Tuesday, October 2, 2012

बघौडा स्वास्थ्य केन्द्र छ महिनादेखि प्रमुखविहीन



दक्ष प्राविधिक नहँुदा चार वर्षदेखि एक्सरे मेसिन अलपत्र
विधुर ढकाल
माडी । एक हप्ताअगाडिमात्र चौबीस घण्टाभित्र दुई दिदीबहिनी र एक मेडिकल पर्सनको मृत्यु भएपछि माडीमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाको ध्यान केन्द्रित भयो । 
माडीको गर्दी गाविसमा पुगेर डब्लूएचओको टोली रगतको नमुना पनि लिएर पर्कियो तर पनि यस क्षेत्रका साठी हजार जनतालाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पु¥याइरहेका बघौडा प्राथमिक स्वास्थ्य केन्द्र छ महिनादेखि प्रमुखविहीन भएकोप्रति भने अझैसम्म पनि कसैको ध्यान गएको छैन ।
दैनिकजसो २०० बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य केन्द्र अहिले सिनियर अहेबको भरमा चलेको छ । एक स्वास्थ्य अधिकृतको दरबन्दी कायम रहेको केन्द्रमा अहिलेसम्ममा स्थायी दरबन्दीमा कोही पनि नआएको केन्द्रका सिनियर अहेव शिवप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
स्वास्थ्य अधिकृतको दरबन्दी भए पनि अहिलेसम्म कोही पनि स्थायी दरबन्दीमा आएको छैन’, उहाँले भन्नुभयो, ‘छ महिनाअगाडिसम्म त करारमा डा. सुरज लामिछाने हुनुहुन्थ्यो, उहाँको करार अवधि सकिएपछि जानुभयो ।
डा. लामिछानेको करार अवधि सकिएपछि पटकपटक जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयमा डेलिगेसन जाँदासमेत कुनै सुनुवाइ नभएको उहाँको आरोप छ ।
अहिले ज्वरोको प्रकोप फैलिएको अवस्थामा दैनिक २०० भन्दा बढी बिरामी बहिरंग विभागमा जाँचका लागि आउने गरेकोमा ८० प्रतिशतको हाराहारीमा ज्वरोका बिरामी रहेको सुवेदीले जानकारी दिनुभयो । जेनतेन धानी रहेका छौँ तर पनि जुन सेवा बिरामीले पाउनुपर्ने हो त्यो पाएका छैनन्’, उहाँले भन्नुभयो ।
गर्दी गाविसमा स्वास्थ्य चेतना फैलाउन नसकेका कारण ज्वरोले दुई दिदीबहिनी र अर्का स्वास्थ्य कर्मचारीको मृत्यु भएको उहाँको बुझाइ छ ।
हामीले जुन चेतना फैलाउनुपर्ने हो त्यो सकिरहेका छैनाँै, स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई जाँच गर्दा नै फुर्सद छैन’, घटना घटेपछिमात्र सबैको ध्यान गएको आरोप लगाउँदै सिनियर अहेव सुवेदीले भन्नुभयो, ‘समयमा नै चेतना फैलाउन सकेको भए त्यो घटना हुने थिएन ।
अहिले उक्त क्षेत्रमा ज्वरो नियन्त्रणमा नआउँदासम्मका लागि भनेर जिल्ला जनस्वास्थ्य कार्यालयले दुई जना स्वास्थ्य सहायकलाई पठाएको छ ।
प्राविधिक नहुँदा अलपत्र अवस्थामा रहेको एक्सरे मेसिन
यता, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले भने आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै मन्त्रालय नै नपठाएको बताउनुभयो । हामीले पटकपटक मन्त्रालयमा पत्राचार गरेका छाँै, मन्त्रालयले नै पठाएको छैन’, उहाँले भन्नुभयो ।
स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विकास गर्ने भनेर समुदायको पहलमा एक्सरे मेसिन लिएर राखेको पनि चार वर्ष भइसकेको छ । दक्ष प्राविधिकको अभावका कारण उक्त मेशिन सञ्चालनमा आउन सकेको छैन ।
मेसिन सञ्चालनका लागि जनशक्ति तयार पारेर जनस्वास्थ्य कार्यालयलाई तालिमको व्यवस्था मिलाइ दिन आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको केन्द्रका निमित्त प्रमुख सिनियर अहेव सुवेदीले आरोप लगाउनुभयो । मेसिन चलाउनका लागि जेनेरेटर र सोलारको समेत व्यावस्था भएको छ तर पनि दक्ष प्राविधिक हामीसँग छैन’, उहाँले भन्नुभयो ।
यसैबीच विश्व स्वास्थ्य संगठनको टोली चितवनमा फैलिएको ज्वरोको बारेमा अनुगमन गरी मंगलबार काठमाडांै फर्किएको छ ।
आइतबार चितवन आई चितवनका प्रमुख अस्पताल र माडीमा पुगेर ज्वरोको अवस्थाका बारेमा अध्ययन गरी रगत परीक्षणका लागि ३२ वटा नमुना लिएर टोली मंगलबार काठमाडांै फर्किएको हो । काठमाडौं फर्किनुअघि टोलीले मेडिकल कलेज भरतपुरमा अनुगमन गरेको थियो ।
यसअघि सो टोलीले सोमबार भरतपुर अस्पताल र चितवन मेडिकल कलेज तथा आइतबार माडीका ज्वरो प्रभावित विभिन्न क्षेत्रको अनुगमन गरेको थियो । टोलीमा विश्व स्वास्थ्य संगठनका चार, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका एक जना सहभागी थिए ।
अनुगमनका क्रममा भरतपुर अस्पतालबाट पाँच, चितवन मेडिकल कलेजबाट आठ र माडीबाट १९ जना बिरामीको रगतको नमुना लिइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो ।
काठमाडौ फर्किनुअघि टोलीले जिल्लामा गरेको अनुगमनको प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो । टोलीले संकलन गरेका नमुना राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिने छ ।
चितवनमा विगत साढे दुई महिनाको अवधिमा ज्वरोका कारण १३ जनाको मृत्यु भएको छ भने झण्डै १३ हजार जना ज्वरोका बिरामीले उपचार लिइरहेका छन् ।


दुई नबज्दै बन्द हुन्छ स्वास्थ्य केन्द्र     
माडी । यस क्षेत्रका करिब साठी हजार जनतालाई स्वास्थ्य सेवा दिनुपर्ने बघौडा गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुई नबज्दै बन्द हुने गरेको छ । गत आइतबार चितवन पोष्टकर्मी माडी स्वास्थ्य केन्द्र पुग्दा दुई बज्न अझै १५ मिनेट बाँकी नै थियो तर पनि बिरामी नआएको भन्दै केन्द्रका कर्मचारीले ढोकामा चावी लगाउँदै थिए ।
केन्द्रमा उपचार गराउन आएका बिरामी तथा आफन्तहरु भने डाक्टर खोजिरहेका थिए । अघिल्लो दिन १३ वर्षीय छोरीको रगत जचाउन छाडेका कल्याणपुर२ रामराज्यपुरका तमबहादुर विकले भन्नुभयो, ‘दुई पनि बजेको छैन, बन्द भइसकेछ ।
यता, केन्द्रका कर्मचारी डिल्लीराज घिमिरेले बिरामी नभएका कारण बन्द गरेको जानकारी दिए । बिरामी नभएपछि टेकनाथ सर (केन्द्रका स्वास्थ्य निरीक्षक टेकनाथ मरासीनी) भर्खरै बाहिर निस्कनुभयो ।
सोही विषयमा जानकारी माग्दा केन्द्रका सिनियर अहेव शिवप्रसाद सुवेदीले भने मरासिनी बिदामा रहेको जानकारी दिनुभयो । आमाको मृत्यु भएका कारण उहाँ एक हप्तादेखि बिदामा हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालयसँग बुझ्न खोज्दा यसको बारेमा कुनै पनि जानकारी नआएका प्रतिक्रिया प्राप्त भयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी