Friday, July 6, 2012

विषालु च्याउ खाँदा चार जना बिरामी

भरतपुर । पूर्वी चितवनको पिप्ले गाविसमा विषालु जंगली च्याउ खाएर एकै परिवारका चार जना बिरामी परेका छन् ।
बिहीबार राति च्याउको तरकारी पकाएर खाएका पिप्ले गाविस वडा नम्बर ७ गड्यौलीकी पुष्पा राई र उनका तीन जना छोरी बिरामी परेका हुन् । २५ वर्षीया राईसहित उनका छोरीहरु सात वर्षीया प्रशंसा, छ वर्षीया प्रसुन्ना र १७ महिनाकी प्रश्नाको मेडिकल कलेज भरतपुरमा उपचारपछि घर फर्किएका छन् ।
जंगली च्याउको तरकारी पकाएर खाएलगत्तै उनीहरुमा पेट दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिएपछि छिमेकीले अस्पताल ल्याएका थिए ।
जंगलबाट ल्याएको विषालु च्याउ खाएर चितवनका विभिन्न गाविसमा मानिसहरु बिरामी पर्नेक्रम बढेको छ । अज्ञानता र अशिक्षाका कारण विषालु च्याउको सेवन बढ्न थालेपछि विभिन्न संघसंस्थाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् । विषालु च्याउबारे विकट गाउँका बासिन्दालाई सचेत गराउन व्यापक अभियान आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी