Friday, May 4, 2012

विद्यार्थीसँगको वार्ता विनानिष्कर्ष

भरतपुर । संस्थागत विद्यालयमा भएको शुल्कवृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संघर्ष समिति र विद्यालय संचालकहरु बीच भएको वार्ता शुक्रबार विनानिष्कर्ष सकिएको छ । वार्तामा दुबै पक्षले आ—आफ्नो अडान नछाडेपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको हो ।
वार्तामा सहभागी नेविसंघ चितवनका अध्यक्ष उत्तम जोशीका अनुसार विद्यालय संचालकहरु वृद्धि गरिएको शुल्कमा पुनर्विचार गर्न नसक्ने अडान लिएका कारण सहमति हुन नसकेको हो । उहाँले भन्नुभयो, ‘विद्यालय संचालकहरुले कुनैपनि हालतमा शुल्कमा पुनर्विचार गर्न नसक्ने कारणसहित अडान पेस गर्नुभयो, हामीले पनि हाम्रो तर्फबाट उपायसहित शुल्कमा पुनर्विचार गरिनुपर्ने अडान राख्यौँ ।’
यसका अलावा विद्यार्थीले राखेका अन्य मागका बारेमा संचालकहरु सकारात्मक रहेको समेत जोशीले बताउनुभयो । सञ्चालकहरु १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, सहिद, जनआन्दोलनका घाइते अपाङ्गका छोराछोरीलाई निःशुल्क पढाउनुपर्ने, पूर्वाधार नपुगेका विद्यालयमा पूर्वाधारको व्यवस्था अविलम्ब गर्ने मागमा विद्यालयहरु सकारात्मक रहेको उहाँले चितवन पोष्टलाई जानकारी दिनुभयो ।


भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषधसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई नारायणगढको हङ्कङ् बजारबाट हातमा प्लाष्टिकको झोला बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा भरतपुर–७ का २७ वर्षीय मीनबहादुर गुरुङ र पूmलबारी गाविस–३ का २२ वर्षीय बरुण गुरुङ रहेका छन् । उनीहरुबाट प्रहरीले ६४ एम्पुल डाइजेपाम, ३३ एम्पुल स्टागन, ६५ एम्पुल व्युप्रिनोर्फिन, ११२ एम्पुल फेनारगन र २६ थान सिरिन्ज बरामद गरेको प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुबाट सो परिमाणको लागूऔषध बरामद गरेको उहाँले बताउनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालय भरतपुरले नगरपालिकाका विभिन्न स्थानबाट अवैधरुपमा उत्पादन गरी बिक्रीका लागि राखिएको अवस्थामा अन्दाजी दुई हजार लिटर मदिरा बरामद गरेको जनाएको छ ।
यता, आफ्नो हत्या भएको भन्ने नक्कली एसएमएस पठाइ घरमा जानकारी गराउने एक जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पार्वतीपुर–७ का निरोज सेढार्इंलाई जिल्ला प्रहरी कार्यालय भरतपुरबाट गएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवल वडा नं. ११ इँट्टाभट्टीस्थित न्यु ज्योति गेष्ट हाउसबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
पौडेलले बुटवलबाट आफँैले प्रयोग गरिरहेको मोबाइलबाट बुबा तथा श्रीमतीलाई आफ्नो हत्या भएको एसएमएसबाट जानकारी दिएको उहाँले बताउनुभयो ।

चेपाङ विद्यार्थीहरुलाई निःशुल्क शिक्षा

सिद्धि । चितवनको विकट पहाडी क्षेत्र सिद्धि गाविसका २० जना चेपाङ विद्यार्थीहरुलाई गामबेसीको खबर पत्रिकाले आवासीय व्यवस्थासहित निःशुल्क अध्ययन गराउने भएको छ ।
पूर्वी चितवनको पिठुवा–८ मा रहेको विन्ध्येश्वरी निमाविमा ती विद्यार्थीहरुलाई राख्ने र पढाउने व्यवस्था मिलाइएको छ । सो विद्यार्थीहरुको सम्पूर्ण खर्च गामबेसीको खबर पत्रिकामार्फत उपलब्ध गराइने पत्रिकका सम्पादक केपी किरण शर्माले बताउनुभयो ।
‘विन्ध्यश्वरी गामबेसीको चेपाङघर’ नाम दिइएको सो शैक्षिक अभियानको शुक्रबार एक कार्यक्रमका बीच चेपाङ विद्यार्थीहरुलाई सोही विद्यालयमा भर्ना गरिएको छ ।
प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष शिशिर सिंखडा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामा, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूह सिद्धिका अध्यक्ष सुरज चेपाङ, गामबेसी खबर पत्रिकाका सम्पादक केपी किरण शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चेपाङ विद्यार्थीहरुलाई अबिरको टीका लगाई भर्ना एवम् स्वागत गरिएको थियो । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ती विद्यार्थीहरुले शुक्रबारदेखि नै सो विद्यालयमा आवासीय रुपमा अध्ययन सुरू गरेका छन् ।
विगत लामो समयदेखि विभिन्न चेपाङ बस्तीका ३० जना चेपाङ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको गामबेसीको खबर पत्रिकाले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीमा चेपाङ संग्राहालय निर्माण गर्न लागेको छ भने गत फाल्गुनमा चितवनको पहाडी गाविसका सबै चेपाङहरुलाई करिब ५० हजार थान कपडा निःशुल्क वितरण गरेको थियो ।


विद्यालय तोडफोडको विरोध

भरतपुर । शुल्कवृद्धि गरेर विद्यार्थी भर्ना लिएको भन्दै विद्यार्थी संगठनहरुले गरेको निजी विद्यालय तोडफोडको शिक्षक संघ, संगठनले तीव्र विरोध जनाएका छन् ।
नेपाल शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालयजस्तो पवित्र संस्थामा तोडफोड हुनु ज्यादै निन्दनीय भएको बताइएको छ । तत्कालै शान्ति सुरक्षा कायम गरी बालबालिकाको पठनपाठन गर्न पाउने वातावरण सिर्जना गर्न माग गरिएको छ ।
संगठनहरुले शिक्षक गोपाल ढकाल, रोहित सुवेदी, चौकीदार दिवाकर आचार्यमाथि भएको कुटपिटको पनि विरोध गरेका छन् ।


गोठालो गएका दुई महिलाको हत्या

तानसेन । पाल्पा जिल्लाको बराङ्गदी गाविस–२ घारेखोलामा गाई चराउन गएका दुई महिलाको हत्या भएको छ ।
हत्या गरी काफलको रुखमुनि फालिएको अवस्थामा उनीहरूको शव शुक्रबार भेटिएको छ । हत्या हुनेमा चिर्तुधारा गाविस–८ माझटोलकी ६५ वर्षीया भुनिकला गाहा, र सोही ठाउँकी सिपाही बजै भनेर चिनिने ६० वर्षीया कुमारी गाहा रहेको प्रहरीले जनाएको छ ।
उनीहरू विगत २० वर्षदेखि नै संँगै गाई चराउन जाने गरेका थिए । शवको वरपर रगत बगेको छ भने उनीहरूको छाता, चप्पल पनि फेला परेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी पाल्पाले बताएको छ ।


अन्तर्राष्ट्रिय मिडियामा नेपाली डाक्टरको कथा

अन्तर्राष्ट्रिय मिडियामा नेपाली डाक्टरको कथा

Subscribe | UJYAALO ONLINE :: Nepal News, Nepali Samachar

Subscribe | UJYAALO ONLINE :: Nepal News, Nepali Samachar

Download Programs | UJYAALO ONLINE :: Nepal News, Nepali Samachar

Download Programs | UJYAALO ONLINE :: Nepal News, Nepali Samachar

सरकारमा सहभागीताको विषयमा एमालेमा विवाद

सरकारमा सहभागीताको विषयमा एमालेमा विवाद

माओवादीले प्रकाश र बोगटीलाई सरकारमा पठाउने

माओवादीले प्रकाश र बोगटीलाई सरकारमा पठाउने

किङ् न्युज ः जातिय संघियताको विरोधमा चितवनमा वृह्त मोटरसाईकल ¥यालि



भरतपुर । राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवनले शुक्रबार चितवनमा जातिय संघियताको विरोधमा वृह्त मोटरसाइकल ¥याली सम्पन्न गरेको छ ।
भरतपुरको चोविसकोठी देखि सुरुभएको ¥याली अहिले पूर्वी चितवनको लोथर पुगेको समितिका संयोजक धनवहादुर कार्कीले बताए ।

पुनः भरतपुर कारागार तनाव ग्रस्त

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

Thursday, May 3, 2012

स्थापना दिवसमा महासंघको प्रभातफेरी

भरतपुर । प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार भरतपुरमा प्रभातफेरी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा सम्पन्न प्रभातफेरी महासंघको कार्यालयबाट सुरू भई चौबीसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । पेसागत सुरक्षाको अभाव र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपका कारण पत्रकारहरु मर्कामा परिरहेको अवस्थामा पत्रकारहरु बिहीबार केही समय भएपनि एकजुट भई प्रभातफेरीमा सहभागि भएका थिए । प्रभातफेरीपछि चोबीसकोठीमा आयोजित कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति जनक अर्यालले प्रेस स्वतन्त्रताको हनन् भइरहेको अवस्थामा पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सम्पूर्ण पत्रकारका संघसंगठनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सम्पूर्ण संघसंगठनहरुसँग मिलेर श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नु पर्दछ, त्यसमा महासंघ पनि साथमा छ ।’ चितवनलाई ऐन कार्यान्वयनका दृष्टिले नमुना जिल्ला बनाउने भन्दै पत्रकार ऐन कार्यान्वयनका लागि केन्द्रीयस्तरबाट सम्पूर्ण प्रेससँग सम्बन्धित संघसंस्थाका प्रमुखहरुको उपस्थितिमा सामुहिक प्रतिबद्धता गराउन पहल भइरहेको उहाँले बताउनुभयो ।

तीन पत्रकार पुरस्कृत

यसैबीच सोही अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट तीन वरिष्ठ पत्रकार सम्मानित भएका छन् । पत्रकारिता जगतमा लामो समयदेखि उल्लेख्य योगदान पु¥याएबापत हरेक वर्षझै यसवर्ष पनि वरिष्ठ पत्रकार क्रमशः देवेन्द्र गौतम, दील सहनी र वैद्यनाथ झा सम्मानित हुनुभएको हो । यस्तै रु एकलाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार जगदीश शर्मा पुरस्कृत हुनुभएको छ । त्यसैगरी नगद रु १० हजार राशिको उमासिंह पत्रकारिता पुरस्कार उमेश शाहलाई प्रदान गरिएको छ भने नगद रु एक लाख एक हजार ११ राशिको नेपाल अमेरिका पत्रकार सङ्घ पुरस्कार ग्रामीण भेगमा पत्रकारिताको योगदान पु¥याएबापत हेटौँडाका पत्रकार प्रताप विष्टले प्राप्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, पूर्वअध्यक्ष धर्मेन्द्र झालगायतले प्रेस अधिकार सम्पन्न नभएसम्म जनता सूचित हुन नसक्ने भन्दै नयाँ बन्ने संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो ।

भर्ना अभियानका लागि सडक बालबालिका चुनौती

विधुर ढकाल भरतपुर । सहरका गल्लीमा भौँतारिँदै कबाडी सामान बटुलेर आफ्नो जीवन धाँनिरहेका सडक बालबालिकाहरु यतिखेर सरकारले सञ्चालन गरिरहेको विद्यालय भर्ना अभियानका निम्ति चुनौती बन्न पुगेका छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको विद्यार्थी भर्ना अभियानअन्तर्गत यतिखेर चितवन जिल्लामा दोस्रो चरणका कार्यक्रमहरु सञ्चालनमा छन् तर यी सडक बालबालिकालाई अभियान ‘कागलाई बेल पाक्यो हर्ष बिस्मात’ बन्ने निश्चित छ । सरकारले सरकारी तथा सामुदायिक विद्यालयमा विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गरी विद्यालयमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरे पनि अभियानअन्तर्गत सडक बालबालिकालाई समेट्न गाह्रो काम भएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘सडक बालबालिकालाई यस अभियानअन्तर्गत ल्याउन गाह्रो काम त हो तरपनि हामीले स्थानीय गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छौँ, उहाँहरुले सहयोग गरे हामीले छात्रवृत्तिलगायत पाठ्यपुस्तक उपलव्ध गराउने छाँै ।’ सडक बालबालिकालाई आवास तथा खानाको व्यवस्था गर्ने सरकारको कुनै पनि कार्यक्रम नभएको उहाँको भनाइ थियो । अभिभावक भएका बालबालिकाले त आर्थिक विपन्नताका कारण विद्यालयको मुख देख्न नपाइरहेको अवस्थामा झन् सडक बालबालिकाका न आफ्ना अभिभावक नै छन् न त आफ्नो बस्ने बासको नै व्यवस्था छ । यस्तो अवस्थामा सरकारले सञ्लालन गरेको अभियानअन्तर्गत उनीहरुलाई समेट्ने कुनै पनि कार्यक्रम सरकारसँग छैन । सहरी क्षेत्रमा मात्र होइन, चितवन यस्तो जिल्ला हो जसले राजधानीलाई प्रतिस्पर्धा गर्न सक्दछ । यहीँ यस्ता अभावग्रस्त बस्तीहरु पनि छन् जहाँ शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारहरु पुग्न सकिरहेका छैनन् । ती क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने काम पनि चुनौतीपूर्ण छ । ग्रामीण भेगका बालाबालिकालाई विद्यालयमा पु¥याउनका निम्ति जिल्ला शिक्षा कार्यालयले विभिन्न चरणहरुमा कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो । विद्यालय जाने उमेर पुगेका बालबालिका विद्यालयभन्दा बाहिर नहुन् भनेर सरकारले सञ्चालन गरेको अभियानले शतप्रतिशत सफलता नपाए पनि जिल्ला शिक्षा कार्यालयले लिएको लक्ष्य पूरा हुने शर्माको भनाइ छ । उहाँले भन्नुभयो, ‘हुन त सबै विद्यार्थी विद्यालयमा पुगून् भन्ने अभियानको लक्ष्य हो तरपनि हामीले यस जिल्लामा आगामी चालु शैक्षिकसत्रमा ९७ प्रतिशत बालबालिकालाई विद्यालयमा पु¥याउने लक्ष्य लिएका छौं ।’ जिल्ला शिक्षा कार्यालयले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अझै चार प्रतिशत विद्यालय जान उमेर पुगेका बालबालिकाहरु विद्यालयभन्दा बाहिर रहेका थिए । यस शैक्षिकसत्रमा कार्यालयले यसलाई घटाएर तीन प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

भर्ना अभियानका लागि सडक बालबालिका चुनौती

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

दुर्घटनामा तीन पत्रकारसहित चार घाइते

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–५ खहरेखोलानजिकै भएको सवारी दुर्घटनामा विराटनगरका तीन पत्रकारसहित चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा प्रेस चौतारी कोसीका अञ्चल इन्चार्ज डिल्ली पोखरेल, मोरङ सदस्य इन्दिरा भट्टराई र शान्ता दाहाल रहेका छन् । अर्का एक जनाको नाम खुल्न सकेको छैन । बिहीबार बिहान भएको सो दुर्घटनाका घाइतेमध्ये एक जनाको अवस्था मध्यम र तीन जना सामान्य रहेका छन् । विराटनगरबाट पोखरा जाँदै गरेको ना ३ ख ६५२७ नम्बरको बस पट्टा भाँच्चिएर पल्टिएको हो । घाइते पत्रकारहरु प्रेस चौतारी नेपालको पोखरामा हुने महिला पत्रकारहरुको भेलामा सहभागी हुन जान लागेका हुन् । घाइते पत्रकारमध्ये पोखरेललाई काठमाडौं पठाइएको बताइएको छ । अन्यको भरतपुरमा उपचार भइरहेको छ ।

भरतपुरका निजी विद्यालय तोडफोड

भरतपुर । चितवनमा रहेका प्रमुख चार विद्यार्थी संगठनले बिहीबार भरतपुरका तीनवटा निजी विद्यालय तोडफोड गरेका छन् । शुल्कवृद्धिको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले ती विद्यालयले आन्दोलनविपरीतका कार्य गरेको आरोप लगाउँदै सो तोडफोड गरेको जनाएका छन् । विद्यार्थीहरुले भरतपुरको अरोमा स्कुल, मृगस्थली र शरदपुरको सिद्धार्थ शिक्षा सदनमा तोडफोड गरेका हुन् । तोडफोडका कारण ती विद्यालयका कम्प्युटर कक्ष र प्रिन्सिपलको कार्यकक्षमा क्षति पुगेको छ । वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने र सबै पक्षको संयुक्त बैठक बसेर शुल्क निर्धारण गर्नुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समिति आन्दोलनमा रहेको छ । आन्दोलनका क्रममा जिल्लाका सम्पूर्ण निजी विद्यालयका प्रिन्सिपलको कार्य कक्ष र लेखा शाखामा तालाबन्दीसमेत गरेका छन् । आफूहरु अनुगमनका क्रममा विद्यालयहरुमा जाँदा विद्यार्थी भर्ना कार्य चलिरहेको र केही विद्यालयमा ताला खोलेर काम भइरहेकोले भौतिक कारबाही गरिएको अनेरास्ववियु क्रान्तिकारी चितवनका अध्यक्ष रुद्र भट्टराईले जानकारी दिनुभयो । विद्यालयहरुले भने भर्नाका लागि आएका अभिभावकहरुसँग कुराकानी गरेको तर भर्ना गर्ने कार्य नभएको र ताला पनि नखोलिएको दावी गरेका छन् । निजी विद्यालयका शिक्षकहरुले तलबवृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएपछि प्याव्सन चितवनले यसै शैक्षिकसत्रदेखि करिब २३ प्रतिशत शुल्कवृद्धि गरेको छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले समस्याको समाधान तोडफोडबाट नभइ वार्ताबाट गर्नुपर्ने बताउनु भएको छ । उहाँले तोडफोड र अराजक कार्य रोक्न विद्यार्थी संगठनहरुलाई आग्रह पनि गर्नुभयो । यसैबीच नेपाल इष्टु इलाका नं. २ चितवनले निजी विद्यालय तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष नारायणप्रसाद दवाडीद्वारा जारी विज्ञप्तिमा नेपाल इष्टुका सदस्य रोहित सुवेदी, गोपाल ढकाल र दिवाकर आचार्यमाथि भएको हातपातको विरोध गरिएको छ । वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सबैमा अपिल गरिएको छ ।

चितवनमा पुनर्उत्थान पार्टी गठन

भरतपुर । पुनर्उत्थानवादीको नेपालमा सधै आलोचनामात्रै हुने गरेको छ । तर यही नाम राखेर नयाँ पार्टीको जन्म भएको छ । बैशाख ८ गते सुनसरीमा पुनर्उत्थान नेपाल पार्टी गठन भएपछि बिहीबार चितवन कार्यसमितिको पनि घोषणा भएको छ । सो पार्टीको प्रमुख उद्देश्य पीडितहरुका पक्षमा कानुनमा भएको व्यवस्थालाई कार्यान्वयन गराएर उनीहरुलाई न्याय दिलाउनु रहेको छ । बन्द, हड्तालजस्ता सर्वसाधारणलाई असर पर्ने विरोधशैलीलाई निरुत्साहित गर्ने पार्टीले घोषणा गरेको छ । चितवनको तदर्थ समितिको अध्यक्षमा हेमराज कुमाल रहेका छन् । त्यस्तै उपाध्यक्षमा भरत गुरुङ र सचिवमा ध्रुब श्रीवास्तव चयन भएका छन् । सदस्यहरुमा बिमला कोइराला, देवीबहादुर क्षेत्री, कृष्ण विक र सुजन अधिकारी रहेका छन् । यसअघि सुनसरीमा गठन भएको केन्द्रीय समितिको अध्यक्षमा डिल्लीराम गुरागार्इं रहेका छन् । चितवनमा गठन भएको कार्यसमिति सो पार्टीको पहिलो जिल्ला समिति हो । पार्टीको केन्द्रीय कानुनी सल्लाहकार अधिवक्ता कोषराज काफ्ले हुन् । ‘बाढीपीडित, शिक्षक कर्मचारीलगायत अन्य पेसाकर्मीका बारेमा कानुनमा भएको व्यवस्थासमेत कार्यान्वयन भएन । कार्यान्वयन गर्न अदालतमा मुद्दा दिएपछि पीडितको पक्षमा फैसला भए पनि पीडितले सो फैसला उपभोग गर्न नपाएको अवस्था छ’, अधिवक्ता काफ्लेले भने । नेपालको संविधान र कानुनमा भए गरेका व्यवस्था नै कार्यान्वयन गराउने उद्देश्यले गठन भएकाले आफ्नो पार्टीका बारेमा अन्यथा नसोच्न उनले आग्रह गरे । ‘पीडितका पक्षमा ठूला भनिने दलहरु नलागेकाले पार्टी गठन गरेका हौं’, काफ्लेको प्रष्टीकरण थियो । सरकारी र सार्वजनिक सेवामा समान्तको हकलाई मौलिक हकअन्तर्गत राख्न सो पार्टीले माग गरेको छ । पीडितलाई राहत दिन राज्यले वर्षमा २५ अरब रुपैयाँभन्दा बढी छुट्याए पनि पीडितसमक्ष सो रकम नआएको काफ्लेको भनाइ छ ।

सडक सुधार अभियान बाइपासमा जारी

भरतपुर । सडक सफाइ तथा बजार सुधार अभियानअन्तर्गत बजार व्यवस्थापन समितिले भरतपुरको बाइपासरोडमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको सडक सुधार अभियान जारी राखेको छ । बाइपासरोड वरपरका क्षेत्रमा १५ मिटर कायम गरी सो क्षेत्रभित्र रहेका घर टहरा तथा भौतिक संरचना हटाउने कार्य बिहीबार पनि जारी छ । भरतपुर नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, डिभिजन सडक कार्यालय, उद्योग वािणज्य संघ चितवन र जिल्ला प्रशासन कार्यालयले सो अभियान सञ्चालन गरिरहेका छन् ।

अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण

मेघौली । केयर नेपालको सहयोगमा सञ्चालन भइरहेको ‘सक्षम’ कार्यक्रमअन्तर्गत तीन जिल्लाका साझेदार संस्थाका कार्यक्रम अधिकृत र सहायक लेखा अधिकृतहरुका लागि तीन दिने परियोजना व्यवस्थापन अभिलेखनसम्बन्धी अभिमुखीकरण तालिम भरतपुरमा संचालन भएको छ  ।              
कालिका सामुदायिक महिला विकास केन्द्र माडीका कार्यक्रम अधिकृत कृष्ण पन्त र लेखा अधिकृत उर्मिला सापकोटा, दलित सामाजिक विकास केन्द्र, कपिलवस्तुका गोविन्द धवल, प्रेमनाथ हरिजन र ग्रामीण महिला सेवा केन्द्र, मकवानपुरबाट पम्फा पुरी र सुरज शाही गरी जम्मा ६ जनाको सहभागिता रहेको छ ।
केयर नेपाल भरतपुरका अभिलेखन तथा सिकाइ अधिकृत छनबहादुर भट्टचनले अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो भने व्यवस्थापनमा सहयोग ‘सक्षम’ परियोजनाका कार्यक्रम अधिकृत कृष्ण पन्तले गर्नुभएको थियो ।
यसैबीच समुदायस्तरमा महिलाहरुमा देखा पर्ने मनोसामाजिक समस्यालाई सहयोग पु¥याउने अभिप्रायका साथ गुञ्जनगर गाविसमा सामुदायिक मनोसामाजिक सहयोग केन्द्र गठन गरिएको छ ।
केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्र माडीद्वारा सञ्चालन गरिएको ‘सक्षम’ परियोजनाले विगत दुई वर्षदेखि समुदायस्तरमा महिला अधिकार, शान्ति र सहभागिताका साथै मनोसामाजिक समस्यामा परेकाहरुको लागि मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ ।


Advertising - Introduction to advertising

Wednesday, May 2, 2012

‘विद्यालय जाऔं’ अभियानमा तीव्र विवाद

अखिल क्रान्तिकारीमा पार्टी गुटको प्रभाव   
 विधुर ढकाल
भरतपुर । ‘जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी’ भन्ने नारा लिएर सबै विद्यार्थीलाई एउटै झण्डामुनि गोलबन्द गर्छाैं भन्दै हिँड्ने अखिल क्रान्तिकारी चितवनमा अहिले गुट उपगुटका कारण पानी बाराबारको स्थिति उत्पन्न भएको छ । एकीकृत नेकपा माओवादीभित्र देखिएका तीन गुटको प्रभाव यसको भ्रातृ संगठनमा पनि परेको हो ।
पछिल्लो समयमा बुधबारबाट अखिल क्रान्तिकारीको केन्द्रीय निर्णयअनुसार सुरू गर्ने भनेको ‘विद्यालय जाऔं’ अभियानले संगठनभित्र झन् झगडाको बीउ छर्ने काम गरेको छ । जसका कारण जिल्लामा एकै समिति रहे पनि अभियान भने फरकफरक गुटले छुट्टाछुट्टै लैजाने भएका छन् ।
मंगलबार भरतपुरको नारायणी उच्च माविबाट ‘प्रचण्ड’ पक्षीय विद्यार्थीहरुले अभियान सुरू गर्दा वैद्य समूहका विद्यार्थीहरु त उपस्थित भएनन् नै प्रचण्डनजिक बाबुराम भट्टराई पक्षीय विद्यार्थीले समेत बहिस्कार गरेको जनाएका छन् ।
बाबुराम पक्षीय जिल्ला सदस्य विनोद पौडेलले भने, ‘प्रचण्ड पक्षका साथीहरुले एकलौटी ढङ्गले कार्यक्रमअगाडि बढाउने निर्णय गर्नुभयो, हाम्रो त्यसमा विमति हो, हामीले छलफल गरिरहेका छौं ।’
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रुद्र भट्टराईको समूहले पनि अभियानलाई छुट्टै लैजाने बताएको छ । यसबारेमा उनीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । अध्यक्ष भट्टराई नेतृत्वको समूहले गरेका हरेक निर्णय र सहमतिको विरुद्धमा प्रचण्ड पक्षीय उपाध्यक्ष दीपक भुषालले विरोध गर्दै विज्ञप्ति जारी गर्ने गरेका छन् ।
चितवनमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन, नर्सिङ कलेजको आन्दोलन, निजी विद्यालयको शुल्कवृद्धिको आन्दोलनमा वैद्य पक्षीय क्रान्तिकारी संयुक्त विद्यार्थी संघर्ष समितिसँगै आन्दोलनमा देखिएको छ भने अन्य समूह एकलरुपमा अगाडि बढेका छन् ।
अखिल क्रान्तिकारीभित्रको यो विवाद अहिलेको भने होइन, यसको जिल्ला सम्मेलनदेखि विवादको आगो सल्किएको देखिन्छ । सम्मेलनताका सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको विवादले जिल्ला सम्मेलनसमेत प्रभाव पार्ने काम ग¥यो । विवाद सिद्धान्तमा नभएर नेतृत्वमा अल्झियो ।
सम्मेलनमा नै प्रमुख अतिथि भएर आएका केन्द्रीय अध्यक्ष हिमाल शर्माको विरुद्धमा नारा पनि लगाइयो । घटनाको छानविन गर्न भन्दै आएका उपाध्यक्ष जागृत रायमाझी, केन्द्रीय सचिवालय सदस्य रत्न ढकाल र मानुषी यमी भट्टराईको टोली छानविन टोलीमै सीमित भएको बाबुराम पक्षको नेतृत्व गरिरहेका जिल्ला सदस्य पौडेलको आरोप छ ।
समानान्तर कमिटीहरुको गठन नभए पनि एक पटक पनि पूर्ण बैठक बस्न नसकेको अर्का जिल्ला सदस्य दिलीप पौडेलले बताए । फरकफरक समूहका बैठक बसी फरकफरक कार्यक्रम लिएर जाने गरेका छन् उनीहरु । जसको परिणाम स्वरुप अखिल क्रान्तिकारीले आयोजना गरेको अन्तरकलेज फुटबल प्रतियोगितामा असहमति जनाउँदै प्रचण्ड पक्षीय तथा बाबुराम पक्षीय समूह सहभागी भएनन् ।
सोमबारमात्र मित्रमणि दिवसको कार्यक्रममा सहभागी हुन आएका संगठनका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीको कार्यक्रममा वैद्य पक्षीय विद्यार्थी सहभागी भएनन् । कार्यक्रम जिल्ला उपाध्यक्ष दीपक भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो  ।
वैद्यपक्षीय जिल्ला नेतृत्वप्रति लक्षित गर्दै प्रचण्ड पक्षीय केन्द्रीय सदस्य सीता न्यौपानेले भनिन्, ‘उनीहरुले केन्द्रीय कार्यक्रमलाई बेवास्ता गर्दै हिँडेका छन् ।’
चितवनमा वैद्य पक्षीय जिल्ला अध्यक्ष भट्टराईलाई केन्द्रीय सचिवालय सदस्य लालबहादुर तामाङले साथ दिएका छन् भने प्रचण्ड पक्षीय उपाध्यक्ष भुषाललाई सचिवालय सदस्य नारायण आचार्य र केन्द्रीय सदस्य सीता न्यौपानेले साथ दिएका छन् । बाबुराम पक्षको साथमा केन्द्रीय नेतृत्व नभए पनि केन्द्रसँग सहकार्य गरेर अगाडि बढिरहेको बाबुराम पक्षीय पौडेलले बताए ।

‘ऐन कार्यान्वयनमा महासंघको भूमिका कमजोर’

भरतपुर । चितवनका पत्रकारसँग आवद्ध तीन संघसंस्थाहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघ चितवनको भूमिका कमजोर भएको निष्कर्ष निकालेका छन्  ।
नेपाल प्रेस युनियन चितवन, प्रेस चौतारी नेपाल चितवन र क्रान्तिकारी पत्रकार संघ चितवनको बुधबार सम्पन्न बैठकले श्रमजीवी ऐन कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न महासंघसँग माग गरेको छ ।
जिल्लाका सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन महासंघलाई ती संस्थाहरुले एक साताको अल्टिमेटमसमेत दिएका छन् । यसका लागि महासंघ चितवन गम्भीर नभए आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन पत्रकार महासंघको भूमिका कमजोर भएको निष्कर्ष निकालिएको छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘महासघले ऐन कार्यान्वयन गराउन नलागे चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ ।’
युनियनका अध्यक्ष बसन्त पराजुली, चौतारीका अध्यक्ष शालिग्राम नेपाल र क्रान्तिकारी पत्रकार संघका संयोजक सुरेशचन्द्र अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारहरुको शुद्धीकरणका लागि पनि महासंघसँग आग्रह गरेको छ ।
‘महासंघको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको प्रतिनिधित्व रहने गरी कार्यदल बनाएर महासंघको सदस्यता शुद्धीकरण अभियान थालियोस्’, विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रेस र प्रेसका नाममा भइरहेका दुरुपयोग र विकृति रोक्न अनुगमन तथा नियन्त्रणतर्फ गम्भीर बन्न युनियन, चौतारी र क्रान्तिकारीले महासंघलाई आग्रह गरेका छन् । पत्रकारमाथिको आक्रमण रोक्न र सुरक्षाको प्रत्याभूति गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्रकार स्वयम्लाई पनि जिम्मेवार बन्न बैठकले आग्रह गरेको छ ।


 

जातीय संघीयताविरुद्ध दललाई ज्ञापनपत्र

भरतपुर । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवनले बुधबार चितवनका छ राजनीतिक दलका प्रमुखहरुलाई जातीय संघीयताको विरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक धनबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले सुरूमा नेपाली काँग्रेसको पार्टी कार्यालय कमलनगरबाट पुगी ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन गएको टोलीलाई जिल्ला सभापति विकास कोइरालाले समितिले उठाएको मुद्दा नेपाली काँग्रेसको पनि भएको बताउनुभएको थियो ।
त्यस्तै उनीहरुले एकीकृत नेकपा माओवादी नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र राप्रपाको पार्टी कार्यालय पुगी ज्ञापनपत्र बुझएका हुन् । ब्राह्मण समाज नेपाल चितवन, क्षत्री समाज नेपाल चितवन, ठकुरी कल्याण समाज चितवन र नेपाल दसनामी समाज चितवनका प्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
जातीय संघीयताले देश विखण्डन गर्ने भन्दै उनीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका थिए । संविधानमा अन्यमा पारिएका जातिलाई आदिवासीको सूचीमा सूचीकृत गरिनुपर्ने, जातीय आरक्षण नभई वर्गीय आधारमा आरक्षण कायम गर्नुपर्ने र राज्य पुनर्संरचना गर्दा चितवनलाई अखण्ड राखिनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।


शुल्कवृद्धि खारेजीको माग

शुल्कवृद्धि खारेजीको माग
नारायणगढ । प्याव्सन चितवनअन्तर्गत रहेका विद्यालयहरुले यसै शैक्षिक सत्रदेखि भर्ना र मासिक शुल्कमा २३ प्रतिशतसम्म शुल्कवृद्धि गरेकोमा त्यसको खारेजीको माग गरेको छ ।
अखिल क्रान्तिकारीको अध्यक्ष रुद्र भट्टराई, नेविसंघ चितवनका सचिव परमेश्वर खनाल, अनेरास्ववियु चितवनका अध्यक्ष निरज भट्ट, अखिल छैटौंका अध्यक्ष रमेश केशीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा शुल्कवृद्धि खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको छ । बैशाख २१ देखि बैशाख २५ गतेसम्म विद्यालयहरुको अनुगमन गर्ने, वैशाख २६ गते मंगलबारदेखि प्याव्सन चितवन अन्तर्गतका विद्यालयहरुको अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।


अविश्वासको प्रस्ताव सामना गर्न माओवादी र मधेसी मोर्चा तयार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अविश्वासको प्रस्ताव सामना गर्न माओवादी र मधेसी मोर्चा तयार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर थियोः प्रचण्ड

काठमाडौं कब्जा गरेर सिधै राष्ट्रपति बन्ने रहर थियोः प्रचण्ड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Tuesday, May 1, 2012

मूढाभार कुलोको स्विस राजदुतद्वारा उद्घाटन

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

मई दिवसले छोएन कडा श्रम गर्ने मजदुरलाई

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

नारा ‘विश्वका मजदुर एक हौं’, कार्यक्रम छुट्टाछुट्टै

मजदुरका आवाज कम, गालीगलौज बढी  

विधुर ढकाल
भरतपुर । ‘संसारभरका मजदुरहरु एक हौँ’ नारा तर व्यवहारमा भने मिल्न सकेनन् चितवनका माओवादीनिकट मजदुरहरु । फलस्वरुप एउटै संगठनको दुईवटा सभाहरु सम्पन्न भए भरतपुरमा । मंगलबार १२३ औँ मई दिवसको अवसरमा आयोजित दुबै कार्यक्रममा मजदुरका आवाजहरु कम उठे भने बढी समय एकअर्कामा सत्तोसराप गर्नमा नै अधिकांश समय खर्चिए वक्ताहरुले ।
एकीकृत नेकपा माओवादीभित्रको विभाजन यसका भातृ संगठनहरुमा पनि प्रष्ट रुपमा परेको छ । सधै अर्काे पार्टी र अर्काे संगठनलाई मिलेर गाली गर्ने माओवादी नेताहरु फरकफरक मञ्चमा उक्लिनासाथ एकले अर्कालाई गाली गर्नमा नै समय खर्चन थालेका हुन् । यही नियति दोहोरियो मंगलबारका दुई सभामा पनि ।
माओवादी संस्थापनपक्षनिकट मजदुरहरुले आयोजना गरेको सभालाई हाकिमचोक हाटबजारमा सम्बोधन गर्दै ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले वैद्यपक्षलाई गाली गर्दै उग्रवापन्थीको आरोप लगाए भने वैद्यपक्षका मजदुरले आयोजना गरेको वीरेन्द्र क्याम्पसको सभालाई सम्बोधन गर्दै माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचण्ड र बाबुरामले क्रान्तिलाई बिर्सेको आरोप लगाए ।
हाकिमचोकको हाटबजारमा भएको सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका सचिव वोगटीले क्रान्ति बन्दुकले मात्र गरिन्छ भन्नु गलत भएको भन्दै भन्नुभयो, ‘क्रान्तिका अनेक बाटाहरु हुन्छन्, कोही बाङ्गाटिङ्गा पनि, हामीले पहिले बन्दुक बोकेर क्रान्ति ग¥यौँ अहिले टेबलमा बसेर गर्दैछौँ ।’
उहाँले वैद्यपक्षप्रति लक्षित गर्दै भन्नुभयोे, ‘हिजो नेतृत्वलाई गद्दार भनी हिँड्नेहरु कहाँ गए ? तपार्इंहरु आफूलाई समाल्नुस् भीरबाट खसेको गोरूलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न ।’
त्यस्तै सभालाई सम्बोधन गर्दै माओवादी पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले वैद्यपक्षले दोधारे चरित्र देखाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु क्रान्ति बिर्सेको भन्दै अध्यक्ष क. प्रचण्ड र उपाध्यक्ष क. बाबुरामको पुत्ला जलाउनुहुन्छ, फेरि अर्काे दिन शान्ति बाटिकमा गएर शान्ति र संविधानका लागि भन्दै हस्ताक्षर संकलन गर्नुहुन्छ ।’
क्रान्ति गोला बारुद् र ध्वंसलाई ठान्नु जडता भएको नेता आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी फेला परेको सानो माछोलाई समालेर राख्न चाहन्छौं तर उहाँहरु ठूलो माछोको आशमा छोपेको सानो माछोलाई  पानीमा फालेर प्वालमा हात हाल्ने भन्नुहुन्छ ।’
कम्युनिष्टहरुको लक्ष्य भनेको साम्यवाद भएको बताउँदै प्राप्त उपलव्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य ओमप्रकाश वाग्ले, पूर्वजनमुक्ति सेना संघका केन्द्रीय सदस्य जनक विष्टलगायतले बोल्नुभएको थियो ।
यता, वैद्यपक्षको सभालाई वीरेन्द्र बहुमुखी क्याम्पसमा सम्बोधन गर्दै चन्दले पार्टी अध्यक्ष प्रचण्डले जनमुक्ति सेनालाई काँग्रेस–एमालेको पाउमा चडाएपछि उनीहरुले माओवादीलाई टेर्न छाडेको आरोप लगाउनुभयो । ‘काँग्रेस–एमालेले अहिले माओवादीलाई टेर्न छाडे’, उहाँको थप भनाइ थियो, ‘हाम्रा जनमुक्ति सेनाका योद्धाहरुको मनोबल नै गिर्ने गरी सेनालाई बुझाएपछि काँग्रेस–एमालेले नटेरेका हुन् ।’
जनताका अगाडि जनताकै अधिकार सुरक्षा गराउन माओवादीलाई कसैले पनि रोक्न नसक्ने उहाँको टिप्पणी थियो । पहिलेका क्रान्तिकारी प्रचण्ड र बाबुराम अब नरहेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘हामीले क्रान्तिकारी प्रचण्ड र बाबुराम खोजेका हांै । हामीले पुँजीवादका अगाडि घुँडा टेक्ने नेतृत्व खोजेका हैनांै ।’
पार्टी नेतृत्वले क्रान्ति बिर्सिएर आत्मसमर्पण गरेको आरोप लगाउँदै स्थायी समिति सदस्य चन्दले पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईलाई क्रान्ति नर्बिसन र जनताको अधिकार रक्षाका लागि लड्न आग्रह पनि गर्नुभयो ।
सो कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’, जिल्ला इन्चार्ज अनिल शर्मा ‘विरही’, मजदुर नेता घननाथ सापकोटालगायतले बोल्नुभएको थियो ।
यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका माओवादी सचिव वोगटीले अब बन्ने संविधान मजदुरमैत्री बन्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब बन्ने संविधानमा मजदुरहरुको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चिताका लागि माओवादीले अन्य दलहरुसँग छलफल गरिरहेको छ ।’
पहिचानसहितको राज्य पुनर्संरचना नमान्नेहरु आफँै पतन भएर जाने उहाँको चेतावनी थियो । उहाँले भन्नुभयो, ‘जनजातिहरु जातमा विकास भएका छैनन्, यिनीहरु जाति हुन्, एक समूदाय भनेको राष्ट्रियता हो, उनीहरुलाई पहिचान दिइनु पर्दछ ।’
अन्य जातिमा सूचीकृत ब्राह्मण क्षेत्रीलगायतका जातलाई आर्य खस जातिमा समावेश गरी उनीहरुको पहिचान सुनिश्चित गरिने पनि उहाँको भनाइ थियो ।

श्रमिकमैत्री संविधानमा मजदुरहरुको जोड

 नारायणगढ । अब बन्ने संविधानमा श्रमिकको हक हितका मुद्दाले प्राथमिता पाउनुपर्ने मंगलबार नारायणगढमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नारायणगढको बुद्धपार्कमा नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रले आयोजना गरेको सभामा बोल्दै वक्ताहरुले श्रमिकमैत्री संविधान बनाउनमा जोड पनि दिएका छन् ।
सभामा ट्रेड युनियन काँग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यले नीतिगत निर्णायक तहकमै कम्तीमा १० प्रतिशत मजदुर सहभागिता हुने संविधान बनाउन माग गर्नुभयो । ‘संविधान निर्माणका क्रममा नै मजदुरको सहभागिताको सुनिश्चितता चाहिँन्छ’, उहाँको भनाइ थियो, ‘श्रमिकको बुर्इं चढेर सरकारमा पुगेकाहरुले श्रमिककै मुद्दा बिर्सने बाँनीले पनि हाम्रो मुद्दा ज्यूँकात्यूँ रहेको हो ।’
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति विकास कोइराला, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, कारखाना मजदुर काँग्रेसका केन्द्रीय उपाध्यक्ष टेकेन्द्र पौडेल, युनियनका केन्द्रीय सदस्य भरत खनाल, महिला संघ चितवनकी अध्यक्ष ठाकुर कुमारी पौडेल, शिक्षक संघका जिल्ला अध्यक्ष महेन्द्र पौडेललगायतले बोल्नुभएको थियो  ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष लक्ष्मण भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । यसअघि युनियनले नारायणगढको पुलचोकबाट ¥याली आयोजना गरेको थियो ।
त्यस्तै नेपाल शिक्षक युनियन जिल्ला कार्यसमिति चितवनले पनि श्रमिक दिवस मनाएको छ ।
त्यस्तै एम्नेष्टी इन्टरनेशनल नेपाल चित्रवन समूह–६४ रत्ननगरले आयोजनामा आप्रवासी श्रमिकहरुको अधिकारको सुनिश्चितताको माग गर्दै रत्ननगरमा ¥याली निकालेको थियो । कार्यक्रम समूह सचिव वीरेन्द्रकुमार चौधरीको संयोजकत्वमा भएको थियो । 

वाम राजनीतिज्ञ भट्टराई अभिनन्दित

भरतपुर । वाम तथा लोकतान्त्रिक आन्दोलनका अगुवा लेखनाथ भट्टराईलाई मंगलबार भरतपुरमा अभिनन्दन गरिएको छ । मदन भण्डारी फाउन्डेसन र नागरिक समाज चितवनले संयुक्तरूपमा समाजसेवी भट्टराईको अभिनन्दन गरेका हुन् ।
भट्टराईलाई अभिनन्दन गर्दै कार्यक्रमकी प्रमुख अतिथि नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले राज्य पुनःसंरचनामा जाँदा धेरै प्रदेश बनाएमा देश थप द्वन्द्वमा फस्ने बताउनुभएको छ । उहाँले सातभन्दा बढी प्रदेश हुन नहुने बताउनुभयो । उपाध्यक्ष भण्डारीले जातीय राज्य हुन नहुने भन्दै सहमतिका आधारमा प्रदेशको निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।
एमालेको सङ्घीय मामिला विभागले पनि सातदेखि आठ प्रदेशमात्र सिफारिस गरेको भन्दै उहाँले एमालेका नाममा धेरै प्रदेश बनाउने भन्ने कुरा पार्टीको आधिकारिक धारणा नभएको प्रष्ट पार्नुभयो । माओवादी र मधेशवादी दलहरुले मुलुकलाई थप द्वन्द्वमा लैजान चाहिरहेको आरोप लगाउँदै उहाँले जातीय राज्यमा जाँदा अनन्तकालसम्म देश द्वन्द्वमा फस्ने बताउनुभयो ।
सो अवसरमा फाउन्डेसनका अध्यक्ष जेएन थपलिया, नागरिक समाजका उपाध्यक्ष नारायणसिंह कुँवर, नेकपा (एमाले)का विजय सुवेदी, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, बुद्धिजीवी रमाकान्त सापकोटा, रामप्रसाद न्यौपानेलगायतले अभिनन्दित व्यक्तित्व भट्टराईको योगदानको चर्चा गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य र व्यवसायका अतिरिक्त राजनीतिक क्षेत्रमा क्रियाशील ६५ वर्षीय भट्टराई हाल नेकपा (एमाले) चितवनको सल्लाहकार परिषद्को अध्यक्ष हुनुहुन्छ ।


विद्युत् चोरीको ५२ आरोपी नियन्त्रणमा

रत्ननगर । नेपाल विद्युत् प्राधिकरण भरतपुर र रत्ननगरले विद्युत चोरी गरी बलेको आरोपमा ५२ जनालाई  मंगलबार नियन्त्रणमा लिएको छ ।
प्राधिकरणको टोलीले वीरेन्द्रनगर गाविसका विभिन्न वडाहरुबाट २२ र खैरहनी गाविसबाट तीन जनालाई नियन्त्रणमा लिएको हो भने दिव्यनगर, शुक्रनगर, मेघौलीलगायतका गाविसबाट २७ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा पत्रकारसहित गएको प्राधिकरणको टोलीले पूर्वी तथा पश्चिम चितवनबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ ।
विद्युत चोरी गर्ने अधिकांशले मोटर बाइपास र केबल कट गरी चोरी गरेको प्राधिकरणका फोरम्यान विष्णु नेपालले जानकारी दिनुभयोे । विद्युत् चोरी गर्नेमा बोर्डिङ स्कुलका प्राचार्यदेखि प्रहरीसम्म रहेको उहा“ले जानकारी दिनुभयो ।
मंगलबार पक्राउ पर्नेहरुमा अधिकांश महिला रहेका छन् । उनीहरुसँगै तीनवटा फ्रिज, चारवटा टिभी, चारवटा पानी तान्ने मोटर, एउटा काठ चिर्ने मोटर र एउटा कम्प्युटर पनि बरामद गरिएको फोरम्यान नेपालले जानकारी दिनुभयो ।
पूर्वी चितवनमा पक्राउ परेका सबैलाई दिनभर इलाका प्रहरी कार्यालय रत्ननगरमा राखी जरिवाना तिराएर छाडिएको रत्ननगर शाखाका सुपरभाइजर जयन्तीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्राधिकरण रत्ननगरले यो आर्थिक वर्षमामात्र विद्युत् चोरी गरी बाल्ने १४० जनालाई नियन्त्रणमा लिई जरिवाना लिएर छाडेको उहा“ले जानकारी दिनुभयो । जरिवाना स्वरुप झण्डै १२ लाख राजस्व संकलन भएको प्राधिकरण टा“डी वितरण केन्द्र रत्ननगरले जनाएको छ ।


आन्दोलनलाई सशक्त बनाइने

भरतपुर । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवनले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने भएको छ ।
मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक धनबहादुर कार्कीले सम्पूर्ण राष्ट्रप्रेमीलाई एकभएर आन्दोलनमा समाहित हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्रचार समिति संयोजक ईश्वर गिरीले आज बुधबार प्रमुख दलको कार्यालयमा धर्ना दिने बताउनुभयो ।
समितिले बैशाख २२ गते मोटरसाइकल ¥याली, २३ गते वीरेन्द्र बहुमुखी क्याम्पसमा आमसभाको आयोजना गरेको समेत गिरीले जानकारी दिनुभयो ।


नदी किनारको सरसफाइ

नारायणगढ । नारायणी टोल विकास संस्था र सम्झना टोल विकास संस्थाको आयोजनामा नारायणी नदी किनारमा सरसफाइ गरिएको छ ।
भरतपुर सशस्त्र प्रहरी बल आँपटारीका प्रहरी निरीक्षक आरपी खनालको नेतृत्वमा ३० जना प्रहरीको उपस्थितिमा सरसफाइ कार्यक्रम भएको थियो । सरसफाइमा नारायणी टोलका अध्यक्ष शुक्रकुमार श्रेष्ठ, सम्झना टोलका दीपक शाही ठकुरीसहित सम्पूर्ण कार्यसमिति र टोलवासीहरु सहभागी थिए । लीलाचोकबाट पुलचोकसम्मको नदी किनारमा सरसफाइ गरिएको थियो ।


अपराध रोक्न अन्तक्र्रिया

भरतपुर । सामुदायिक सेवा केन्द्रले अपराध न्यून तथा रोकथामको लागि मंगलबार अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
‘सामाजिक अपराध विकृति, विसंगती न्यूनीकरण तथा रोकथामका लागि सरकारी र सामाजिक संस्थाहरुको सक्रियता र प्रतिबद्धता आजको आवश्यक्ता’ भन्ने विषयक अन्तक्र्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा नागरिक समाजका केदार मल्ल, उद्योग वाणिज्य संघका उपाध्यक्ष सहन प्रधान, वडा स्तरीय टोल विकास संस्थाका अध्यक्ष जिप्रका चितवनका सामुदायिक शाखाका प्रनि किशोरकमुार श्रेष्ठलगायतले मन्तव्य दिनुभएको थियो ।


जातीय आधारमा संघीयता हुन नहुने

नारायणगढ । कोइली युथ एसोसिएसन चितवनले कुनै हालतमा जातीय आधारमा संघीयता हुन नहुने भन्दै विरोध गरेको छ ।
एसोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी संविधान जेठ १४ मै जारी हुनुपर्ने, चितवनलाई छुट्टै संघीय इकाइको रुपमा गठन गरिनुपर्ने र चितवनलाई संघीय राजधानी घोषणा गरिनुपर्ने माग गरेको छ । मागप्रति गम्भीर नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।



चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेशको माग

भरतपुर । थारु संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन समितिले चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट स्वायत्त प्रदेशको माग गरेको छ ।
त्यस्तै सिराहादेखि पूर्व झापासम्म पूर्वी थरुहट कोचिला प्रदेश, पर्सादेखि धनुषासम्म मध्य तराई सिम्रौनगढ स्वायत्त प्रदेश हुनुपर्ने माग गरिएको छ । संघर्ष समितिले ऐतिहासिक जातीय पहिचान, आत्मनिर्णयको अधिकार, राजनैतिक अग्राधिकार, स्वायत्तता, भाषा र उत्पीडित क्षेत्रहरुको अधिकारसहित नयाँ संविधान समयमै जारी गर्न पनि माग गरेको छ ।
समितिले माग पूरा गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।






‘कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । आमसञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक सुरक्षा सुनिश्चित गर्न निर्माण गरिएका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल पे्रस युनियनद्वारा मंगलबार यहाँ आयोजित ‘श्रमजीवी पत्रकारका जल्दाबल्दा मुद्दामा युनियनको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागीले पत्रकारहरुको सुरक्षा दिनानुदिन गम्भीर समस्या आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँहरुले सरकारले पत्रकारको हकहितका लागि पर्याप्त कानुन निर्माण गरे पनि त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन नसकिएकाले श्रमजीवी पत्रकारमाथि अनगिन्ती चुनौती थपिएको र भौतिक तथा व्यावसायिक असुरक्षा बढ्दोरूपमा रहेको टिप्पणी गर्नुभयो ।
नेपाली काँगे्रसका नेता डा रामशरण महतले विचार र आस्थाका कारण चौतर्फी आक्रमणको सिकार बन्दै गएका सञ्चारकर्मीको सुरक्षा गर्न राज्यशक्ति कमजोर बन्दै गएको उल्लेख गर्दै राज्यशक्ति कमजोर हुनुको पछिल्लो उदाहरण हिजो मात्र जनकपुरमा चार जनाले ज्यान गुमाएको घटना हो भन्नुभयो ।
उहाँले नेपाली सञ्चार माध्यममा परिणाममुखी र गुणस्तरीयता बढ्दै गए पनि सामाजिक उत्तरदायित्वलाई नजरअन्दाज गरिएको गुनासो गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेता नारायण शर्माले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सञ्चारकर्मीले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक प्रणालीलाई स्थिर, लोकतान्त्रिक र जनउत्तरदायी बनाइसकेपछि मात्र आमनागरिकको सुरक्षाको सुनिश्चितता गर्न सकिने टिप्पणी गर्नुभयो ।
नेपाली काँगे्रसका नेता तथा युनियनका संस्थापक शोभाकर पराजुलीले लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप नेपाली पत्रकारिता क्षेत्रले मुलुकका सबैखाले विकृतिलाई निरुत्साहित गर्न जरुरी छ भन्नुभयो ।
कार्यक्रममा पत्रकार तारानाथ दाहालले ‘नेपाली मिडियामा समसामयिक समस्या र पे्रस युनियनको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै श्रम ऐन र श्रमजीवी पत्रकार ऐनको व्यावहारिक कार्यान्वयनका लागि राज्य र मिडिया व्यवस्थापकलाई झक्झक्याउनुपर्ने बताउनुभयो ।
त्यस्तै पत्रकार धर्मेन्द्र झाले ‘श्रमजीवी पत्रकारका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चार स्वतन्त्रता तथा सञ्चारमा बहुलवादको सुनिश्चितताका लागि नीति तथा कानुनमा संरचनागत सुधार अभियान चलाउन आवश्यक भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा फ्रेडरिक इवर्ट स्टिफ्टुङका नेपाल प्रमुख देवराज दाहाल, पत्रकार कुलचन्द्र वाग्ले, गगन विष्ट, विष्णु निष्ठुरी, खिलबहादुर भण्डारी, समिरजङ शाह, अनिल योगी, एकराज पाठकलगायतले नेपाली सञ्चारमाथिको सुरक्षा, पेसागत हकहित र सञ्चार ऐनको कार्यान्वयन लगायतका विषयमा सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस


‘समानुपातिक प्रतिनिधित्व आवश्यक’

वीरगन्ज । बहिष्करणमा परेका समुदाय एवम् वर्गको मौलिक अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गर्ने प्रावधान राख्न तथा राज्यका हरेक निकायमा उनीहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक भएकामा विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुले जोड दिएका छन् ।
एसियाली अनुसन्धान केन्द्रको सहयोगमा सामाजिक समावेशीकरण क्षेत्रीय अनुसन्धान केन्द्र, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जद्वारा मंगलबार यहाँ आयोजित ‘बहिष्कृत समुदाय र नयाँ संविधानमा उनीहरुको मुद्दाहरु’ विषयक अन्तक्र्रियामा वक्ताहरुले मुलुकभित्र सबैभन्दा कमजोर तथा पाखा पारिएका समुदायहरुको सबलीकरण र सशक्तीकरण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
उनीहरुले सामुदायका महिला तथा पुरुष खासगरी पिछडिएका र अल्पसङ्ख्यकहरुमा महिला अधिकार, मानवअधिकार, लैङ्गिक विभेद, महिला–पुरूष समविकास र बहिष्कृत समुदायमाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले जुन विकासले सामाजिक न्याय दिँदैन, त्यो विकासको कुनै अर्थ नहुने बताउँदै सबै नेपालीको उचित सम्मान, पहिचान र स्वाभिमानको प्रत्याभूति हुने खालको संविधान हुनुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेता अञ्जना विशङ्खे, नेकपा (एमाले)का नेता नागेन्द्र चौधरी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का जिल्ला अध्यक्ष हरेन्द्र सिंहले समुदायमा पिछडिएका, बहिष्कृत तथा अल्पसङ्ख्यकप्रतिको अपहेलना र उत्पीडनबाट सिर्जित विवादको समाधान गर्न शान्तिपूर्ण उपायहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै नीति निर्माण र निर्णयका सबै तहमा बहिष्कृत समुदायको सहभागिता वृद्धि गर्न विद्यमान संरचनागत तथा संस्थागत अवरोध हटाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकहरु डा हरेराम ठाकुर, इन्दुशेखर मिश्र, प्रमोदकुमार गुप्ता, डा अब्दुल कयुम र सुष्मा तिवारीलगायतका वक्ताहरुले बहिष्कृत समुदायमा समानताको लक्ष्य हासिल गर्न बाधकको रूपमा रहेको विभेदपूर्ण कानुन र प्रचलनका अतिरिक्त संरचनागत अवरोधलाई हटाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा श्याम श्रेष्ठले बहिष्कृत समुदायका लागि उपयुक्त शासकीय स्वरूप, निर्वाचन प्रणाली, समानुपातिक कोटा प्रणाली र आरक्षणको व्यवस्था, मौलिक अधिकारको सूची तथा सङ्घीयतामा अधिकार, स्रोत र दायित्व बाँडफाँडको सूचीलगायतका विषयवस्तुमाथि प्रकाश पार्नुभयो ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका क्याम्पस प्रमुख कृपा सिन्धुको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।


मंगलबार दिउसो हावा हुरीका कारण देखिएको अन्धकार नारायणगढ बजार ।


Monday, April 30, 2012

मानव बेचविखनविरुद्ध सचेत हुनुपर्ने

भण्डारा । मानव बेचविखन तथा ओरासपसारविरुद्धको अभिमुखीकरण कार्यक्रम सोमबार चितवनको भण्डारामा सम्पन्न भएको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजनामा भएको कार्यक्रममा भण्डारा आसपासका महिला तथा आमा समूहका चार दर्जन बढी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले मानव बेचविखनको विरुद्धमा पहिले आफैँ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
सेलर्डका कार्यक्रम संयोजक एवम् अधिवक्ता विनोद लामिछानेले विभिन्न समयमा प्रलोभनमा परेर महिला दिदीबहिनीहरु बेचविखनमा परेको उदाहरण प्रस्तुत गर्दै आश्वासनमा नफस्न आग्रह गर्नुभयो ।
मानव बेचविखनमा लाग्ने अपराधीहरुले फरकफरक वहानामा मानिस बेचविखन गर्ने र ओसारपसार गर्ने गरेको भन्दै उहाँले यसतर्फ आफूले यकिन गरेरमात्रै कार्यक्रम अघि बढाउन महिलाहरुलाई आग्रह गर्नुभयो ।
सहभागी महिलाहरुले यस्तो गतिविधिको विषयमा भरपर्दाे जानकारी नहुँदा महिलाहरु बढी लोभमा पर्ने भन्दै स्थानीय प्रशासन र विभिन्न संघसंस्थाहरुले प्रशिक्षणका लागि आग्रह गरेका छन्  ।
सेलर्डले देशका विभिन्न ११ जिल्लामा कार्यक्रम संचालन गरिएको र लोथरमा पनि दुई दिनपछि कार्यक्रम गरिने सोक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा महिला विकास कार्यालयकी सुशीला वाग्ले, प्रशान्त पाठकलगायतले विभिन्न विषयमा जानकारी दिएका थिए ।

न्याय सम्पादनमा बालअधिकारको रक्षा गर्नुपर्ने

नारायणगढ । बालबालिकाको न्याय सम्पादनका क्रममा प्रहरीले बालअधिकारको रक्षा गर्दै गोपनीयताको हक सुनिश्चित गनुपर्ने माग गरिएको छ । नारायणगढमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बालअधिकार संरक्षण गर्दै प्रहरीले अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रहरी अधिकृतका लागि नेपाल प्रहरीले सञ्चालन गरेको बालबालिकाको न्याय सम्पादनमा कसरी बालमैत्री बनाउने भन्ने सम्बन्धमा पाँच दिने तालिमको समापन कार्यक्रममा बोल्दै सोमबार वक्ताहरुले बालबालिकाको न्याय सम्पादनमा प्रहरीले बालमैत्री कार्य गनुपर्ने धारणा व्यक्त गरे ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, चितवनका प्रहरी उपरीक्षक भुपालबहादुर भण्डारी, प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा विभागकी प्रहरी नायव उपरीक्षक किरण ब्रजाचार्य, युनिसेफ मध्यमाञ्चल क्षेत्रीय कार्यालय भरतपुरकी कार्यवाहक प्रमुख  विमला मानन्धर, प्रहरी नायव निरीक्षक उमाशंकर गुप्तालगायतले बालअधिकारको रक्षामा जोड दिनुभएको थियो ।
मुख्यतया आपराधिक कार्यमा अभियोग लागेका हुन् वा पीडित हुन् दुबैलाई न्याय सम्पादन गर्दा उनीहरुको अधिकारको रक्षा गनुपर्ने वक्ताहरुले बताएका थिए । तालिममा मध्यमाञ्चल क्षेत्रका ३० जना प्रहरीका अधिकृतहरुको सहभागिता रहेको थियो ।

चिउरी कम फल्न थालेपछि चेपाङहरु चिन्तित

भरतपुर । चेपाङहरु बिहेमा समेत छोरीलाई दाइजो दिँदा चिउरीको बोट दिने गर्छन् । उनीहरुका लागि पैसा कमाउने मुख्य माध्यम हो चिउरीको बोट । तर अचेल चिउरीको बोटमा फल लाग्न निकै कम भएको छ । जस्ले गर्दा चेपाङहरु चिन्तित छन् ।
चेपाङहरुले चिउरीको बीयाँ बेचेर आम्दानी गर्छन् । बोटमा पूmल राम्रोसँग लागे पनि फल नलाग्ने समस्या देखिएको छ । चिउरीको बियाँ पेलेर घिउ निकाल्न र साबुन बनाउन प्रयोग हुन्छ । गत वर्ष एक पाथी चिउरीको बीयाँ ८५ रुपैयाँमा बिक्री भएको थियो ।
‘एउटा रूखमा पहिले पहिले ५० पाथीसम्म चिउरीको बीयाँ निस्कन्थ्यो । अहिले मुस्किलले पनि १० पाथी हुँदैन’ चितवनको सिद्धि गाविस वडा नं. ६ का सेलबहादुर चेपाङले भने । चितवन जिल्ला वन कार्यालयको योजना शाखामा कार्यरत सहायक वन अधिकृत सवनम पाठक चेपाङका लागि चिउरी भनेको धानजस्तै हो भन्छिन् ।
‘आम्दानी लिने मुख्य बाली नै चिउरी हो । अहिले चिउरी फुल्न त फुल्छ तर फल भने निकै कम लाग्न थालेको छ’, पाठकले भनिन् । एक घरले सरदर १० वटासम्म चिउरीका बोट हुर्काउँछ । रोपेको १५ वर्षपछि फल्न थाल्ने चिउरी ७० वर्षसम्म फल्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो चार वर्षयता फल नलाग्ने समस्या विकराल बन्दै आएको छ ।
समुन्द्र सतहबाट एक हजारदेखि १५ सय मिटर उचाईको पहाडी क्षेत्रमा चिउरी हुर्कन र फल्न सक्छ । चितवनको सिद्धि, कोराक, लोथरजस्ता पहाडी क्षेत्रमा चिउरीको बाक्लै वन छ । फागुनमा पूmल्ने चिउरी भदौमा पाक्छ । लप्सीजत्रो तर चेप्टो आकारको चिउरीको फल पाकेपछि बीयाँ निकालेर बेच्ने गरिन्छ ।
‘पहिला त भदौमा पाक्दथ्यो । अहिले साउनमै पाक्न थालेको छ । बीयाँ पहिलाको जस्तो राम्रो र पोटिलो हुन छाड्यो’, सिद्धि मजवाङका काजी चेपाङले थप समस्या सुनाए । चिउरीको बोट चेपाङको सामाजिक जीवनसँग जोडिएको छ । कुनैकुनै पहाडी भेगमा बिहे गरेर जाने छोरीलाई चिउरीको बोट दाइजोको रुपमा दिने चलन पनि चेपाङहरुमा छ ।
‘चेपाङको जीवनसँग यसरी जोडिएको चिउरीमा फल लाग्न कम भएपछि हामीलाई निकै पीर लागेको छ तर के भएर यसो भएको हो कसैले भनिदिँदैन’, नेपाल चेपाङ संघ चितवनका सचिव भीम चेपाङले भने । चितवनका पहाडी क्षेत्रमा बस्ने चेपाङको समस्या समाधानमा राज्यले चाँडै चासो राखेर सुनुवाइ गर्ने प्रचलन छैन ।
‘मैले आफैँ वन विभागलाई चिउरी फल्न कम भएको विषयमा मौखिक कुरा त राखेको हो तर फल्न किन कम भयो भनेर कसैले औपचारिक अनुसन्धान गरेको छैन’, सहायक जिल्ला वन अधिकृत पाठकको भनाइ छ ।
चितवनमा समस्या देखिए पनि मकवानपुरको पहाडी भेगमा पहिलाको जस्तै फूल र फल लागिरहेको पाठकको भनाइ छ । ‘चिउरी पूmलेपछि रातको समयमा चमेरा आएर रस खाने गर्दथ्यो । अहिले चमेरा पनि पहिलाको जस्तो छैन । निकै कम भएर गएको छ । सायद चमेरा घटेर पनि यस्तो भएको हो कि’ काजी चेपाङको भनाइ छ ।
चितवनको पहाडी क्षेत्रमा करिब २० हजार चेपाङ बसोबास गर्छन् । उनीहरु मध्ये लगभग आधा चिउरी फल्ने उच्च पहाडी क्षेत्रमा बस्छन् । झण्डै १५ सय घरधुरीले चिउरीको बोट हुर्काएका छन् । एउटा घरधुरीले १० वटा चिउरी हुर्काको अनुमानको आधारमा पनि १५ हजार चिउरीको बोटमा कम फल लाग्ने समस्या उत्पन्न भएको चेपाङ संघको भनाइ छ ।

अखिल क्रान्तिकारीको ‘विद्यालय जाउँ’ अभियान

नारायणगढ । अखिल क्रान्तिकारीले सामुदायिक विद्यालय सुधार एवम् स्तरनोन्नति साथै निजी विद्यालयमा भएको विकृति विसंगतीको अन्त्यका लागि बैशाख २० गते बुधबारबाट ‘विद्यालय जाउँ’ अभियान सञ्चालन गर्ने जनाएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीले सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । अखिल क्रान्तिकारी चितवन जिल्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘निजी विद्यालयका शिक्षकले भन्दा बढी र सचिवस्तरका कर्मचारीको बराबर तलब खाने सामुदायिक तथा सरकारी विद्यालयको शिक्षा निजीको भन्दा कमजोर किन भएको छ भन्ने पत्ता लगाउन पनि अभियान सञ्चालन गर्न लागेका हाँै ।’
उहाँले अभियानअन्तर्गत विद्यालयबाहेक सीटीईभीटी तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको गुणस्तर, भौतिक संरचना र मापदण्ड पूरा गरे नगरेको अनुगमन गरिनेसमेत जानकारी दिनुभयो । त्यस्तै उहाँले अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा प्राध्यापकहरुको उपस्थितिलाई अनुगमन गर्न त्रिवि अनुगमन आन्दोलन पनि सँगसगँै लैजाने बताउनुभयो ।
एक अर्काे प्रसंगमा उहाँले पार्टीमा देखिएको गुटगत प्रवृत्ति विद्यार्थीमा देखिए पनि समानान्तर कमिटी गठन नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक खालको गुटगत प्रवृत्ति त देखिएको छ तर पनि हामी विद्यार्थीहरुको समानान्तर कमिटी निर्माण नगर्ने भन्ने सहमत छौं ।’
यसअगाडिको विद्यार्थीको इतिहास हेर्दा पार्टीअगावै विद्यार्थी फुटिसक्ने प्रवृत्ति रहेको बताउँदै अहिले त्यस्तो नहुने उपाध्यक्ष रायमाझीको भनाइ थियोे । आगामी स्ववियु निर्वाचन संविधानसभाको जस्तो मिश्रित प्रणालीमा हुने उहाँले बताउनुभयो ।
त्रिविसँगको वार्ता टोलीका सदस्यसमेत रहनुभएका रायमाझीले भन्नुभयो, ‘त्रिवि नयाँ किसिमको स्ववियुको पक्षमा आएको छ, निर्वाचन त्यो पूर्ण समानुपातिक पनि नहुने र पूर्ण प्रत्यक्ष पनि नहुनेगरी निर्वाचन हुने सम्भावना बढेको छ ।’ संविधान जारी गर्ने मिति नजिकिएका कारण स्ववियु निर्वाचन आगामी भदौ, असोजतिर हुने उहाँको भनाइ थियो । 

स्थानीय कृषि उत्पादनले बजार नपाएको गुनासो

भरतपुर । स्थानीय कृषि उत्पादनले बजार नपाउँदा किसानले उत्पादन गरेको कृषि उत्पादन त्यत्तिकै खेर गइरहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । कृषि उत्पादलाई स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने उनीहरुको जोड थियो ।
सोमबार जिल्ला कृषि कार्यालयमा पर्यावरणीय सेवा केन्द्र भरतपुरको आयोजनामा सम्पन्न ‘प्राङ्गारिक उत्पादनको बजारीकरणमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन सिद्धिका कृषक काजी प्रजाले स्थानीय उत्पादनले बजार नपाएको बताउँदै भन्नुभयो, ‘हामीले उत्पादन गरेको तरकारी तथा दालहरुले समेत बजार पाउँदैन, पाए पनि सस्तो मूल्यमा बिक्री गर्नु पर्दछ ।’
किसानले भन्दा पनि व्यापारीले उत्पादनको मूल्य तोक्ने गरेको उहाँको भनाइ थियो । ‘बर्षा याममा तरकारीको उत्पादन हुने गरे पनि कयर खोलमा आउने बाढिका कारण गाँउमै उत्पादन कुहुने गरेको छ’, प्रजाले भन्नुभयो ।
यता, भरतपुर ठिमुराका जडीबुटी कृषक ‘झारपात ओझा’ भनेर चिनिने यज्ञप्रसाद ओझाले जडीबुटी तथा अर्गानिक खेतीलाई राहुटेको जस्तो व्यवहार गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘जडीबुटी र प्राङ्गारिक खेतीको विकासका लागि उचित नीति नै छैन । सरकार नै यसप्रति उदासीन छ, यहाँ बोलेरमात्र केही हुनेबाला छैन ।’
जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक दीपकराज पौडेलले स्थानीय कयरखोलामा पुल निर्माण गर्न सकेमात्र पनि सिद्धिको उत्पादनलाई बजारमा पु¥याउन सहज हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यावरणीय सेवा केन्द्रका निर्देशक बसन्त रानाभाटले सिद्धिको चिउरी उत्पादन वार्षिक एक हजार बोरा, पिँडालु चार टन, अम्रिसो दुई टनलगायत रहेको भएपनि राम्रो बजार नभएको प्रष्ट पार्नुभयोे । उहाँले कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेमा यसले स्थानीयको आयस्तर पनि उकास्ने बताउनुभयो ।
नेपाल अदुवाको उत्पादनमा विश्वको चौथो स्थानमा भए पनि उत्पादित अदुवाले बजार नपाएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले बताउनुभयो । नेपालसँग उत्पादन क्षमता भएर पनि बजार र प्रशोधनका निम्ति पूर्वाधार नहुँदा पछाडि पर्नुपरेको धारणा राख्नुभएको थियो ।
नेपालमा अझ पनि व्यावसायिक रुपमा कृषिको विकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘नेपालमा अधिकांश कृषि पेसामा आश्रित छन्, ३१ लाख हेक्टर कृषि क्षेत्र रहेकोमा आठ लाख हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक कृषि खेती हुने गरेको छ ।’
कार्यक्रममा चितवन जिल्लाका सिद्धि र शक्तिखोर गाविसका कृषकलाई स्थानीयस्तरमा नै प्राङ्गारिक कृषि उत्पादनमा प्रेरित गर्नको निम्ति प्रक्टिकल एक्सन र हिमालयन बायोडायनामिक डेभलप्मेट ट्रष्टले विगत तीन महिनादेखि सञ्चालन गरिरहेको दिगो एकीकृत कृषि प्रणाली परियोजनाको बारेमा प्रकाश पारिएको थियो ।
ट्रष्टका निर्देशक श्याम हाडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका संयोजक ऋषिकेश ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेशकुमार पौडेल दातृ संस्था बीएमजेड डब्लूएचएच जर्मनीका प्रतिनिधि पिटर इफेनवर्गरलगायतले बोल्नुभएको थियो ।

‘समायोजनका लागि छुट्टै निर्देशनालय चाहिन्न’

 भरतपुर । माओवादी लडाकू समायोजनका निम्ति अब छुट्टै निर्देशनालय आवश्यक नरहेको पूर्व रक्षामन्त्री एवम् एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभएको छ ।
पूर्वी चितवनको चैनपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमका लागि सोमबार चितवन आउनुभएकी उहाँले भरतपुर एयरपोर्टमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । ‘सेना समायोजनमा अब समस्या रहेन, माओवादी सेनाका लडाकूको समायोजनका लागि पनि अब छुट्टै निर्देशनालय गठन गरिनुपर्ने आवश्यकता पनि रहेन’, उहाँले भन्नुभयो ।
माओवादी लडाकू संख्या धेरै हुँदा समस्या आएको बताउँदै अब लडाकूको संख्या पनि घटेको र सेनाको मापदण्डमा जाचिँदा पनि सो संख्या अझै घट्न सक्ने पूर्व रक्षामन्त्री भण्डारीको अनुमान छ । नेकपा एमालेले आधिकारिक रुपमा संघीय प्रदेशको संख्याको बारेमा निर्णय नै नगरेको उहाँले दावी गर्नुभयो ।
‘कुरा जसरी चर्चामा आएका छन्, त्यस्तो कुनै पनि आधिकारिक निर्णय भएको छैन, सबै छलफलकै क्रममा आएका हुन्’, उपाध्यक्ष भण्डारीले भन्नुभयो । धेरैले पाँचदेखि सातवटा प्रदेशको निर्माण गरिनुपर्ने धारणा राखेको उहाँले बताउनुभयो । प्रदेशको नामाकरण साझा ऐतिहासिक, साँस्कृतिक तथा नदी नालाका नामबाट राख्नुपर्ने भन्दै जातीय आधारमा राख्न नहुने उहाँको जिकिर थियो ।
नेपाल सानो मुलुक भएकोले पनि प्रतिनिधिसभा धेरै ठूलो हुन नहुने भन्दै भण्डारीले भन्नुभयो, ‘धरै प्रदेश निर्माण गर्दा प्रादेशिक सभाको गरिमालाई कायम राख्न सकिँदैन । प्रतिनिधिसभाको संख्या मुलुकले थेग्न सक्ने बनाउनु पर्दछ ।’ प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा जम्मा २४० भन्दा बढी सदस्य हुन नहुने उहाँको भनाइ थियो ।
तोकिएको समयमा संविधान निर्माण गरिनुपर्ने तर नसकिए पनि धर्ती आकाश नखस्ने भन्दै संविधानसभाको म्याद थप हुन सक्ने संकेत पनि उहाँले गर्नुभयो । ‘अदालतको आदेशपछि नैतिकताले बाँधिएता पनि संविधानसभाको म्याद संविधान संसोधन गरेर गर्ने हो, त्यो सहमतिमा गर्न सकिन्छ’, उहाँले भन्नुभयो । नभए नयाँ जनमतका लागि संविधानसभाको निर्वाचनमा जान सकिने उहाँको भनाइ थियो ।
यसैबीच २०४६ सालको जनआन्दोलनका घाइते चैनपुर–७ लदरी निवासी माधवप्रसाद दुवाडीको नागरिक अभिनन्दन समारोहलाई सोमबारै सम्बोधन गर्दै एमाले उपाध्यक्ष भण्डारीले प्रदेशको नामाङ्कन, सीमाङ्कन र संख्या निर्धारणको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने षडयन्त्र भइरहेको बताउनुभयो ।
प्रदेशको नामाकरण र संख्या निर्धारणमा खेलबाड गरिए त्यसले दीर्घकालीन समस्या निम्त्याउने उहा“को भनाइ रहेको थियो । उपाध्यक्ष भण्डारीले प्रदेशको नाममा दलहरुले देशको नक्सालाई कैँचीले काट्ने काम गरेको बताउनुभयो ।
प्रदेश निर्धारणमा ख्याल नगरिए गाउँगाउँमा द्वन्द्व भड्किने भन्दै उहा“ले त्यसतर्फ सचेत हुन दलहरुलाई आग्रह गर्नुभयो । उहा“ले जातीयताको आधारमा प्रदेश निर्माण कुनैपनि हालतमा हुन नहुने तर्क गर्नुभयो ।
राज्यको पुर्नसंरचना, शासकीय स्वरुपमा अहिलेसम्म पनि कुरा मिल्न नसकेको भन्दै उपाध्यक्ष भण्डारीले नेपालको वर्तमान आवश्यकता पूरा गर्ने संविधान आउनेमा शंका रहेको बताउनुभयो । नेत्री भण्डारीले नेपालमा हरेका आन्दोलनमा घाइते भएकाहरुलाई राज्यले सम्मान दिन नसकेको बताउनुभयो ।
‘मुलुकको आमूल परिर्वतनको लागि लड्दा घाइते भएकालाई राज्यले बेवास्ता गर्ने गरेको छ’, उहा“ले भन्नुभयो, ‘त्यसको उदाहरण दुवाडीजी हुनुहुन्छ ।

मै दिवसको अवसरमा मंगलबार विहान नारायणगढमा निकालिएको मजदुर मटरसाइकल¥याली ।


Jaljala- chunu gurung

Nepali Maoist Song-III

माओबादी क्रान्तिकारी गीत

nepali janayudda part- 2 of 3

Lalsalam Part - 5:चलचित्र लालसलाम

lal salam part 1

संविधानका विवादित विषयमा दलहरु मतदानतर्फ उन्मुख :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधानका विवादित विषयमा दलहरु मतदानतर्फ उन्मुख :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Sunday, April 29, 2012

Maoist civil war on the Holland TV

Palpa Attack By Maoist.wmv

Maoist Attack on Krishna Vir. Part I

Nepal-maoist

Eight Glorious Years of Nepali People's War 2004 (Full Movie) Part 3/13

Villagers flee homes as anti-Maoist operation begins in WB

Arun Tarera

Video Profile with JB Tuhure, Part 01, July 12, 2010

Euta Pardeshi - Music Nepal Presents

adidas by Stella McCartney - SS12 collection

जनकपुरमा बम विष्फोट, एकको मृत्यु, १० भन्दा बढी घाइते | Butwal Online

जनकपुरमा बम विष्फोट, एकको मृत्यु, १० भन्दा बढी घाइते | Butwal Online

युवाहरू विदेश जाने भिसा रद्द गरी तरकारी खेतीतर्फ | Butwal Online

युवाहरू विदेश जाने भिसा रद्द गरी तरकारी खेतीतर्फ | Butwal Online

विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र | Butwal Online

विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र | Butwal Online

केशव स्थापित भन्छन-’सवैभन्दा पहिले मायाप्रिती लाउने ठाउँ बनाइदिन्छु’


१८ बैशाख, काठमाण्डौ । हालैमात्र उपत्यका बिकाश प्राधिकरणका आयुक्त नियुक्त भएका काठमाण्डौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले शहरमा माया प्रिती लाउने ठाउँ बनाइदिएर आफ्नो कामको सुरुवात गर्ने बताएका छन् ।

‘उपत्यकामा सवैभन्दा पहिले माया पि्रती लाउने ठाउँ बिकाश गर्छु । जबसम्म युवा पुस्ताले माया प्रिती गर्ने ठाउँ पाउँदैनन्, तवसम्म उनीहरुमा सकरात्मक सोंचको बिकाश हुँदैन् । मैले उनीहरुको साथ लिएर अघि बढ्नुपर्ने भएकाले मेरो पहिलो काम रमणीय स्थलहरुको बिकाश गर्छु ।’-स्थापितले भने- तन्नेरीहरु खुव माया प्रिती लगाउन र सहरबारे सोचुन । यो मेरो पहिलो प्राथमिकता हुने छ ।’

नागार्जुन डाँडालाई भब्य बगैंचाको रुपमा बिकाश गरेर ‘सटल बस’ चलाइदिने हो सहरवासीका लागि तत्कालका लागि सास फेर्ने ठाउँ हुने उनले बताए । कलाकार, खेलाडी र स्रष्टाका लागि एकान्त ठाउँ नभएकाले काठमाण्डौं जेलजस्तो भइसकेको उनले बताए ।

आजको नागरिक दैनिकले केशव स्थापितसँगको अन्र्तवार्ता छापेको छ । स्थापित भन्छन- संसारका धेरै शहर या त धेरै चिसो, या त धेरै गर्मी छन, हामीले भाग्यले एअर कन्डिसन सहर पाएका छौं, यति कुरा संसारभर फैलाइदिने हो र बिदेशीलाई यहाँ आउँदा अप्ठेरो नपारिदिने हो भने यहाँ पैसा ओइरिन्छ ।’ धूलो र फोहोर राखेमा कोही बिदेशी नआउने भन्दै स्थापितले चुट्कीका भरमा यी दुई कुरा हटाउन सकिने बताए ।

आफुले महानगरको मेयर हुँदा र बिचको खाली समयमा धेरै कुरा सिक्न र अनुभव गर्न पाएको भन्दै स्थापितले त्यो अनुभवलाई पुरै उपत्यका ब्यबस्थित गर्न सहयोगी हुने बताए । सुकुम्बासीलाई हटाउन घरभाडा भन्दै १५ हजार दिने काम ठिक नभएको भन्दै उनले त्यो रोक्ने बताए । उपत्यकाका जनप्रतिनिधि पनि आफु मातहत हुने भन्दै स्थापितले यसले एकीकृत उपत्यका बिकाश गर्न सजिलो हुने बताए । बाटो विस्तारको काम नरोकिने भन्दै उनले विस्तार गर्दा घाटा हैन घर भत्किनेहरुलाई नै फाइदा हुने अबस्था बनाइदिने बताए ।





साभार : अनलाईन खवर 

दर्शकले पचाउनै नसक्ने दृष्य नेपाली चलचित्र "एटीएम" मा


दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ माग्छ ।

अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्‍यो ।
चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको देखिन्छ न त नायकले नै कुनै सकस माने ।
चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले यो चलचित्रमा  टङ किसको दृश्य  ३ पटक भन्दा वढि  दिएकी बताउछिन ।"जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला ।’

धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ ।
मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’ छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समय लाग्ला र ?
पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’ ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ ।
जुन बिषय संकेतमात्र गरे पुग्ने हो त्यसलाई पुरै नंग्याउनु ग्लामर हैन, अश्लिलता हो । वन्द कोठाभित्र यस्ता कुरा सामान्य होलान, सिनेमाको पर्दामा भद्दापनको पराकाष्टा हो ।
साभारओनलाइन खबर बाट

Saturday, April 28, 2012

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

द्वन्द्वपीडितका लागि १५ दिने तालिम

भरतपुर । शान्ति निर्माण र विकासका लागि सहकार्य फ्रिप्याड चितवनको आयोजनामा द्वन्द्वपीडितहरुका लागि सञ्चालित साना व्यवसाय सहयोगसम्बन्धी तालिम शनिबार सम्पन्न भयो । १५्र दिनसम्म सञ्चालन भएको सो तालिममा द्वन्द्वपीडित ४० जनालाई व्यावसायिक तालिम दिइएको थियो ।
शनिबार आयोजित तालिम समापन कार्यक्रममा शान्ति समिति चितवनका सयोजक पुष्पकमल सुवेदी, समितिकी सदस्य रमा घिमिरे, कार्यालय सचिव शर्मिला पण्डित, पत्रकार बसन्त पराजुली, सहभागीहरुका तर्फबाट शिव खनाल, गोमा रेग्मीलगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम परियोजना संयोजक ओमप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप सेवा

भरतपुर । भरतपुर क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सर गराउने भाइरसको संक्रमण रोक्न किशोरीहरुलाई खोप लगाउने अभियान सुरू गरेको छ । बजार मूल्य ३० हजार रुपैयाँ पर्ने सो खोप हाललाई निःशुल्क उपलब्ध हुन्छ ।
महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सर विश्वका प्रमुख क्यान्सर रोगमध्येमा पर्छ । भरतपुर क्यान्सर अस्पतालमा सन् २०१० मा उपचारका लागि आएका क्यान्सरका बिरामीमध्ये पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या दोस्रो स्थानमा थियो ।
‘महिलाहरुमा ठूलो समस्या देखिएकाले नियन्त्रणका लागि खोप अभियान सुरू गरेका हौं । गत वर्ष दुई हजार जनालाई खोप लगायौं’, भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.लक्ष्मीनारायण सिंहले भन्नुभयो ।
अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी भोला सिवाकोटीका अनुसार यो वर्ष तीन हजार जनालाई खोप दिने योजना छ । विद्यालयमा शिविर राखेर ११ देखि १३ वर्षसम्मका छात्राहरुलाई यो खोप दिने गरिएको छ ।
गत वर्ष भरतपुर नागरपालिकाका ३६ र खैरहनी गाविसका ६ वटा गरी कुल ४२ वटा विद्यालयका दुई हजार जनालाई ‘गर्दासिल’ भनिने पाठेघरको मुखको क्यान्सर गराउने भाइरसलाई रोक्ने खोप दिइएको थियो । छ महिनाभित्र तीन पटक लगाएपछि खोपको मात्रा पूरा हुन्छ ।
नेपाल अष्ट्रेलियन सर्भिकल (पाठेघर) क्यान्सर फाउण्डेशन (एनसीसीएफ) ले अष्ट्रेलियन क्यान्सर फाउण्डेशन र अमेरिकाको ‘गर्दासिल’ पहुँच कार्यक्रमबाट सहयोग स्वरुप प्राप्त गरेकाले खोप निःशुल्क दिइएको हो । नत्र भने तीन पटक लगाउने खोपलाई ३० हजार रुपैयाँ पर्छ ।
(एनसीसीएफ) ले तीन वर्षअघि नेपालमा यो खोप सेवा सुरू गरेको हो । नेपालभर हालसम्म १४ हजारले गर्दासिल लगाइसकेको (एनसीसीएफ) ले जानकारी दिएको छ । यो वर्ष चितवनसहित मकवानपुर, सर्लाही, महोत्तरी र सोलुखुम्बूका आठ हजारलाई खोप दिइँदैछ ।
‘त्यसमध्ये चितवनका मात्रै तीन हजार जनालाई दिन लागेका छौं’, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी सिवाकोटीले जानकारी दिनुभयो । विद्यालयमा ५० जनाभन्दा बढीको समूह तयार भएमा खोपको शिविर संचालन हुनेछ ।
विश्वमा सन् २००६ देखि नै किशोरीहरुले यो खोप लिन सुरू गरेका हुन् । महिलाको पाठेघरमा अस्वाभाविक रुपमा जीवकोषहरु बढ्दा क्यान्सर हुने गरेको छ । ह्युमन पोपिलोमा भाइरस (एचपीभी) ले गर्दा त्यसरी जीवकोषहरु बढेका हुन् ।
गर्दासिल खोपले एचपीभीको संक्रमण रोक्ने गर्छ । ‘निःशुल्क लगाइने भएकाले कसैले नराम्रो गर्ने पो हो कि भन्ने आशंका गरेका छन् । तर यो परीक्षणका लागि ल्याइएको होइन । विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको विकसित देशहरुमा प्रयोगमा आएको खोप हो’, सिवाकोटीले भन्नुभयो ।
विश्वमा ७० प्रतिशत पाठेघरको क्यान्सर एचपीभी १६ र १८ समूहका कारण हुने गरेको छ । नेपालमा यो समूहको कारण ८० प्रतिशतसम्म पाठेघरको क्यान्सर भएको छ । गर्दासिल खोप तीन पटक लगाएपछि एचपीभी १६ र १८ समूहका कारण हुने क्यान्सरबाट सुरक्षित भइन्छ ।
क्यान्सरको उपचार हुने नेपालको सुविधा सम्पन्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१० मा पाठेघरको मुखको क्यान्सर भएर ५०५ जना बिरामी उपचारका लागि आएका थिए । पहिलो नम्बरमा फोक्सोको क्यान्सर हुनेको संख्या छ भने दोस्रोमा यो छ ।
फोक्सोको क्यान्सर भएर आउने बिरामीहरु ५५३ रहेका छन् । पहिलो अवस्थामा पत्ता लागेर तत्काल उपचार भए पाठेघरको मुखको क्यान्सर निको हुन्छ । तर अन्तिम अवस्थामा उपचारका लागि आउने गरेकाले धेरैलाई जोगाउन नसकेको चिकित्सकहरु बताउँछन् ।


सरकारले हेर्ने दृष्टिकोण गलत ः यातायात व्यवसायी

गैँडाकोट । सरकारले यातायात व्यवसायीलाई अपहेलना गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । चौतारी यातायात व्यवसायी समिति तथा नवलपुर जीप तथा मिनीबस व्यवसायी समितिको दसाँै साधारण सभा तथा पाँचौ अधिवेशन उद्घाटन कार्यक्रममा शनिबार बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन यातायात व्यवसायी समितिका अध्यक्ष रुद्रराज केसीले सरकारको यातायात व्यवसायीलाई हेर्न दृष्टिकोण गलत भएको बताउनुभयो । ‘सरकारले व्यवसायीको पुँजीलाई जोगाइ पेसाबाट विदेश पलायन भएका यातायात चालक तथा सहचालकहरुलाई फिर्ता ल्याउनुपर्दछ’, केसीले भन्नुभयो ।
उहाँले यातायात व्यवसायीहरु एक नहुँदा पछाडि पर्नुपरेको समेत बताउनुभयो । त्यस्तै व्यवसायीहरु एक हुन नसक्दा सम्पूर्ण यातायात व्यवसायी राष्ट्रिय महासंघ नै कमजोर भएको चितवन यातायात व्यवसायी समिति छहारीका अध्यक्ष बद्री पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीका हरेक भ्रमणमा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु सहभागी हँुदा हाम्रो महासंघको किन प्रतिनिधित्व हुन सकेन ? हामी फुटेर आफआफँै लडिरहेका छौँ ।’ हरेक कुना कन्दरामा सवारी पु¥याउँदा माला पहि¥याएर स्वागत गर्ने सबैले पछि तिनै व्यवसायी र मजदुरलाई लखेट्न पछि नपर्ने उहाँको भनाइ थियो ।
सम्पूर्ण यातायात व्यवसायीहरु एक भएर सरकारलाई यातायात नीति बनाउन दबाब दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका नारायणी संयोजक कपिल पाण्डे, अखिल नेपाल यातायात मजदुर संगठनका चितवन अध्यक्ष सूर्य बराललगायतले बोल्नुभएको थियो ।
यसैबीच अधिवेशनले पुनः कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भुवनप्रसाद बराल, उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा विष्णुहरि रेग्मी, कोषाध्यक्षमा श्रवणकुमार उपाध्यायलगायत रहनुभएको छ ।
समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी प्रमुख अतिथि हुनुहुन्थ्यो ।



किसान महासंघले कृषि अभियान संचालन गर्ने

भरतपुर । अखिल नेपाल किसान महासंघले कृषि अभियान सञ्चालन गर्ने भएको छ । शनिबार भरपुरमा आयोजित अन्तक्रिया कार्यक्रममा यस्ता जानकारी दिइएको हो ।
नेकपा एमाले प्रशिक्षण विभाग तथा अखिल नेपाल किसान महासंघले ‘नया नेपाल निर्माणका लागी जनस्तरमा नया कृषि अभियान’ भन्ने मुल नाराका साथ अभियान संचालन गर्न लागेको हो ।
देशका ५१ वटा जिल्लामा संचालन गरिने अभियान अन्तर्गत कृषि परियोजनाहरुका साथ कार्यक्रम संचालन गरिने बताएको छ । महासंघले अभियानको परियोजनाहरु, केन्द्रीय नमुना कृषि फर्म तथा तालिम केन्द्र स्थापना, जिल्ला स्तरीय सामुहिक नमुना कृषि फर्म निर्माण, प्राङगरिक कृषि उत्पादक सहकारी गठन, किसान जलबिद्युत सहकारी गठन, जेष्ठ नागरिक कम्युन स्थापना लगायतका कार्यक्रमहरु तयार गरिएको अखिल नेपाल किसान महासंघको उपाध्यक्ष केशबलाल श्रेष्ठले जानाकारी दिनुभयो ।
अभियान सञ्चालन हुने जिल्लाहरुमा महासंघले आफु निकटका २३ वटा बिषयगत संघहरुसंगको सहकार्यमा जिल्लामा कृषि सम्बन्धी क्रियाकलापहरु संचालन गरिने योजना बनाएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘खेतीयोग्य जमिनलाई भरपुर प्रयोग गरी किसानको आम्दानीको स्रोतको रुपमा विकास गर्ने योजनामा अभियान संचालन गरिएको हो’, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
त्यस्तै कृषि तथा  बन विज्ञान विश्वविद्यालयका उपकुलपति एवम् कार्यक्रमका प्रमुख कैलाशनाथ प्याकुरेलले नेपालमा यस अघि घोषणा भएको भुमिसुधार नितीको बैज्ञानिक बिष्लेषण गरिनुपर्ने बताउनुभयो । साथै उहा“ले कुनै समुह तथा संघ संस्थाले गर्न खोजेको राष्ट्रियहितका कार्यहरुमा सरकारी उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारीले कृषि क्षेत्रलाई विकास गर्ने योजना हो भने राष्ट्रिय बजेटमा प्राथामिकतामा राखिनुपर्नेे बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा. माधव श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उद्योगी कल्याणी मिश्र लगायतले बोल्नुभएको थियो ।
महासंघका उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । महासंघले ५१ जिल्लाका करिब ३० हजार किसानहरुलाई अभियानका क्रममा सक्रिय बनाउने बताएको छ ।


‘देवघाट दर्पण’को विमोचन

देवघाट । देवघाट क्षेत्र विकास समितिले प्रकाशित मुखपत्र ‘देवघाट दर्पण भाग ३’ को शनिबार देवघाटमा विमोचन भएको छ । मुखपत्रको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य बुँद रानाले विमोचन गर्नु भएको हो ।
कार्यक्रममा मुखपत्रमाथि वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक भवनाथ सडौला र पूण्यप्रसाद अधिकारीले समीक्षा गर्नुभएको थियो । देवघाट क्षेत्रको ऐतिहासिक पुरातात्विक पहिचानसहित विभिन्न साहित्यिक रचना समावेश गरिएको मुखपत्रको प्रधान सम्पादक इन्द्रप्रसाद रेग्मी, कार्यकारी सम्पादक कपिल अज्ञात तथा सम्पादक मुरलीधर घिमिरे हुनुहुन्छ ।
विमोचन कार्यक्रममा चितवन तनहुँ, तथा नवलपरासीका साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रम क्षेत्र विकास समितिका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


राजदूत दम्पती सम्मानित

भरतपुर । कतारको लागि नेपाली राजदूत डाक्टर मायाकुमारी शर्मा तथा उहाँका श्रीमान् देवीभक्त ढकाललाई शनिबार भरतपुरमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर तह जनसंख्या शिक्षा विभाग र पीडीसी नेपालले संयुक्तरुपमा उहाँहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा राजदूत डाक्टर शर्माले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई वैधानिक रुपमा संस्थाबाट जान आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालभरि नेपाल र चितवनको लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्मानित देवीभक्त ढकालले वीरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका भिष्मराज पौडेल, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, आयोजक संस्था पीडीसी नेपालका अध्यक्ष युवराजसिंह पराजुली, मुक्ति समाजका जिल्ला अध्यक्ष सहदेव लकान्द्रीले वीरेन्द्र क्याम्पसको स्तरवृद्धिसँगै गुणस्तरीय शिक्षाको लागि आवश्यक पहल गरिदिन राजदूत डा.शर्मासँग आग्रह गर्नुभएको थियो ।
स्नातकोत्तर जनसंख्या विभागका कोअर्डिनेटर दिनेश मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रम रेखा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।



प्रभावकारी बन्दैछ कृषि प्लान्ट क्लिनिक

भरतपुर । चितवन जिल्लामा सञ्चालन गरिएको कृषि प्लान्ट क्लिनिक प्रभावकारी बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको तथ्याङ्कअनुसार किसानले यो क्लिनिकबाट राम्रै फाइदा लिएको पाइएको छ । जिल्लामा तरकारी या खाद्यबालीमा रोग लागेमा किसान अहिले तुरुन्तै क्लिनिक जाने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
क्लिनिकमा तरकारी तथा खाद्यबालीका विज्ञ सहभागी हुने गर्छन् । किसानले यसअघि बालीमा रोग लाग्दा कीटनाशक औषधि प्रयोग गर्ने गरेका थिए, अहिले भने बिरुवा नै बोकेर कृषि विज्ञकहाँ जान थालेका छन् । क्लिनिकमा रोगको उपचार परामर्शसँगै बढ्दो विषादी प्रयोगबाट हुने असरबारे पनि जानकारी दिइने भएकाले यसतर्फ किसान आकर्षित भएको कृषि कार्यालयको ठम्याइ छ ।
प्लान्ट क्लिनिकमा नियमित तरकारीको उपचारका लागि जाने गरेको पश्चिम चितवन माडीका किसान नेत्रनारायण ढकालले बताउनुभयो । उहाँले उपचार गर्दा तरकारी तथा खाद्यान्न उत्पादनसमेत बढेको जानकारी गराउनुभयो । चितवनमा यो क्लिनिक विगत वर्षदेखि नै सञ्चालित छ । चितवनमा मासिक विभिन्न गाविसमा गरी चारवटा र आवश्यक परेमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिने कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारीको भनाइ छ ।
सो कार्यक्रम जिल्ला कृषि, रामपुर कृषि क्याम्पस र सेकार्ड नेपालद्वारा संयुक्तरूपमा गरिर्दै आएको छ ।



जातीय संघीयताविरुद्ध संघर्ष समिति गठन

भरतपुर । जातीय संघीयताविरुद्ध राष्ट्रिय अखण्डता तथा जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवन गठन भएको छ ।
शनिबार भरतपुरमा सम्पन्न ब्राह्मण क्षत्री, ठकुरी, दसनामी र दलित अगुवाहरुको भेलाले धनबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिकोे सहसंयोजकहरुमा काशीराम शर्मा र कृष्ण कँडेल रहेको ब्राह्मण युवा समाजका महासचिव टेकराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै समितिले शनिबार नै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार आज आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, २२ गते मोटरसाइकल ¥याली गर्ने तथा २३ गते नारायणगढमा आमसभा गर्ने पौडेलले बताउनुभयो ।
उता, गैँडाकोटका राजनैतिक पार्टीहरुले नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभागलाई नारायणी प्रदेशमा समावेश गर्न माग गरेका छन् ।
विनानामको सात प्रदेशको खाकाप्रति उनीहरुले असहमति जनाएका छन् । नेकपा माओवादीका बलराम चालिसे, नेपाली काँग्रेसका तारापति खरेल, नेकपा एमालेका धनबहादुर पौडेल, राजमोका कुलप्रसाद पाण्डे, राप्रपा नेपालका महेन्द्र कार्की, जनमुक्ति पार्टीका चिनबहादुर सारुले जारी गरेको संयुक्त विज्ञप्तिमा दाउन्नेदेखि पूर्वको भागलाई बर्दिया पुग्नुपर्ने अवस्था हटाएर नारायणी प्रदेशमै समावेश गर्न माग गरिएको छ ।


कृष्णपुर माविको वार्षिकोत्सव

भरतपुर । राष्ट्रिय माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस शनिबार भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम सुवेदीको अध्यक्षता र शिक्षक अभिभावक संघका अध्यक्ष बसुन्धरा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवमा राजकृष्ण कँडेल, राजेन्द्रमणि काफ्ले, लालकृष्ण शर्मा लामिछाने, खेमराज ओस्ती, धर्मराज प्रसाईं, बाबुराम पौडेल, रुक्मिणीदेवि पौडेल, शारदा पौडेल, लक्ष्मीकान्त चालिसे, रामराज पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कृष्ण भट्टराईद्वारा सञ्चालित वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण शर्मा चापागाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । –भुवनमणि पौडेल

झुट्टा मुद्दाको खारेजी माग

नारायणगढ । एकीकृत नेकपा (माओवादी) जिल्ला संगठन समिति चितवनले जनयुद्धका समयमा भएका घटनाका झुट्टा मुद्दाहरु खारेज गर्न माग गरेको छ ।
माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा‘विरही’ले निकालेको विज्ञप्तिमा जनयुद्धको समयमा चितवनमा भएका घटनाहरुलाई लिएर पार्टीका केही व्यक्तिहरुको नाम मुछिएको हुँदा त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ ।
‘त्यसप्रकारको बदलाको भाव र षड्यन्त्रपूर्ण हर्कतले हिंसा, प्रतिहिंसा, निरन्तरको अनन्त प्रक्रियालाई प्रोत्साहित गर्दछ, तसर्थ शान्ति प्रक्रिया भङ्ग गर्ने त्यसप्रकारको हर्कतमा समावेश नहुन सम्बन्धित सबैपक्षसँग अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।


‘जातीय विभेद फैलाउने संविधान अमान्य’

नवलपरासी । ब्राह्मण समाज नेपालका केन्द्रीय महासचिव रोमणिप्रसाद पाठकले राष्ट्रको सार्वभौम अखण्डतामाथि प्रहार गर्ने र जातीय विभेद फैलाउने संविधान बने त्यस्तो संविधान च्यातिने र जलाइने चेतावनी दिनुभएको छ ।
‘नेपाल राज्यको पुनर्सरचना गर्दा कुनै पनि जात वा जातीय विशेषाधिकारका नाममा नभई भूगोलका आधारमा हिमाल, पहाड र तराईलाई समेटेको संघीय राज्यमात्र ब्राह्मण, क्षेत्री, दसनामीलगायतका छवटा जातीय संगठनमा रहेका ५५ प्रतिशत नागरिकलाई मान्य हुनेछ’, पाठकले भन्नुभयो ।
नवलपरासीको अग्यौली–९ डण्डामा शुक्रबार आयोजित ब्राह्मणहरुको बृहत् गाउँ सभालाई सम्बोधन गर्दै पाठकले सो बताउनुभएको हो । सो अवसरमा समाजका केन्द्रीय कोषाध्यक्ष पुष्पराज तिमल्सिनाले जातीय राज्यको निर्माणले जातीय विभेद निम्त्याउने हँुदा देशलाई नाइजेरिया, इथियोपिया र सुडानको हालतमा पुग्न नदिन पनि मिश्रित प्रणालीमा आधारित संघीय राज्य निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सभाकी अर्का वक्ता समाजकी केन्द्रीय सदस्य शारदा पौडेलले राज्यले विभेद गरी अन्य जाति भनी सूचीकृत गरिएका ब्राह्मण, क्षेत्री, दसनामीलगायतका संगठित शक्तिहरुले आन्दोलन गरेरै आफ्नो आदिवासी अधिकार स्थापित गर्ने बताउनुभयो ।
सभामा ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य एवम् नवलपरासी जिल्ला अध्यक्ष ज्ञानेश्वर ज्ञवाली, छत्रराज बगाले, क्षेत्री समाजका केन्द्रीय सदस्य डीबी अधिकारी, जिल्ला अध्यक्ष मानबहादुर थापा, उपप्राध्यापक मनोहर पराजुली, प्रेम बस्याल, केशर बानियालगायतले मन्तव्य राखेका थिए ।
कोल्हुवा, तम्सरिया, कुमारवर्ती, देउरालीलगायतका विभिन्न गाउँबस्तीबाट भजन कीर्तनसहित आएका झाँकीहरुले सजिएको ब्राह्मण सभा ब्राह्मण समाज अग्यौलीका अध्यक्ष दामोदर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । 

Friday, April 27, 2012

चितवनका युवा लाग्दैछन् गाईपालनमा

भरतपुर । गाईभैँसी पाल्नु युवाहरुको काम होइन भनिन्थ्यो । पढेलेखेकाले त झन् गोठतर्फ हेर्नसमेत मान्दैनन् भन्ने मान्यता थियो । तर यो कुरा अचेल पुरानो हुँदैछ । चितवनमा पछिल्लो समय पढेलेखेका युवाहरुले पनि गाई पालेर इज्जत र नगद आर्जन गर्न थालेका छन् ।
चितवन भरतपुर नगरपालिकाको प्रेमबस्तीका आनन्द निउरेले स्थानीय प्रेमबस्ती माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसबाट अंगे्रजी विषय लिएर बीए पास गरेका आनन्द अचेल गाईपालनमा चितवनमा कहलिएका व्यक्ति हुन् ।
‘बिहान ४ बजे उठेर गाईको गोठमा जान्छु । दाना पानी दिने र दूध दुहुने काम गर्दा ८ बज्छ’, ३९ वर्षीय निउरेले भने । उनको गोठमा साना ठूला गरेर ३४ वटा गाई छन् । जसमध्ये १४ वटा गाई दूधालु नै छन् ।
झण्डै १० वर्षअघि गाईपालन सुरू गरेका निउरेले तीन वर्षयता गाईको संख्या ह्वात्तै बढाएका हुन् । चितवनमा व्यावसायिक रुपमा गाई पाल्नेहरुको संख्या योबीचमा नै बढेको हो । व्यावसायिक गाईपालकहरु संगठित पनि भएका छन् ।
गत कात्तिकमा गठन भएको व्यावसायिक दुग्ध उत्पादक कृषक समाजको अध्यक्ष पनि निउरे नै हुन् । समाजमा हाल ९४ जना संगठित भएका छन् । जसमा ५० जनाभन्दा बढी गाईपालक ४० वर्षभन्दा कम उमेरमा युवाहरु नै रहेका छन् भन्छन् उनी ।
‘हामीले १० भन्दा बढी गाईभैँसी पालेकाहरुलाई मात्र समेटेका छौं । यसरी व्यवस्थित रुपमा व्यावसायिक दृष्टिले गाई पाल्नेमा युवाहरुको बाक्लै उपस्थिति देखिएको छ’, निउरेले जानकारी दिए । समाजमा आवद्ध ३४ जनाले १० देखि १५ वटासम्म गाई पालेका छन् ।
त्यस्तै १५ वटाभन्दामाथि पाल्ने ४० जना र ३० वटाभन्दा बढी गाई पाल्ने व्यक्तिहरु २० जना रहेका छन् । सबैभन्दा बढी गाई पाल्ने खेमराज तिमिल्सिना रहेका छन् । पटिहानीको ब्रह्मपुरीमा उनको ७४ वटा गाई छन् ।
‘सबैभन्दा बढी गाई पाल्ने तिमिल्सिनाजी पनि ४० वर्ष वरपरकै हुनुहुन्छ । अझ उहाँले गाई पालेको त वर्षांै भइसक्यो’, समाजका अध्यक्ष निउरेले भने । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.विष्णुकुमार श्रेष्ठ दूध उत्पादनमा साह्रै उत्साहजन रुपमा युवा संलग्नता बढेको बताउँछन् ।
‘जानेबुझेको युवाले हात हालेमा यो व्यवसाय व्यवस्थित रुपमा अगाडि बढ्छ’, प्रमुख श्रेष्ठले भने । युवा संलग्न भएका गाईका गोठहरु अत्याधुनिक छन्, फोहरमैला छैन । यसले गुणस्तर र स्वस्थ दूध उत्पादनमा टेवा पुग्ने श्रेष्ठले बताए ।
विदेश गएर फर्केका युवाहरु यसमा लागेका छन् । उनीहरुको प्रेरणाले विदेश जान ठिक्क परेका युवाहरुसमेत गाईपालनमा हात हाल्न थालेका छन् । विदेश गएर धेरै मिहेनत पसिना बगाएर प्राप्त गरेको कमाइभन्दा गाईपालनबाट हुने आम्दानी धेरै भएको निउरेको अनुभव छ ।
‘घर गाउँमै बसेर कमाउने अवसर हो यो । फेरि हामीले दूधजस्तो अमृत उत्पादन गरेर बजारको माग पूरा गरेका हौं । यो कामले आत्मसन्तुष्टि पनि दिन्छ’, निउरेले भने । नेपालमा चार÷पाँच वर्षयता दूधको खपत बढपछि गाईभैँसी पाल्नेहरु पनि बढेका हुन् ।


शुल्कवृद्धिविरुद्ध प्रिन्सिपलको कक्षमा ताला

भरतपुर । निजी विद्यालयमा गरिएको शुल्कवृद्धिको विरोधमा निजी विद्यालयका लेखा शाखामा तालाबन्दी गरेका चितवनका चार विद्यार्थी संगठनहरुले शुक्रबार विद्यालयका प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
नयाँ शैक्षिकसत्रदेखि विद्यार्थी भर्ना तथा मासिक शुल्कमा भारी वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रेको संयुक्त विद्यार्थी संघर्ष समिति चरणवद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनअनुसार शुक्रबार भरतपुरको स्मलहेभन, सनराइज, वाल्मिकि शिक्षा सदन, लिटिल फ्लावरलगायत ३० वटा निजी विद्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।
विद्यार्थीले उठाएको मागका विषयमा बोर्डिङ स्कूलका सञ्चालकले बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज भट्टले बताउनुभयो । विद्यार्थीको आन्दोलनको सुनुवाई नभए सम्पूर्ण विद्यालय नै बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिने चेतावनी उहाँले दिनुभयो ।
निजी विद्यालयमा काम गर्ने शिक्षकहरुले सरकारी सेवा सुविधासरह आफूले तलब वृद्धि पाउनु पर्ने भन्दै गरेको आन्दोलनका क्रममा नयाँ शैक्षिकसत्रपछि शुल्कवृद्धि गरेरमात्र शिक्षकलाई बढेको तलब दिने सहमति भएको थियो । त्यही सहमतिलाई आधार बनाइ निजी विद्यालयले मनपरि शुल्कवृद्धि गर्दा आन्दोलनमा उत्रनुपरेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
शिक्षक र विद्यार्थीको दोहोरो आन्दोलन भएपछि बोर्डिङ स्कुल सञ्चालक चेपुवामा परेका छन् ।


जातीय आधारमा संघीता हुन नहुने

नारायणगढ । मुलुकमा जातीय आधारमा संघीय प्रदेशको निर्माण गर्न नहुने सभासद् एकनाथ ढकालले बताउनुभएको छ । शुक्रबार एक कार्यक्रममा सहभागी हुन नारायणगढ आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल बहुभाषिक बहुजातीय मुलुक भएकाले जातीय आधारमा संघीयता बनाउन नहुने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘नेपाल बहुभाषिक बहुजातीय मुलुक हो, यसलाई जातीय आधारमा विभाजन गरे विखण्डन आउने खतरा हुन सक्छ, त्यसैले बहुसांस्कृतिक पहिचानसहितका संघीय एकाइको निर्माण गर्नु पर्दछ ।’
यसको मतलब जातिलाई पहिचान नदिने नभई संघीय प्रदेशमा बहुसंख्यक जातिहरुलाई निश्चित जनसंख्या र ऐतिहासिक आधारमा पहिचानसहितको स्वयत्तता दिनुपर्ने उहाँको भनाइ थियो । केन्द्र शासित प्रदेशसहित सात प्रदेशको निर्माण उपयुक्त हुने नेपाल परिवार दलका अध्यक्षसमेत रहनुभएका ढकालले बताउनुभयो ।
एकअर्काे प्रसंगमा जेठ १४ मा संविधान जारी हुने कुरामा कुनै शंका नभएको उहाँको भनाइ थियो । ‘विभिन्न किसिमका सर्वदलीय बैठक बसेर संविधान निर्माणका विषयमा सहमति गराउने कामहरु अगाडि बढिरहेकोले जेठ १४ मा संविधान जारी हुने पक्का भएको छ’, उहाँले दावी गर्दै भन्नुभयो ।
संविधानसभा गठन हुँदा २५ वटा राजनीतिक पार्टीका विभिन्न विचारहरु संविधानसभामा पुगेको र सबैको विचारलाई मिलाएर लैजान सजिलो पनि नभएको उहाँले बताउनुभयो । त्यसैले पनि संविधान निमार्णमा चार वर्ष लागेको उहाँको भनाइ थियो ।
यसैबीच अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा शुक्रबार नारायणगढमा ‘काम र परिवारमा सन्तुलनको आवश्यकता’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष ढकालले पछिल्लो समयमा पारिवारिक विखण्डन बढ्दै गएकोले देश बलियो र व्यवस्थित बन्न नसकेको बताउनुभयो ।
युनिभर्सल पिस फेडेरेशन जिल्ला परिषद् चितवनले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका ढकालले परिवार बलियो नभए राष्ट्र बलियो हुन नसक्ने भन्दै व्यक्तिको काम र परिवारमा सन्तुलन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दयाराम कँडेललगायतले बोल्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको कार्यक्रम फेडेरेसन चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रेमबस्तीमा खानेपानी आयोजना उद्घाटन

भरतपुर  । प्रेमबस्ती कालिका खानेपानी आयोजनाको एक कार्यक्रमका बीच उद्घाटन भएको छ । आयोजनाको शुक्रबार चितवन क्षेत्र नम्बर ४ का सभासद् चित्रबहादुर श्रेष्ठले कार्यक्रमस्थलमा रहेको  खानेपानी आयोजनाको धारो र बोरिङ खोलेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सभासद् श्रेष्ठले वैकल्पिक राजधानीको रुपमा चिनिएको चितवन जिल्लाको सुगम क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न आयोजनाले सघाउ पु¥याउने आशा व्यक्त गर्नुभयो ।
खानेपानी आयोजना भरतपुर नगरपालिका, खानेपानी कार्यालय, स्थानीयवासी तथा विदेशी दातृ संस्था च्वाइस नेपाललगायतको सहयोगबाट करिब एक करोड ६४ लाख रुपैयाँका लागतमा निर्माण भएको सदस्य पदमनाथ न्यौपानेले बताउनुभयो ।
आयोजनाबाट भरतपुर नगरपालिकाअन्तर्गत रहेका ७, ८ र १४ नं. वडाका ४६४ घरधुरीका २ हजार ६७६ जना बासिन्दाहरु लाभान्वित हुने समितिका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा जग्गा दान दिने व्यक्ति तथा विदेशी सहयोगी संस्था च्वाइस नेपालका तीन प्रतिनिधिसहित चारजनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव आनन्द न्युरेले प्रगति प्रतिवेदन तथा सदस्य न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजीप्रसाद बराल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हरिकृष्ण पौडेल, च्वाइस नेपालका प्रतिनिधि विष्णु अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रेमबस्ती समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


चितवन पोष्टद्वारा सहयोग

नारायणगढ । नेपाल पत्रकार महासंघको भवन निर्माण कार्य सम्पन्न गर्न चितवन पोष्ट दैनिकले पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
निर्माणाधीन उक्त भवनको लागि पत्रकारलगायत विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको जानकारी महासंघले दिएको छ ।

सप्तगण्डकीमा केहीबेर तनाव

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा शुक्रबार कक्षा १२ का विद्यार्थी र क्याम्पस प्रशासन बीच भएको विवादका कारण केही बेर तनाव उत्पन्न भयो ।
स्नातकतह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेका बेला बाहिर कक्षा १२ का विद्यार्थीहरुले पुस्तकालयदेखि प्राप्त गरेको पुस्तक परीक्षाअगावै बुझाउनु परेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गर्दा विवाद उत्पन्न भएको हो ।
विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरी पुस्तकालयमा सामान्य तोडफोडसमेत गरेका थिए । कक्षा १२ को परीक्षा भोलि आइतबारबाट सञ्चान हँुदैछ । क्याम्पस प्रशासनले पुस्तकालयदेखि लगेका पुस्तक फिर्ता नगरे प्रवेशपत्र उपलव्ध नगराउने बताएको थियो । यही निहुँमा गरिएको तालाबन्दी केही समयपछि भने खुलेको थियो ।
केही समय प्रशासनमा काम लिएर आएका विद्यार्थीबीच सामान्य हातपातसमेत हुँदा भित्र सुरु हुन लागेको परीक्षा पनि केहीबेर अन्यौलग्रस्त भएको थियो ।


टाइलाइन प्रविधिको सफल परीक्षण

रत्ननगर । चितवनमा पहिलो पटक भित्रिएको रेडियोमा गुणस्तरीय प्रत्यक्ष प्रसारण गर्ने डिजिटल टाइलाइन प्रविधिको शुक्रबार सफल परीक्षण गरिएको छ ।
चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवनले पूर्वी चितवनको पिठुवाबाट यो प्रविधिको परीक्षण गरेको हो । पिठुवा–३ मा रहेको  जनजागृति उच्च माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमको रेडियो चितवनले टाइलाइन प्रविधिको प्रयोग गरी प्रत्यक्ष प्रसारण गरेको रेडियोले जनाएको छ ।
ल्याण्डलाइन टेलिफोनको सहयोगमा हुने प्रत्यक्ष प्रसारणमा स्रोताले स्टुडियोको जस्तै गुणस्तरीय आवाज सुन्न सक्छन् । यो प्रविधिको काठमाडांैमा रहेको उज्यालो नेटवर्क, पोखराको रेडियो तरङ्गलगायत मुलुकका ६ वटा रेडियोले मात्र प्रयोग गरेका छन् ।   
चितवनमा भने हाल सार्वजनिक मह¤वका कार्यक्रमको मोबाइल फोनबाट प्रत्यक्ष प्रसारण गरिँदै आएको छ । नेटवर्कको समस्याका कारण स्रोताले त्यस्ता कार्यक्रमको प्रसारण राम्रोसँग सुन्न कठिनाइ हुने गरेको छ ।

संरक्षण कविता प्रतियोगितामा मैनाली पहिलो

बछौली । वन्यजन्तु संरक्षणसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता शुक्रबार बछौलीमा सम्पन्न भएको छ । आइडिया वाइल्ड र ‘रुफोड’ साना अनुदान कार्यक्रमको सहयोगमा मृगकुञ्ज उपभोक्ता समिति र प्रकृति पाठशाला सञ्जाल झुवानी स्रोत केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा मावि चित्रसारीका रामचन्द्र मैनाली प्रथम, बछौली उच्च माविका आश्रित अधिकारी द्वितीय, नेपाल उच्च माविका अजिता पण्डित तृतीय तथा मोहना उच्च माविका भवानी खनाल सान्त्वना भएका छन् ।
प्रतियोगितामा नौवटा विद्यालयका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इंको प्रमुख आतिथ्य एवम् पाठशालाका अध्यक्ष ऋषि खनालको अध्यक्षतामा भएको कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने, राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर शंकर चौधरी, आइडिया वाइल्डका कृष्ण पोखरेल लगायतले बोल्नुभएको थियो ।


रेबिजविरुद्ध निःशुल्क भ्याक्सिन

रत्ननगर । विश्व भेटेरिनरी दिवसको अवसरमा शुक्रबार रत्नगरमा घरपालुवा जनावरका लागि रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क लगाइएको छ ।
जिल्ला पशुसेवा कार्यालय चितवन र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा एउटा बा“दर र ४७ वटा कुकुरलाई रेबिज भ्याक्सिन लगाइएको पशुसेवा कार्यालय रत्ननगरका प्रमुख ईश्वरदत्त मिश्रले जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ पशु विकास अधिकृत डा. तेजबहादुर पराजुली, पशुसेवा केन्द्र रत्ननगरका प्रमुख पशु स्वास्थ्य प्राविधिक ईश्वरदत्त मिश्र र सेवा केन्द्रका कार्यालय सहयोगी आशबहादुर तामाङले सेवा पु¥याउनुभएको थियो ।


जनजागृतिको स्वर्ण महोत्सवमा ‘जिरे खुर्सानी’

पिठुवा । जनजागृति उमावि पिठुवाको स्वर्ण महोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत शुक्रबार विद्यालयका पूर्वविद्यार्थीहरुको पूनःमिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला जिरे खुर्सानीका कलाकार देवीरमण पराजुली ‘भोक लाग्यो’, शिवहरि बैरागी ‘सभासद्’लगायतको टोलीले हास्यव्यङ्ग्य तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेको दोहोरी गीतको प्रस्तुति रहेको थियो ।
विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम एलुमनाइ एसोसिएसन जनजागृतिका अध्यक्ष इन्द्रकमल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
त्यस्तै अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि शुक्रबारै सम्पन्न भएको छ । १३ वटा विद्यालको सहभागिता रहेको कार्यक्रममा भानु आवासीय मावि पिठुवा–२ प्रथम, भीमोदय उमावि पदमपुर द्वितीय र जनजागृति उच्च माविले तृतीय स्थान हासिल गरेका छन् ।
   

नमुना समुदाय बनाउन योजना तयार

दिव्यनगर । कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सञ्चालन गरिरहेको ‘सक्षम’ परियोजनाअन्तर्गत शुक्रबार दिव्यनगर गाविस–२ मा एकीकृत योजनाका लागि नमुना समुदाय बनाउने उद्देश्यले समुदायकै संलग्नतामा संयुक्त योजना तयार गरिएको छ ।
समुदायमा मदिरा निषेधित गर्दै एकआपसमा शंका रहित वातावरण सिर्जना गर्ने र बेरोजगारहरुलाई उद्यमी बनाउन सीप विकास तालिमहरु सञ्चालन गर्न सकिएमा मात्र लैंगिक हिंसा कम हुने कुरामा कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा केयर नेपालकी बन्दना खाँड र महिला विकास कार्यालयकी पार्वती पौडेलले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परियोजना अधिकृत कृष्ण पन्तले गर्नुभएको थियो ।



ठोरीमा बहुमुखी क्याम्पसको आवश्यकता

ठोरी । ठोरीवासीले ठोरीमै बहुमुखी क्याम्पसको आवश्यकता भएको शुक्रबार आयोजित एक कार्यक्रममा माग गरेका छन् ।
पर्सा जिल्लामा रहेको तर चितवन पायक भएको गाविस ठोरीमै आयोजित ‘ठोरी बहुमुखी क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन’ विषयक कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले ठोरीमा बहुमुखी क्याम्पसको आवश्यकता रहेको र आफूहरुले स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, विद्यार्थीहरुको  भेलाले बहुमुखी क्याम्पस स्थापनाका लागि १०१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
प्रारम्भिक तदर्थ समितिको बैठकले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा घनश्याम महतो, सचिवमा अमृतकृष्ण सापकोटा, कोषाध्यक्षमा रामप्रकाश कुवँर रहनु भएको छ । क्याम्पस निर्माणको लागि चार करोड ६३ लाखको बजेट अनुमान गरिएको छ ।
नेपाल राष्ट्रिय उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष रामप्रकाश कुवरँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका गाउँ अध्यक्ष गणेशबहादुर बोहरा, नेपाली काँग्रेसका गाउँ सभापति रामकृष्ण पन्त, नेकपा माओवादीका गाउँ इन्चार्ज गमबहादुर कुँवरलगायतले मन्तव्य दिनुभएको थियो ।


रिक्सा चालकमा तुलबहादुर

नारायणगढ । अखिल नेपाल रिक्सा चालक संघको नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको अध्यक्षमा तुलबहादुर तामाङ, सचिवमा रामकुमार चौधरी, कोषाध्यक्ष विन्देसर चौधरी, सदस्यहरुमा मदन सुनार, नवीन पोखरेल, असिस तामाङ, दशरथ चौधरी र दिलिप लामा रहेका छन् ।


फुटपाथ व्यवसायीको आन्दोलन जारी

नारायणगढ । भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति चितवनले वैकल्पिक व्यवस्थाको माग गर्दै चरणबद्ध आन्दोलन जारी राखेको छ ।
संघर्ष समितिले शुक्रबार नगरपालिकामा दिउँसो ११ बजेदेखि २ बजेसम्म धर्ना दिएको थियो । फुटपाथ व्यवसायीले वैशाख १७ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, १९ गते फलफूल तथा तरकारीको थोक तथा खुद्रा व्यापार बन्द गर्ने, २२ गते पुलचोकमा कोणसभा गर्ने, २३ गते साँझ ४ बजेदेखि एक घण्टा पुलचोकमा चक्काजाम गर्ने, २४ गते आफ्नो व्यवसाय फुटपाथमा सञ्चालन गर्ने जनाएका छन् ।
यति गर्दा पनि भरतपुर नगरपालिकाले वैकल्पिक व्यवस्था नमिलाए बैशाख २५ गते चितवन बन्द गर्ने संघर्ष समितिले जनाएको छ ।



‘संविधान निर्माणमा आशंका’


भरतपुर । नेपाल मजदुर किसान पार्टी चितवनले प्रमुख जिल्ला अधिकारीमार्फत संविधान सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा दुई वर्षभित्र निर्माण गरी सक्नुपर्ने संविधान चार वर्षमा पनि जनताले पाउनेबारे आशंका उत्पन्न भएको कुरा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘संविधान सभामा धेरै संख्यामा प्रतिनिधित्व गरेको माओवादी, नेपाली काँग्रेस, एमाले आफै संविधान निर्माणप्रति गंभीर छैनन्, नेपाल मजदुर किसान पार्टी संविधान सभामा प्रतिनिधित्व गरेका शासक दलहरुबाट भइरहेको गैर जिम्मेवारीपूर्ण क्रियाकलापप्रति गम्भीर असहमति व्यक्त गर्दछ ।’
मजदुर किसान पार्टी जातीयताको आधारमा प्रदेश निर्माण गर्ने पक्षमा रहेको छैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्थासहित प्राकृतिक स्रोत र साधनहरुको संतुलित वितरण हुने गरी १४ प्रदेश बनाउनुपर्नेमा मजदुर किसान पार्टीले जोड दिएको छ ।

Thursday, April 26, 2012

सदरमुकामबाट हुने सरकारी सेवा माडीमै

 माडी । माडी गर्दीकी कोपिला महतोका लागि बिहीबार अविस्मरणीय रह्यो । गाउँबाट झण्डै ३० किलोमिटर टाढा भएपनि सदरमुकाम भरतपुर पुग्न त्यत्ति सहज छैन । खोला र वनको बाटोमा गाडी पनि कमै चल्छन् । तर उनले सदरमुकामबाट पाउने सेवा गाउँमै पाइन् ।
जिल्ला प्रशासन कार्यालयले यो पटक माडी बसन्तपुरमा राखेको घुम्ती सेवा शिविरमा कोपिलाको नागरिकता बन्यो । त्यसैले भरतपुर धाउनुपर्ने झन्झट हट्यो । शिविरको उद्घाटन नै प्रमुख जिल्ला अधिकारी गाणेशराज कार्कीले उनैलाई नागरिकता दिएर गर्नुभयो ।
चैत्र महिनामा चितवनको विकट पहाडी गाविसका बासिन्दालाई सेवा दिन जिल्ला प्रशासनले कोराकमा शिविर राखेको थियो । यस पटक यातायातका दृष्टिले विकट मानिएको माडीमा शिविर अयोजना भएकोे हो ।
शुक्रबार पनि चल्ने माडीको शिविरमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट नागरिकता वितरण भएको छ । त्यस्तै महिला विकास कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ ।
पशुसेवा कार्यालयका प्रमुखदेखि चिकित्सक प्राविधिकहरु माडीवासीलाई गाईभैँसीको स्याहारसुसारका कुरा सिकाउन र रोगी पशुको उपचारमा तल्लीन छन् । कृषिसेवा कार्यालयका अधिकारीहरु बालीनालीमा आएका समस्या समाधान गर्न खटिरहेका छन् ।
जनस्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले सरसफाइ र स्वच्छ पानी प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले उन्नत मकैको बीउ वितरण ग¥यो ।
‘हामीले विद्यार्थीलाई सरसफाइबारे चेतना जगाउन पोष्टर बाँडेका छौं । हात धुने साबुनसमेत दिएका छौं’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिकृष्ण पौडेलले भन्नुभयो । माडीका चारै गाविसका बासिन्दा सेवा लिन बिहानैदेखि भेला भएका थिए ।
‘अपाङ्गता भएकालाई यहीँ परिचयपत्र दिने कार्यले हामीलाई सारै हर्षित बनाएको छ’, अपाङ्ग जागरण समाज बघौडाका अध्यक्ष भोजराज अर्यालले भन्नुभयो । समाजले गरेको सर्वेक्षणमा माडीमा अपाङ्गता भएकाहरु एक हजारको हाराहारीमा छन् ।
‘धेरै जनासँग परिचयपत्र छैन’, अर्यालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर महिला विकास कार्यालयले परिचयपत्र वितरण गर्छ । सोही परिचयपत्रको आधारमा गाविसले भत्ता दिनुका साथै विभिन्न सरकारी निकाय र यातायात भाडामा छुट पाइन्छ ।
‘सामान्य व्यक्तिलाई त माडीबाट भरतपुर पुग्न निकै सास्ती छ । हामीजस्ता अपाङ्गता भएकालाई झनै अफ्ठेरो छ’, अर्यालले थप्नुभयो, ‘परिचयपत्र नहुँदा पाउने सुविधाबाट वञ्चित भएका थियौं । आफ्नै गाउँठाउँमा सेवा लिन पाउँदा ठूलो राहत महसुस भयो ।
विकट क्षेत्रमा रहेका विपन्न, अशक्तहरुलाई सुविधा दिन शिविर गाउँमा राखेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति विकास कोइराला, एमालेका नेता विजय सुवेदी, राप्रपाका प्रतिनिधि विष्णु वाग्लेले पनि मन्तब्य व्यक्त गरेका थिए ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी