Friday, July 6, 2012

उपभोक्ताका लागि चेतना अभिबृद्धि गोष्ठी

कोराक÷जनकल्याण सामुदायिक वन उपभोक्ता समिति कोराकले उपभोक्ताको चेतना अभिबृद्धिको लागि संचालन गरेको तीन दिने गोष्ठीको शुक्रबार समापन गरिएको छ । समितिको बार्षिक कार्ययोजना अनुसार संचालन गरिएको गोष्ठीमा वन ऐन, वन सम्बन्धी दश बर्षे कार्ययोजना, प्राकृतिक प्रकोप तथा न्युनिकरणमा उपभोक्ताको भुमिका, वनको महत्व एवम संरक्षण, र इको सिस्टम तथा जलबायु परिवर्तनको बिषयमा उपभोक्ताहरुलाई जनाकारी गराएको थियो । गोष्ठीमा जनकल्याण सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतका दुई सय जना उपभोक्ता सहभागी रहेको थियो । समिति अन्र्तगत पर्ने ओनेवाङ, आ“पपानी र मार्तालमा गोष्ठी संचालन गरिएको हो । कार्यक्रममा समितिका सचिव डिलबहादुर तामाङ, सह सचिव अश्विन गोले, लेखा समिति सदस्य रुपचन बल, मित्र विकास युवा क्लबका अध्यक्ष विलबहादुर रुम्बाले सहजीकरण गर्नुभएको थियो । समितिका अध्यक्ष सोमीलाल मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोमनसिंह रुम्बा, अक्कलबहादुर गोले, कुलबहादुर बल, बुद्धिमाया गोलेलगायतले बोलका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी