Tuesday, May 29, 2012

‘खप्पर योगले संविधान बनेन’

काठमाण्डौं । ज्योतिष गणनाअनुसार जेठ १४ शुभ साइत नपरेकाले चार बर्षमा पनि संविधान जारी हुन नसकेको ज्यातिष शास्त्रीहरुले औल्याएका छन् । यस बर्षको बैशाखदेखि असारसम्म अनिष्टकारी खप्पर योग परेको उनीहरुले बताएका छन् ।
‘नेताहरु भौतिक चिन्तनमा लागे’, नेपाल पञ्चाङ निणर्ायक समितिका अध्यक्ष माधब भट्टराईले भन्नुभयो-’ज्योतिषहरुको राय सुझाब लिन नसकेका कारण संविधान आउन सकेन ।’
भट्टराईले विश्वमा सवैभन्दा बढी ज्योतिषी बेलायतमा रहेको र तिनीहरुले पूर्वीय ज्योतिष विद्या आर्जन गरेको औल्याउँदै भट्टराईले नेपालमा ज्योतिषशास्त्रलाई कुनै ध्यान नदिएको गुनासो गरेको खबर राससलाई उदृत गर्दै आजको नागरिक दैनिकले छापेको छ । ‘शास्त्रीय हिसावले ज्योतिष विज्ञान मानवरुपी आँखा हो,’ उहाँले भन्नुभयो-’नेपालमा चाँही यसलाई वेवास्था गरिँदै आएको छ ।’
कार्यक्रममा राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष तिलकराज पौडेलले ज्योतिषशास्त्र अनुसार यस बर्ष बैशाखदेखि असार सम्म अनिष्टकारी खप्पर योग परेकाले नागरिकले बढी पिडा भोग्नुपर्ने बताउनुभएको छ ।
onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी