Wednesday, July 4, 2012

रकम सङ्कलन गर्न राउटेहरु चितवनमा


चितवनका विभिन्न सरकारी निकायमा सहायेग माग्दै जाने क्रममा भरतपुर 
   नगरपालिकामा राउटे समुदायका प्रतिनिधिहरु ।
                                                                                                                                       



भरतपुर । मुख्य पर्व साउने संक्रान्तिका लागि आर्थिक सङ्कलन गर्न राउटेहरु सहर पस्न थालेका छन् । गत वर्षझैं उनीहरुले आर्थिक सङ्कलनको मुख्य केन्द्र स्थानीय निकायलाई बनाएका छन् ।
सहायक मुखिया शिवराज शाहीको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बुधबार चितवनको भरतपुर नगरपालिकाबाट आर्थिक सङ्कलन थालेको छ । मुखिया मुक्तिबल बिरामी भएपछि आफूले साथीहरुलाई लिएर रकम सङ्कलन गर्न नारायणगढ आएको सहायक मुखिया शिवराजले बताउनुभयो । उहाँसँगै दलबहादुर, कपिल, बलाल र जयवाल शाही रहेका छन् ।
उनीहरुले ल्याएको पिर्का उपहार दिएपछि भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत भुवनहरि अर्यालले कार्यालयको तर्फबाट रु पाँच हजार उपलब्ध गराउनुभएको थियो  । उनीहरुले भरतपुर नगरपालिकाबाट मात्रै नौ हजार रुपैयाँ सङ्कलन गरेको सहायक मुखिया शिवराजले बताउनुभयो ।
दाङको दनिपाङ गाविसको नरखोलामा बसोबास गर्दै आएको बताउने सहायक मुखिया शिवराजले अन्य साथीहरु अरु ठाउँमा आर्थिक सङ्कलन गर्न गएको बताउनुभयो । गाडीले निःशुल्क नारायणगढ ल्याइदिएको भन्दै खुुसी व्यक्त गरेको सो टोलीले सङ्कलित रकमबाट खसी काटेर संक्रान्ति मान्ने बताएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी