Tuesday, July 3, 2012

माल गायव हेर्दा सेन्सर वोर्डको आखाँ नै झिम्किएन


आँखा झिमिक्क माल सामान गायव…. वोलको गीतले अहिले वजारमा राम्रै चर्चा कमाईरहेको छ । लक सिनेमाको यो गीतको शब्द अश्लिल र छाडापन वोकेको धेरैको विश्लेषण छ ।
तर चलचित्र सेन्सरवोर्डले भने यो गीतलाई त्यस्तो कुनै आपत्ति जनाएन न त यो सिनेमाको शब्दलाई नै आपत्ति जनायो । यसैले, गर्दा चलचित्रको कुनै पनि दृश्य नकाटिकनु चलचित्र लकलाई ‘यू’ अर्थात सवैले हेर्न मिल्ने सर्टिफिकेट दिईएको छ । आइतवार वेलुकी यो चलचित्रको सेन्सर पास भएको निर्देशक क्रृषि न्यौपानेले वताएका छन् ।
यस्तै, चलचित्रका शब्दहरुमा पनि सेन्सर वोर्डले कुनै आपत्ति नजनाएको निर्माणपक्षको भनाई रहेको छ । हरि खनालको निर्माणमा तयार भएको यो चलचित्रमा किशोर खतिवडा, वेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ । सेन्सर वोर्डले समेत केही नवोली फुकुवा गरीदिएको माल सामान गायव वोलेको यो गीतले दर्शक तान्ने कुरामा निर्माणपक्ष ढुक्क छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी