Monday, May 28, 2012

‘निर्वाचन गर्न पनि संविधान संशोधन हुनुपर्छ’ : निर्वाचन आयोग

काठमाण्डौं । निर्वाचन आयोगले सरकारले चाहेमा मंसिरमा निर्वाचन सम्भव हुने तर त्यसका निम्ति संविधान संशोधन हुनुपर्ने जनाएको छ । त्यसैगरी निर्वाचन ऐन, मतदाता नामावली ऐन लगायतका ऐन तथा नियमावली संशोधन गर्नुपर्ने जरुरी रहेको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिनुभयो ।
‘संवैधानिक व्यवस्था अनुसार निर्वाचन तोक्ने सरकारको जिम्मेवारी हो,’ गुरुङले भन्नुभयो आयोगको दायीत्व तोकेको समयमा निर्वाचन गराउने हो, त्यो सम्भवना छ । अन्तरिम संविधानमा २०६३ मंसिर मसान्तसम्म १८ बर्ष उमेर पुगेकाले मतदान गर्न सक्ने उल्लेख छ । सवैभन्दा पहिले त्यो नै संशोधन हुनुपर्छ ।’
विद्ययमान ऐन, कानुनबाट निर्वाचन गर्न सम्भव नहुने उल्लेख गर्दै गुरुङले त्यसका लागि सरकारले कानुनी संवैधानिक अड्चन फुकाउनुपर्ने आग्रह गर्नुभएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
आयोगले २०६४ सालमा गरेको निर्वाचनमा १ लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको, १० हजार मतदान केन्द्र निर्धारण गरेको थियो । त्यस्तै उक्त समयमा ५ अर्व रुपैयाँ खर्च भएको थियो भने अवको निर्वाचनमा पहिलेको भन्दा दोव्बर खर्च हुने आयोगका प्रवक्ता शारदा प्रसाद त्रितालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी