संख्या एक हजार ४५७ छ । यीमध्ये ९५ जनामात्रै पुरूष हुन् । सबै सहकारीमा गरेर एक करोड ३४ लाख १५ हजार ९९२ रुपैयाँ जम्मा भएको छ । दुवै गाविसका २३४ जना व्यक्ति विभिन्न आयमूलक काममा संलग्न भएको भट्टराईले बताए ।
  

 

ढेगनी हत्याका आठ अभियुक्तलालाई जन्मकैद

भरतपुर । बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी माडी बघौडाकी ढेगनीदेवी महतोको हत्या प्रकरणमा झाँक्री जुगेश्वर महतोसहित आठ जनाको संलग्नता रहेको अदालतले पुष्टि गरेको छ ।

सो हत्या प्रकरणमा संलग्न रहेका ढेगनीकै छिमेकी विक्रम महतोको सात जना परिवारका सदस्यसहित झाँक्री जुगेश्वरलाई दोसी ठहर गर्दै चितवन जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश भोलानाथ चौलागार्इंको एकल इजलासले सोमबार गरेको फैसलाले  विक्रम, उनकी श्रीमती विक्रमिया, छोरीहरु मन्जु, लक्ष्मी, सन्जु, कृष्णकुमारी, ज्वाईं विक्रम र झाँक्री जुगेश्वरलाई जन्मकैदको सजाय सुनाएको हो ।

‘अदालतको फैसलाअनुसार उनीहरुलाई २० वर्ष जेल सजाय भएको छ’, अदालतका श्रेस्तेदार दिनबन्धु बरालले फैसलाका बारेमा जानकारी दिँदै चितवन पोष्टसँग भन्नुभयो, ‘फैसलाका बारेमा चित्त नबुझे पुनरावेदन गराउन पाउने कानुनी बाटो पनि खुला छ ।’

यस्तै, सोही हत्यामा संलग्न भएको अभियोग लागेका सरस्वती महतो, लक्ष्मी महतो र पशुपति महतोलाई भने अदालतले सफाइ दिएको छ । घटनामा उनीहरुको संलग्नता नदेखिएको फैसलामा उल्लेख भएको अदालतका श्रेस्तेदार बरालले बताउनुभयो । ‘सफाइ पाएकाको हकमा भने घटनामा उनीहरुको संलग्नता भएको प्रमाण देखिएन’, उहाँको जवाफ थियो । 

२०६८ फागुन ५ गते माडी बघौडाकी एकल महिला ढेगनीदेवी महतोलाई बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । सो सम्बन्धी मुद्दा चैत २ गते अदालतमा दर्ता भएको थियो । मुद्दा सम्पादनका क्रममा चैत ६ गते थुनछेक गर्दै अदालतले आठै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 

मालिकद्वारा चालकलाई बसै उपहार

भरतपुर । आफ्नो सक्रिय उमेरभर अर्कैको उन्नतीमा लागि खर्चने मजदुरहरुको बारेमा सोच्ने कसको फुर्सद हुन्छ र यहाँ ? फेरी सबै मालिकहरु सबैजस्ता पनि हुँदैनन् । उनीहरुले आफ्नालागि जीवन समर्पण गर्ने मजुरका लागि पनि सोच्छन । यस्तै उदाहरण हुन चितवनका यातायात व्यवसायी बद्रीप्रसाद पौडेल ।

उनले लामो समयसम्म आफ्नो भाडाको बस चलाएर सेवा गर्ने चालक विशेश्वर हमाललाई ५० हजार नगदसहित सोही बस नै उपहार दिएका छन । नारायणगढ–भण्डारा चल्ने बा १ ख ७१७ नम्बरको बस पौडेलले हमाललाई सोमबार गैंडाकोटमा एक कार्यक्रमका बीच प्रदान गरेका हुन ।

विगत २२ वर्षदेखि निरन्तर आफ्नो सेवा गरेकाले सो बस उपहार दिएको पौडेलले सञ्चारकर्मीहरुलाई बताए । ‘उसै (चालक)का कारण मैले आज यो सम्मान पाएको छु । छोराछोरी राम्रोसँग पढाउन पाएको छु’, पौडेलले भने, ‘अब उसैले चलाएको बस उसैलाई हस्तान्तरण गरेको हुँ ।’

कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बसको चाबी चालक हमाललाई बुझाएका थिए । चालकबाट एकाएक बस मालिक बनेका हमालले पनि खुसी हुँदै निरन्तर गरेको सेवाको फल आफूले पाएको प्रतिक्रिया दिए ।

चितवन यातायात व्यवसायी संघ छहारीका अध्यक्षसमेत रहेका पौडेलले लगानीकर्ता र मजदुरबीचको सम्बन्ध सुमधुर रहनुपर्छ भन्ने उदाहरणका रुपमा आफूले यो कार्य गरेको बताए ।
सो बस २०५६ सालमा आठ लाख रुपैयाँमा खरिद गरिएको हो । अहिले यो बसको मूल्य करिव ६ लाख रुपैयाँ पर्ने बताइएको छ । खरिद गरेदेखि नै सो बस चालक हमालले नै चलाउँदै आएका थिए ।

पौडेलका अहिले पनि अन्य तीनवटा भाडाका बस सञ्चालनमा रहेका छन् ।

सञ्चारकर्मीलाई परिवारका सदस्यलाई साक्षर बनाउन आग्रह

भरतपुर । जिल्ला शिक्षा कार्यालयले चितवन जिल्लामा रहेका सम्पूर्ण सञ्चारमाध्ययमलाई पत्र काटी सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मी तथा  कर्मचारीहरुको पारिवारीक विवरण पेश गर्न अनुरोध गरेको छ । गत ४ गते कार्यालयमा बसेको अनौपचारिक शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चारमाध्यममा कार्यरत कर्मचारीका परिवारका कुनै सदस्य निरक्षर रहे यसै आर्थिक वर्षभित्र साक्षर बनाइ कार्यालयलाई जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ ।

चितवन जिल्लालाई सन् २०१५ भित्र पूर्ण साक्षर जिल्ला बनाउन अभियान थालेको  कार्यालयले यस्तो आग्रह गरेको हो । जिल्लाका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका सबैलाई साक्षर बनाउन यो अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।

जिल्लामा हाल करिब ६२ हजार जनसंख्या निरक्षर रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । नेपाल सरकारले २०६९÷७० सालदेखि साक्षर नेपाल अभियानलाई सञ्चालनमा ल्याएसँगै चितवनमा पनि अभियानलाई सफल बनाउन साक्षर चितवन अभियान सञ्चान गर्न लागिएको हो ।

यसअघि जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालगायतका कार्यालयका केही कर्मचारीका घरमा समेत निरक्षर सदस्य रहेको भन्दै साक्षर बनाउन पत्र काटेको थियो । अभियानलाई सफल बनाउन चितवन जिल्लामा साक्षरता अभियानसम्बन्धी अवधारणपत्रसमेत तयार गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
 
अभियान संबन्धि थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस
सदरमुकामकै विद्यार्थी बीचैमा पढाइ छाड्छन्

चितवनका युवा हेटौँडामा पक्राउ

भरतपुर । मोबाइलको चार्जरभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा पश्चिम चितवन पर्साढापका एक युवा पक्राउ परेका छन् । वीरगन्जबाट काठमाडौं छुट्ने बसमा चितवन आइरहेका २२ वर्षीय रिखित गुरुङलाई प्रहरीले मकवानपुरको रातमाटे चेकपोष्टमा आइतबार राति पक्राउ गरेको हो ।

बसलाई चेकजाँच गर्नेक्रममा बसभित्र रहेका गुरुङको हाउभाउप्रति शंका लागेर खानतलासी गर्दा उनी पक्राउ परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । गुरुङको साथबाट २० ग्राम खैरो हेरोइन बरामद भएको छ । उनको मोबाइलको चार्जरको नट खोलेर हेर्दा प्रहरीले हेरोइन फेला पारेको थियो ।

गुरुङलाई एक महिना हिरासतमा राखिने र त्यसपछि अदालतको आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले बताएको छ ।

Wednesday, January 2, 2013

प्रधानमन्त्रीलाई माल्भिकाको पत्र : ‘प्रिय बाबुराम, यी तपाईका पनि चेली हुन्’

नेपालमा बढ्दो चेलिबेटी हिंसा र बलात्कारको विषयमा सरकारले चासो नदेखाएको आरोप महिला अधिकारकर्मीहरुले लगाउादै आएका छन् । दैनिकजसो चेलिबेटी हिंसा बढ्दा पनि सरकारको चासो नगएपछि महिलाअधिकारकर्मीहरुले धर्ना र प्रदर्शनसमेत गरिरहेका छन् । यसैक्रममा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका सुब्बाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र कोरेकी छिन् । फेसबुकमा रहेको आफ्नो फ्यानपेज मार्फत माल्भिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेकी हुन् । माल्भिकाले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीको पूर्ण 
विवरण यस्तो छ : 

प्रिय प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू,
‘हालसालै समाचारमा आएको महिला हिंसाका कुरालाई लिएर विवाद उठिरहेको छ । म आफु पनि एउटा चेली भएको नाताले नेपाल अब नारीहरुका लागि सुरक्षित ठाउा नभएको भन्ने निष्कर्षमा म पुगिसकेको छु । सीता राई, सरस्वती सुवेदी, चोरिमाया महर्जन र भर्खरै मात्र लाहान सिरहामा एक जना बहिनीलाई आफ्नै नाता पर्ने र चिनेका दुईजनाले गरेको बलात्कार ले हामी सबै नेपाली नारीमा नेपालको कानुनबाट विश्वास उडेको छ । 

यति दिन हुँदा पनि कारबाही नभएको र बलात्कारको बिषयमा कडा कानुन नभएको देखेर कारबाही नभएको दखेर राष्ट्रलाई झक्झकाउन मन लाग्यो । तपाईहरुका चेलीबेटी हुन् यिनी, तपाई आफ्नै सन्तानलाई यस्तो भएको भए ती मानिसहरुलाई बााकी राख्नुहुन्थ्यो होला र ? देशको प्रगतिलाई आत्मसात गरेर हिाड्नुहोस अब, सत्ताको पछि नलाग्नुहोस् । तपाई प्रधानमन्त्री भएदेखि धेरैको मनमा आशा जागेको थियो, त्यसलाई विलीन हुन नदिनुहोस् । नेपाल आमालाई नरुवाउनुहोस्, बिन्ती छ । र, अहिले जगन्य अपराध व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुहोस् र महिला हिंसा र बलात्कार गर्नेलाई कडा सजाय दिन नियम बनाउनुहोस् र लागु गर्न लगाउनुहोस् । अनि मात्र हामी तपाई र अरु पार्टीमा अनि नेपाल एउटा सुरक्षित ठाउा हो भन्ने विश्वास गर्छौ ।
जय नेपाल
साभार : अनलाइन खबर

माडीमा हात्ती आतङ्क कायमै, आज तीन घर भत्कायो

भरतपुर । चितवनको माडीमा आज बिहीबार बिहान फेरि जङ्गली हात्तीको आतङ्क फैलिएको छ । हात्तीले माडी अयोध्यापुरीस्थित प्याउली भन्ने स्थानमा आज बिहान तीन घर भत्काउनुका साथै घरमा भएको अन्न नष्ट गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  हात्तीले माडी प्याउलीका सावित्री सापकोटा, किरण सापकोटा र कुमार तामाङको घर राति २ बजेको समयमा भत्काएको हो । क्षतिको एकिन जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।     दुई वर्षअघि पनि हात्तीले आक्रमण गर्दा माडीको सोही गाउँमा एकजनाको ज्यान गएको थियो भने तीनजना घाइते भएका थिए । उनीहरुमध्ये एकजना घाइते अझै उपचाररत नै छन् ।

अहिले सो क्षेत्रमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बिहान भने हात्ती जङ्गल पसेको र कुनै पनि बेला हात्ती आउनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

यसअघि अयोध्यापुरीमै हिजो र अस्ति गरी हात्तीले चार घर भत्काएको थियो । माडी क्षेत्रमा दैनिकजसो हात्ती आतङ्क फैलिरहेको भन्दै स्थानीयवासीले हात्ती नियन्त्रण गर्न चितवन निकुञ्जसँग माग गर्दैआएका छन् । निकुञ्जमा रहेको ध्रुवे नामको हात्तीले आतङ्क मच्चाइरहेका बेला अन्य हात्ती पनि पटकपटक बस्तीमा पसेर घर भत्काउँदै आएका छन् ।

हात्ती आतङ्क बढेपछि गत सातादेखि माडीमा २० जना सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । यता निकुञ्जले भने ध्रुवे हात्तीको खोजी जारी रहेको जनाएको छ ।

नगरपालिकाको पार्किङ ठेक्का रद्द

मजदुरको पेटमा लात मारेको आरोप
विधुर ढकाल

नारायणगढ । सडकलाई नै पार्किङ बनाएर खटिएका कर्मारीको मनलाग्दो व्यवहारका कारण स्थानीय व्यवसायी तथा राजनीतिक दलहरुको चर्काे विरोध र दबाबपछि भरतपुर नगरपालिकाले नारायणगढ तथा भरतपुरमा सुरू गरेको सशुल्क पार्किङलाई केही समयका लागि स्थगित गर्ने निर्णय गर्दै ठेक्का रद्द गरेको छ ।

नगरपालिकाले ठेक्का दिएर यातायात पार्किङलाई व्यवस्थित गर्ने भन्दै गत पुस १ गतेबाट सशुल्क पार्किङ थालेको थियो । पार्किङका कारण नारायणगढ क्षेत्रका व्यवसायलाई असर परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए भने सेवाग्राही पनि पार्किङ शुल्क उठाउनेबाट मनोमानी भएको गुनासो आएको थियो ।


नगरपालिकाले सडकलाई नै पार्किङस्थलमा परिणत गर्दै शुल्क उठाउने जिम्मा ठेकेदारहरुलाई दिएको भन्दै नगरपालिकालाई राजनीतिक दलहरुले ठेक्का रद्द गर्न दबाब दिएका थिए । सोही दबाबका कारण ठेक्का रद्द गरिएको भरतपुर नगरपालिकाका कर अधिकृत लीलाराज खरेलले जानकारी दिनुभयो ।

नगरभित्रका तीनै पार्किङ्क्षेत्रको ठेक्का रद्द

नगरपालिकाको मंगलबार बसेको बोर्ड बैठकले पार्किङ व्यवस्थित हुन नसकेको भन्दै नगरपालिकाले नगर भित्र दिइएको तीनै क्षेत्रको ठेक्का रद्द गरेको हो । नगरपालिकाले गत असोजमा नारायणगढको पुलचोकदेखि लायन्सचोकमाथिको नहरसम्म, सहिदचोकदेखि लुम्बिनी बैंक मिलनरोड र चौबीसकोठी हस्पिटल लाइनरोडमा पार्किङ व्यवस्थापनका लागि टेण्डरमार्फत ठेक्का दिएको थियो ।

‘टेण्डरमार्फत ठेक्का दिएका थियांै, नगरपालिकालाई पनि केही आम्दानी आउँथ्यो, पार्किङ पनि व्यवस्थित बन्दै थियो’, कर अधिकृत खरेलले भन्नुभयो, ‘चर्काे दबाब आएपछि रद्द गर्नुप¥यो ।’ फेरि पार्किङलाई व्यवस्थित गरेर स्थान छुट्टाएर चालु गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

ठेक्का रद्द गरेपछि करिब ७० जना मजदुरको पेटमा लात हान्ने काम भएको भन्दै मजदुर तथा ठेकेदारहरुले भरतपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नारायणगढ बजारको पार्किङ व्यवस्थापन सहज हुँदै गएको अवस्थामा नगरपालिकाले एकपक्षीय ढंगबाट ठेक्का रद्द गराइएको आरोप लगाइएको छ ।

ठेकेदार रविन्द्र गौतमद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ठेकेदारका कुनै प्रतिनिधिहरुको सहभागिताविना निर्णय भएको बताइएको छ । गौतमले छ महिनाको लागि करारमा ७० जना कर्मचारी नियुक्त गरी पार्किङ शुल्क उठाउन थालेको तथा पार्किङ थाल्दा आफ्नो लगानीसमेत डुबेको बताउनुभयो । ठेकेदारको मागलाई नगरपालिकाको बोर्ड, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायमा राख्ने खरेलले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रका तीन मुख्य क्षेत्रमा पार्किङ व्यवस्थापनको लागि गत असोजमा ठेक्का दिएको थियो । जसअन्तर्गत नारायणी पुलदेखि नहरसम्म र सहिदचोकदेखि लुम्बिनी बैंकसम्मको क्षेत्रको टेण्डर बलबहादुर तामाङले क्रमशः छ लाख ५२ हजार र चार लाख ६३ हजारमा पाएका थिए भने भरतपुर चौविसकोठी अस्पताल लाइनको क्षेत्रको पार्किङका लागि रविन्द्र गौतमले दुई लाख ३७ हजार रुपैयाँमा टेण्डर हात पारेका थिए ।

पार्किङका लागि नगरपालिकाले चारपाङ्ग्रे सवारीसाधनका लागि प्रति दुई घण्टा १० र मोटरसाइकलका लािग पाँच रुपैयाँ शुल्क तोकेको थियो ।

जंगली जनावर बस्तीमा पस्नेक्रम बढ्दो

भरतपुर । वन्यजन्तुहरुको जीवनयापनका लागि उपयुक्त व्यवस्था हुन नसक्दा चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु बस्तीमा पस्नेक्रम बढेको छ । जंगली धु्रबे हात्तीबाट भएको जनधनको ठूलो क्षतिको सामना गरिरहेका माडीवासीको त्रासकाबीच मंगलबार राति फेरि अयोध्यापुरी गाविसमा एउटा जंगली हात्ती बस्तीमा पसेको छ ।

निकुञ्जबाट निस्केको एउटा हात्तीले माडी अयोध्यापुरी गाविस–७ गणेशकुञ्जमा मंगलबार राति स्थानीयको केरा र मकै खाइदिएको छ । राति साढे ९ बजेतिर बस्ती पसेको सो हात्तीले सोक्रममा दुईवटा घरमा क्षति समेत पु¥याइदिएको छ । हात्ती बस्तीमा आएको थाहा पाएपछि निकुञ्जको टोलीले राति २ बजेतिर सो हात्तीलाई सुरक्षित रुपमा निकुञ्ज फर्काएको थियो ।

खानाको खोजीमा हात्तीहरु निकुञ्जबाट पटकपटक छेउछाउका बस्तीमा पस्ने गरेका छन् । जंगली हात्ती बस्तीमा पस्न थालेपछि लामो समयदेखि माडीका बासिन्दा त्रासमा जीवन बिताइरहेका छन् ।

हालै धुबे नामको हात्तीले जनधनको ठूलो क्षति गरेपछि उनीहरुले आन्दोलन नै थालेका थिए । जंगली जनावरको दीर्घकालीन नियन्त्रणलगायतका माग माडीवासीले लामो समयदेखि उठाउँदै आएका छन् । थुप्रै मानिसलाई आक्रमण गरी मारिसकेको धुब्रे हात्तीलाई मार्नुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि हाल निकुञ्जको टोली सो हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जका विभिन्न क्षेत्रमा खटिएको छ ।

दुई साताभन्दा बढी भइसक्दा पनि धु्रबेलाई नियन्त्रणमा लिइएको छैन । जिल्ला प्रशासनले भने धु्रबेलाई मार्न नै आदेश दिइसकेको छ । धु्रबे काण्डमा असफल भएको आरोप लागेपछि सरकारले निकुञ्जका वार्डेन नै परिवर्तन गरेको छ ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी