काठमाण्डौं । रसुवाबाट माओवादी सभासद बनेका प्रेमबहादुर तामाङ आइतबार
संविधानसभाको म्याद सकिएर पदविहीन भएपछि एक/दुई दिनमै झिटीगुन्टा बोकेर घर
फर्कंदै छन् । ‘अब यहाँ बसेर काम छैन । बसको टिकट लिएको छु झिटीगुन्टा
बोकेर रसुवा जान्छु,’ उनले भने, ‘ठूलो स्याब्रुको आलु खाइन्छ, सकेजति
जनताको सेवा गरिन्छ ।’
दुई छोरी र श्रीमतीसहित चार वर्षदेखि मनमैंजु बस्दै आएका तामाङ खर्च धान्न नसक्ने भएकाले घर फर्किन लागेका हुन् । काठमाडौंमा महिनामा ४० हजार खर्च हुने गरेको र अब आम्दानीको स्रोत नभएकाले रसुवा कालिकास्थानस्थित घर फर्कन लागेको उनले स्पष्ट पारे । ‘आफू त गाउँमै हुर्केको मान्छे उतै रमाइलो लाग्छ,’ मंगलबार उनले भने ।
राजधानी छाड्ने सुरमा रहेका तामाङ एक्ला पूर्वसभासद होइनन् । राजधानी बाहिरबाट आएका अधिकांशको हालत उस्तै छ । धेरैले घर फर्किने र उतै राजनीति र सकेको काम गर्ने मनस्थिति बनाएका छन् । ‘अब काठमाडौं धेरै दिन बस्दिनँ,’ सद्भावना पार्टी कोटामा सभासद रहेर पार्टी फुटेपछि राष्ट्रिय सद्भावना पार्टीमा गएकी गौरी महतो कोइरीले भनिन्, ‘सुनसरीको आफ्नै घर फर्कन्छु, उतै बस्छु ।’ बानेश्वर खरीबोटमा श्रीमान् र दुई छोराछोरीसँगै बस्दै आएकी कोइरीले काठमाडौं बस्न खर्चले नधान्ने बताइन् ।
‘यति महँगो ठाउँमा कसरी बस्न सक्छौं ?’ उनले भनिन्, ‘संविधान नबने पनि काठमाडौं आएर नयाँ समाज बझ्न पाइयो, त्यो नै ठूलो कुरा भयो ।’ उनले चार वर्षको अवधिमा काठमाडौंमा बस्दा धेरै कुरा सिकेको बताइन् । ‘सीडीओ, एलडीओ र डीएसपीसँग मात्रै भेट हुन्थ्यो,’ उनले भनिन्, ‘यहाँ आएपछि ठूला मान्छेहरूसँग भेट भयो, धेरै कुरा बुझियो पनि ।’
बाबुराम भट्टराई नेतृत्वको सरकारमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बाट बिनाविभागीय मन्त्री बनेका राजलाल यादवले पनि खर्च धान्न सक्ने स्थिति नभएको बताए । ‘३० हजार रुपैयाँ त खर्च र घरभाडामा सकिन्छ,’ यादवले भने, ‘अब यतिको खर्च कसरी जुटाउनु ?’ स्थायी रूपमा काठमाडौं बस्ने मुडमा आफू नरहेको उल्लेख गर्दै उनले केही दिनमै लहानस्थित फुसको घरमै बस्न जाने सुनाए ।
‘अब कहिले यता कहिले लहान (सिरहा) बस्छु होला,’ उनले भने, ‘एउटा सस्तो र सानो कोठाचाहिँ राख्छु ।’ एमालेको कोटामा सभासद बनेकी स्याङ्जाकी हसिना बेगमले काठमाडौं छाड्न लागेको बताइन् । ‘अब कामै छैन किन बस्नु ?’ उनले भनिन्, ‘एक/दुई दिनमा फ्ल्याट छाड्छु र घर जान्छु ।’ बेगमले लामो समय राजनीतिसँगै तनहुँको दमौलीमा कस्मेटिक पसल चलाएकी थिइन्, त्यही बीचमा उनी समानुपातिकबाट सभासद बनेकी थिइन् । फर्किएर पनि राजनीति र व्यापार दुवै सँगसँगै अघि बढाउने उनको योजना छ । संविधानसभा अवधिको धेरै समय बुद्धनगरमा बसेर पछिल्लो समय कलंकीमा श्रीमानसहित बस्दै आएकी बेगमले यहाँ बस्दा खर्च धान्न नसक्ने बताइन् । ‘सरकारले दिन्थ्यो र पो समस्या थिएन,’ उनले भनिन्, ‘अब कसले खर्च दिन्छ र बस्ने ।’
काभ्रेपलाञ्चोक-२ बाट माओवादीको उम्मेदवार भई चुनाव जितेका अकलबहादुर थिङले पनि घर फर्किनुको विकल्प नभएको बताए । ‘हातमुख जोर्ने बाटो नभएपछि घर फर्किनु परिहाल्यो नि, केही दिनमा झिटीगुन्टा बोकेर घर फर्किन्छु ‘ भनेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
एमालेको कोटाबाट सभासद बनेर प्राकृतिक स्रोत साधन समितिकी सभापतिसम्म भएकी शान्ता चौधरी भने यहीं बस्ने कि दाङ र्फकने भन्ने दोधारमा छिन् । ‘भर्खरैदेखि बच्चाहरूलाई यहीं पढाउन थालेकी थिएँ,’ उनले भनिन्, ‘अब कसरी खर्च धान्ने, कसरी पढाउने ?’ केही दिनमै बस्ने कि फर्कने निधो गर्ने उनले बताइन् ।
माओवादीका अधिकांश सभासद राजधानी बाहिरबाटै प्रतिनिधित्व गर्थे । चार वर्षको अवधिमा संविधान दिन नसके पनि केही सभासदले काठमाडौंमा घर बनाउन भने सफल भएका छन् । केहीले घरजम गरेका कारण राजधानीलाई नै कर्मथलो बनाउनेसमेत देखिन्छ । संविधानसभा चुनावबाट ६ सय १ जना सभासद चुनिए पनि अवसानको घडीमा आइपुग्दा सभासदको संख्या ५ सय ९५ थियो ।
नेम्वाङ डेरा खोज्दै
पूर्वसभासदहरू झिटीगुन्टा बोकेर घर र्फकने तयारीमा जुटिरहेका बेला पूर्वसभामुख सुवास नेम्वाङ पनि ‘निवास’ खोजिरहेका छन् । सभामुखका हैसियतमा नेम्वाङ बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका छन् । ‘म पनि घर खोजिरहेको छु,’ उनले भने, ‘पाउने बित्तिकै सरिहाल्छु ।’ संविधानसभा चुनावमा एमाले उम्मेदवार भई इलाम-२ बाट निर्वाचित नेम्वाङ ९ साउन २०६५ मा सभामुख बनेका थिए । त्यसलगत्तै उनी सरकारी निवास बस्दै आएका थिए ।
सभामुखदेखि संसदीय सभापतिका बोर्ड हटाइयो
संसद् सचिवालयले सभामुख, उपसभामुख, संवैधानिक समिति सभापतिदेखि संसदीय समितिका सभातिका ‘नेमप्लेट’ मंगलबार हटाएको छ । संविधानसभा विघटनसँगै पदीय जिम्मेवारीसमेत हटेपछि उनीहरूको नेमप्लेट हटाइएको हो । स्रोतका अनुसार दलहरूका संसदीय दलका कार्यालयसमेत केही दिनमा सिंहदरबारबाट हटाइने छ । सिंहदरबारमा ३३ दलका कार्यालय छन् ।
तलब लिन घुइँचो
सचिवालयको लेखा शाखामा तलब लिन मंगलबार पूर्वसभासदहरूको घुइँचो थियो । ‘५०/६० जना तलब माग्न आए,’ लेखा शाखाका उपसचिव केशवबाबु अर्यालले भने, ‘भोलि -बुधबार) आउनुहोला भनेर पठाइयो ।’ निवर्तमान सभासदले जेठ महिनाको १४ दिन र बोनसबापत थप एक महिनाको तलब र १५ दिनको घरभाडा पाउने छन् । सभासदका कतिपय स्वकीय सचिवहरूलाई भने सुरक्षाकर्मीले मूलगेटबाटै परिचयपत्र लिएर फर्काइदिएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment