Monday, May 28, 2012

नेपालमा विश्वकै दोस्रो निर्वाचन केन्द्र

१६ जेठ, काठमाण्डौं । नेपालमा ५ मिनेटमै परिणाम प्राप्त हुने गरी विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । त्यसका निम्ति निर्वाचन नमुना मतदान अभ्यास गर्न कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालयमा विहीबादेखि सुरु भएको छ । आयोगले निर्वाचन शिक्षा र सूचना केन्द्र स्थापना गरेरै यो सम्भव भएको हो ।
सरकारले आवश्यक ठानेमा देशमा नयाँ संविधान बने लगत्तै तीन महिना भित्र जुनपसुकै निर्वाचन गराउन तत्पर रहेको आयोगले प्रतिवद्धता जनाएको छ । ‘नयाँ संविधान जारी भईसकेपछि मुलुकमा विभिन्न तह र चरणका निर्वाचन गर्नप्रति आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले जानकारी दिनुभएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
आयोगले विद्युतीय मतदानका लागि १ करोड ५ लाख भन्दा बढी मतदाताको फोटो सहितको मतदाता नामावली संकलन गरेको छ ।
यसैबीच निर्वाचन आयोग नेपाल र अस्ट्रेलियाली निर्वाचन आयोगबीच निर्वाचन व्यवस्थापनका निम्ति सहयोग आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी