Wednesday, July 4, 2012

नेपाली किशोरी बेच्ने भारतीयलाई कैद

हेटौँडा  । मकवानपुर जिल्ला अदालतले भारतको सुगौला घर भई हाल वीरगञ्ज बस्ने २२ वर्षीय राजकुमार सोनारलाई दुई नेपाली किशोरी भारतको नयाँ दिल्लीमा पु¥याई बेचेको अभियोगमा ३५ वर्षको कैद सजाय एवम् रु. तीन लाख दण्ड गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले बुधबार सो फैसला गरेको हो । अभियुक्त राजकुमार सोनारले हेटौँडा नगरपालिका–६ भौधडा निवासी दुई दिदीबहिनीलाई वीरगञ्जमा जागिर लगाइदिने प्रलोभनमा फसाइ बोलाएका थिए ।
सोनारले ती दुई किशोरी दिदीबहिनीलाई भारतको नयाँ दिल्लीमा पु¥याइ २०६८ पुस १० मा भारु एक लाखमा बेचिएको अपराध स्वीकार गरेका थिए । इजलासले बेचिएका नेपाली दुई किशोरीलाई अभियुक्त राजकुमार सोनारको घर सम्पत्तिबाट जनही रु तीन लाख रकमको दरले क्षतिपूर्ति गराउने फैसला गरेको छ ।
ती पीडित किशोरीलाई माइती नेपाल हेटौँडा शाखामार्फत् गत चैतको पहिलो साता भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी