Wednesday, May 30, 2012

माओवादीको संस्थापन र बैद्य पक्ष भावी रणनीति तय गर्दै

काठमाडौं । भावी रणनीति तय गर्न माओवादीको संस्थापन र बैद्य पक्षले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ ।
विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने संस्थापन पक्षको बैठकमा संविधानसभा विघटन, पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुनेछ । यस्तै आगामी निर्वाचनलाई लक्षित गरि जनपरिचालनको कार्यक्रम संञ्चालन गर्ने तयारी भइरहेको पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
संस्थापन पक्षले पार्टी नेतृत्वविरुद्ध आन्दोलन गर्दै आएको बैद्य पक्षसँगको एकता प्रयास तथा संगठन सुद्धिकरणलाई पनि बैठकको एजेण्डा बनाएको छ । बैठकमा पेश गर्ने प्रस्ताव तथा एजेण्डा तयार पार्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार नै नगरकोट जानु भएको छ ।
यस्तै बैद्य पक्षले पनि बैठक बोलाएको छ । बैठकको एजेण्डा तय गर्न बुधबार बसेको पोलिटव्युरो र सल्लाहकारहरुको बैठकले संविधानसभा विघटन हुनुको कारणबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टिकरण दिनु पर्ने निष्कर्ष निकालेको छ । प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै कारण संविधानसभा विघटन भएको भन्दै बैद्य पक्षले त्यसजिम्मा प्रचण्ड र बाबुरामले नै लिनु पर्ने बताएको छ ।
बैठकमा सरकार गठन, संविधानसभा निर्वाचन तथा आगामी रणनीतिबारे छलफल हुने पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी