Tuesday, May 29, 2012

प्रचण्डले घाटमा पनि खाए गाली

काठमाडौ। आजकल प्रचण्डले जताततै गाली मात्रै खाने गरेका छन्,पार्टि भित्र वैद्य पक्षले उनलाई निरन्तर गाली गर्दछ। कांग्रेस एमालेले पनि सरापेसरापै छ्न। मिडियाले पनि त्यही प्रचण्डलाइ मात्रै देख्ने गरेको छ गाली गर्नलाई। हुँदा हुँदा प्रचण्डले घाटमा समेत गाली खाए। आज प्रकाशित जनआस्था साप्ताहिकका अनुसार केहि दिन अघि माओवादी नेता राम कार्कीकी आमाको अन्त्यष्टीमा प्रचण्ड आर्यघाट  पुगेका थिए। उनि पुग्नु भन्दा अघि नै मातृका यादव त्यहाँ थिए। प्रचण्डले मातृकालाई देख्ने वितिकै ओहो मातृका जि के छ भनेका थिए र मातृका पनि औपचारिकता निभाए। त्यसपछि अलिपछि हटेर छेउमा बसेका आफ्ना साथीहरुलाई मातृका भने-'घटिया मान्छे खाली लास हेर्न आउँछ ! बाचुन्जेल वास्ता छैन् !'
 
मातृका यतिमा पनि रोकिएन उनले प्रचन्डले स्वर्गिय सभासद रामकुमारी यादवको उपचारमा पनि वास्ता नगरेको बताएका थिए। प्रचण्डले नै बाबुरामलाई दबाब दिएर कुनै कार्यकारी  पद नदिन भनेको राम कार्कीको बुझाइ रहेको बताइन्छ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी