Wednesday, July 4, 2012

चार जिल्लामा तीन हजार दुव्र्यसनी

पर्सा । पर्सामा एक हजार २०० को हाराहारीमा लागूऔषधका सेवनकर्ता रहेको पुष्टि भएको छ ।
विद्यार्थी जागरण मञ्च (बिजाम) र नेपाल पत्रकार महासङ्घ पर्साले बुधबार यहाँ आयोजना गरेको ‘सञ्चारकर्मीका लागि एचआईभी र एड्ससम्बन्धी सचेतना कार्यक्रम’ मार्फत यस्तो पुष्टि गरिएको हो ।
बिजामका अध्यक्ष महेश अर्यालले आफूहरुले लागूऔषधका लागि पुनःस्थापना केन्द्र स्थापना गरेको जानकारी दिँदै विशेषगरी २० देखि ३० वर्षको उमेरका युवाले लागूपदार्थको बढी प्रयोग गर्ने गरेको आफूहरुले अध्ययनका क्रममा पाएको बताउनुभयो ।
बिजामले पर्सा जिल्लासहित मध्यतराईका तीन जिल्लाको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । सोअनुसार बारामा सबै प्रकारका ७४७ जना लागूऔषध सेवनकर्ता छन् । त्यसैगरी रौतहटमा ३०६ र मकवानपुरमा ५८३ जना लागूऔषध सेवनकर्ता रहेको बताइएको छ ।
यसैबीच लागुऔषध दुव्र्यसन तथा एचआईभी एड्स रोग न्यूनीकरणका लागि पाँचवर्षे अभियान भक्तपुरमा सुरू भएको छ ।
एचआईभी न्यूनीकरणका क्षेत्रमा २०५४ सालदेखि स्थानीयस्तरमा काम गर्दै आएको प्रेरणा नामक संस्थाले परियोजना नै सञ्चालन गरी जिल्लाभरि सुई साटासाट गरी गरिने लागूऔषध दुव्र्यसन तथा एचआईभी एड्स न्यूनीकरण अभियान सञ्चालन गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा बताइएको हो ।
कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक विकास प्याकुरेलले जिल्लाका भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र १० वटा गाविस छनोट गरी लागुऔषध दुव्र्यसन तथा एचआइभी न्यूनीकरण कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरिएको बताउनुभयो । बाँकी ६ गाविसमा लागूपदार्थ दुव्र्यसनी पाइएमा उनीहरुका लागि पनि जिल्लामा सञ्चालित तीन सेवा केन्द्रबाट सेवा दिइने बताइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी