Wednesday, July 4, 2012

लण्डन ओलम्पिकमा नवलपरासीका दुई खेलाडी

कावासोती । नवलपरासी जिल्लाबाट खेल जीवन सुरू गरेका यहाँका दुई खेलाडीले लण्डन ओलम्पिकमा सहभागी हुन पाउने भएका छन् ।
सुनवल–८ सिरानटोलका बसन्त राना र नारायणी गाविसका तिलकराम थारुले लण्डन ओलम्पिकमा जनाउन पाउने भएका हुन् । तिनीहरुमध्ये रानाले भारतबाट र थारुले नेपालको प्रतिनिधित्व गर्दै छन् । दुबै खेलाडी एथलेटिक्सतर्फका दुई भिन्न इभेन्ट्समा खेल खेल्ने छन् ।
जुलाई २७ देखि अगस्त १२ सम्म लण्डनमा ३०औं गृष्मकालीन ओलम्पिक आयोजना हुने भएको छ ।
भारती सेनाको थड एट पल्टनमा हबल्दार पदमा कार्यरत बसन्त राना नेपालमा रहँदा फुटबल खेलमा नवलपरासी जिल्लाबाट क्षेत्रीय प्रतियोगितासम्म सहभागी भएको जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए ।
२७ वर्षीय राना सो पल्टनमा ११ वर्षदेखि कार्यरत छन् । रानाले फुटबल खेलबाट खेल जीवन सुरू गरेपनि पछिल्लो समय भारतमा रहँदा एथलेटिक्सअन्तर्गत वाकिङ इभेन्ट्समा संलग्न रहँदै आएका हुन् ।
लण्डन ओलम्पिकका लागि मे १२ र १३ मा रुसमा भएको छनौट प्रक्रियामा उनी छनौट हुन सफल भएका थिए । भारतको ५० औं वर्षको इतिहासमा सो इभेन्टसमा छनौट हुने खेलाडी बन्न सफल भएको उनले बताएका छन् । बसन्त रानाले सन् २०११ को जुन २७ मा युरोपियन डवलिङ ग्रान पिक आयरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा वाकिङ रेसतर्फ भारतको लागि रजत पदक दिलाएका थिए ।
नेपालको एथलेटिक्सतर्फ सहभागिताको लागि वाइल्ड कार्ड प्राप्त गरी प्रतिनिधित्व गर्ने अवसर पाएका छैटांै राष्ट्रिय खेलकुदमा कीर्तिमानधारी खेलाडी तिलकराम थारु दोस्रो राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुदबाट उदाएका हुन्  । उनी होनाहार खेलाडी भएको जिल्ला खेलकुद विकास समितिका सचिव केशव रेग्मीले जानकारी दिए ।
थारुले खेल जीवनको तीन वर्षमा ओलम्पिकजस्तो विश्व प्रतिष्ठित खेलकुद प्रतियोगितामा जान पाउनु आफ्ना लागि नदेखेको सपना पूरा भएको खेलाडी थारुले बताए ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी